नववर्ष २०८३ को हार्दिक शुभकामना !शुभकामना !शुभकामना
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा यस विद्यालयका सम्पूर्ण शिक्षक ,कर्मचारी ,विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू,बिद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत का सम्पूर्ण समितिहरु, पूर्व प्रधानाध्यापक ज्यु,पुर्व शिक्षक ज्यु,पुर्व बिद्यार्थीहरु , शिक्षाप्रेमी महानुभावहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!शुभकामना शुभकामना
नयाँ प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
गण्डकी मा वि परिवार
Shree Gandaki Secondary School
Gandaki secondary school
13/04/2026
नववर्ष २०८३ को हार्दिक शुभकामना !शुभकामना !शुभकामना
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा यस विद्यालयका सम्पूर्ण शिक्षक ,कर्मचारी ,विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू,बिद्यालय ब्यबस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत का सम्पूर्ण समितिहरु, पूर्व प्रधानाध्यापक ज्यु,पुर्व शिक्षक ज्यु,पुर्व बिद्यार्थीहरु , शिक्षाप्रेमी महानुभावहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!शुभकामना शुभकामना
नयाँ प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
गण्डकी मा वि परिवार
Shout out to my newest followers! Excited to have you onboard! Shanta Sunar, Anish Baram, Ram Chandra Bhatta, Hira Bahadur Rawat, Pratik Sitaula
सक्षम प्रधानाध्यापक नियुक्त गरेर कार्यसम्पादन सम्झौता गरी विद्यमान तलबमा अतिरिक्त १०,००० मात्र प्रअ भत्ता दिने हो भने २६,००० प्रअको भत्ता २६ करोड हुन आउने रहेछ I यति पैसा त मध्यम स्तरका प्रोजेक्टमा एकै Setting मा कमिसन खान्छन भ्रष्टहरु ! शिक्षक/कर्मचारीलाई प्रोत्साहन गर्ने कुरामा चाहिं सबैका दाँतबाट पसिना आउँछ !!
१. प्रधानाध्यापक सक्षम र जिम्मेवार बन्ने बित्तिकै विद्यालयका धेरै समस्याको समाधान हुन्छ I विचाराधीन शिक्षा विधेयकमा प्रधानाध्यापकको नियुक्ति प्रक्रियालाई यथावत राख्न खोजिएको छ I
२. वरिष्ठतमका आधारमा प्रधानाध्यापक छान्ने परम्परा त्रुटीपूर्ण छ I स्थानीय सरकारको शिक्षा प्रमूख कहिल्यै विद्यालय नटेकेको नयाँ जनशक्ति स्वीकार गर्न सकिन्छ भने विद्यालय जसरी पनि सुधार गर्छु भन्ने सोही विद्यालयको कनिष्ठ शिक्षकलाई प्रअका रुपमा स्वीकार गर्न किन गाह्रो ? जागिर खाएको मितिले सिनियर हुँदैमा नेतृत्व क्षमता हुन्छ भन्ने के ग्यारेन्टी छ ? के यो वैज्ञानिक छ ??
३. भाटाका टहरामा तुलनात्मक रुपमा कम तालिम प्राप्त र कम अनुभव भएका, थोरै तलब र सेवा सुविधा भएका शिक्षक लिएर संस्थागत विद्यालयका प्रिन्सिपल किन सफल र राज्यको ठूलो धनराशी लगानी भएका, तालिम प्राप्त, बढी सेवा सुविधा भएका शिक्षक/कर्मचारीलाई लिएर पनि सामुदायिक विद्यालयका प्रधानाध्यापक किन असफल भन्ने प्रश्नमा व्यक्तिगत क्षमता भन्दा बढी निजले विद्यालयमा प्रयोग गर्न पाउने अधिकार नै हो !
अधिकार नदिएर/ हात खुट्टा बाँधेर किन नपौडिएको वा नदगुरेको भन्न पाइन्छ ? यति सामान्य कुरा सांसद र बारम्बार सरकार चलाउनेहरुले खोई बुझेको ?
४. नटेर्ने, नमान्ने, विद्यालय समयमा नआउने, कक्षामा प्राय नजाने, दलको झोला बोकेर हिंड्ने, गुटबन्दी गर्ने, न्यूनतम सिकाइ उपलब्धीको सुनिश्चितता गर्न नसक्ने कोही शिक्षकलाई विद्यमान कानूनले कारवाही गर्न सक्ने अवस्था छ ? गरेको छ ? भएको छ ? नजीर छ कतै ?
अनि यसरी प्रधानाध्यापकलाई डमी/बुख्याँचा/पंगु बनाएर विद्यालयको रुपान्तरण खोजेर हुन्छ ?
५. एक पटकको प्रधानाध्यापक संधैको प्रधानाध्यापक ? विद्यालय बिगारेर मसानघाट बनाउँदा सम्म पनि उहाँ नै प्रधानाध्यापक ? अनि विद्यालय बिगार्ने र जीर्ण विद्यालयलाई सुधार गरेर नमूना बनाउनेको पनि उही भत्ता ? राम्रो गर्नेलाई प्रोत्साहन र विद्यालय बिगार्ने प्रधानाध्यापकलाई दण्डित गर्नु पर्दैन ?
६. वर्षौं देखि मावि चलेका विद्यालयमा प्रावि तहको प्रधानाध्यापकले प्रशासन चलाउनु परेको छ ! केही महिना पो हुन्छ काम चलाउ -वर्षौं देखि, युगौं देखि !! नियत के हो ? के गर्न खोजेको सरकारले ? यसरी चल्छ ? केही विद्यालयमा त्यस्ता प्रअले राम्रै गर्नु भएको होला, तर जहाँ विद्यालयमा केही सुधार छैन, नेतृत्वको कुनै भिजन छैन, विद्यालय सुधार गर्ने कुनै संकल्प नै छैन- त्यस्ता प्रधानाध्यापकलाई नेता स्वीकार गरेर सक्षम शिक्षक बसिदिनु पर्ने ? त्यस्ता सक्षम शिक्षक प्रधानाध्यापक बन्न कुनै दलको झोला बोक्ने प्रस्ताव स्वीकार गर्न बाध्य बनाउने ?
यसरी पनि चल्छ शिक्षा ???
सम्माननीय प्रधानमन्त्रीज्यू, कि त तपाईंका सल्लाहकारले तपाईंलाई सही सूचना दिएका छैनन्, या त तपाईंको नियत गलत छ !! मसंग यस्ता हजारौं प्रमाण छन् I नतिजा खोज्नुअघि प्रणालीभित्र छिरेर वास्तविक रोग के हो त्यो पत्ता लगाउन अनुरोध छ !
@अभिषेक घिमिरे सर
Shout out to my newest followers! Excited to have you onboard! Nirmala Yadav, Sur Esh, Smart Board Nepal, Kapil Lamichhane, Don Babu, Sandesh Magar
राम्रा विद्यालयका २० लक्षणहरु :-
१) प्रअ दुरदर्शी र योजना बनाउने हुन्छन्। आवश्यक समयमा तुरुन्त निर्णय लिन सक्छन्।
२) शिक्षकहरुमा टीमवर्क हुन्छ। कुनैपनि शिक्षकमा पक्षपातपूर्ण व्यवहार र विभेद हुँदैन। शिक्षक मिलनसार र संयमित हुन्छन्।
३) विद्यार्थीहरुसँगको व्यवहार प्रष्ट र पारदर्शी हुन्छ। कुनैपनि आधारमा शिक्षकले विद्यार्थीलाई भेदभाव गर्दैनन्। शिक्षकहरुसँग विद्यार्थीको सम्पूर्ण जानकारी हुन्छ।
४) कक्षाहरु सफा र सुन्दर हुन्छन्। कक्षामा हावा र प्रकाश छिर्ने वातावरण हुन्छ। कक्षामा सबैतिर घुमेर पढाउन सक्ने गरी कक्षाको व्यवस्थापन गरिएको हुन्छ।
५) प्रअले हरेक शिक्षकको व्यक्तिगत फाइल बनाएका हुन्छन्। सकरात्मक कुराहरुको उक्त फाइलमा नोट गरिएको हुन्छ। शिक्षकले हरेक विद्यार्थीको व्यक्तिगत फाइल खडा गरेका हुन्छन्। ती फाइलमा विद्यार्थीको नकरात्मक बानीभन्दा सकरात्मक प्रयासलाई प्राथमिकतामा राखिएको हुन्छ।
६) विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध सँधै सकरात्मक र मिजासिलो हुन्छ। विद्यालयको भलाईका निम्ति छलफल र योजना बनाइन्छ।
७) कुनैपनि शिक्षकले विद्यार्थीलाई दण्ड र सजाय दिँदैनन्। दण्ड र सजायको सट्टा सकरात्मक प्रतिक्रिया, उत्प्रेरणा र पुरस्कारको व्यवस्था विद्यालय र शिक्षकले गरेका हुन्छन्।
८) विद्यालयको बिहानी प्रार्थना सभामा प्रअसहित सम्पूर्ण शिक्षक उपस्थित हुन्छन्। ज्ञान र उत्प्रेरणाका कुराहरु बाँड्ने गरिन्छ। हाजिरी लाइनमै गरिएको हुन्छ। युनिफर्म लगायतका कुरामा एकरुपता हुन्छ।
९) विद्यालय प्राङ्गणमा फूलहरु रोपिएको तथा फुलाइएको हुन्छ। फूलबारीमार्फत विद्यार्थीलाई सुन्दरता र हेरचाहको अभ्यास सिकाइएको हुन्छ।
१०) फोहोर व्यवस्थापन गर्न प्रभावकारी रुपमा डस्टविन तथा बाल्टीनहरु राखिएको हुन्छ। विद्यार्थीलाई फोहोरमैला नगर्न, भएको फोहोरमैला व्यवस्थापन गर्न सक्रिय बनाइएको हुन्छ।
११) नियमित रुपमा मासिक बैठक बस्ने व्यवस्था गरिएको हुन्छ। प्रअ र विद्यार्थीको समेत नियमित छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको हुन्छ।
१२) विद्यालय र विद्यालयसम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले सूचनापाटी राखिएको हुन्छ। सूचना लिन दिन सूचना अधिकारी तोकिएको हुन्छ।
१३) काम तथा जिम्मेवारीको बाँडफाँड गरिएको हुन्छ। हरेक कुरा सामुहिक प्रयासमा मात्र सफल हुन सक्छ भन्ने नैतिकता सिकाइएको हुन्छ।
१४) शिक्षण सिकाइ क्रियाकलापको सहजीकरण गर्नका निम्ति शैक्षिक सामग्रीको प्रयोग र व्यवस्थापन गरिएको हुन्छ।
१५) समूह शिक्षण, साथी शिक्षण, विशेष शिक्षण जस्ता कक्षाहरुको व्यवस्था गरिएको हुन्छ। कमजोर विद्यार्थीलाई बढी हेरचाह र निगरानी गरिएको हुन्छ।
१६) गृहकार्य कम दिइन्छ। सृजनात्मक र रचनात्मक कुराहरुमा बढी प्रयोग गरिन्छ। प्रोजेक्टर तथा प्रोजेक्ट वर्कमा बढी प्राथमिकता दिइएको हुन्छ।
१७) कक्षामा शिक्षकको भूमिका सहयोगी र विद्यार्थीको भूमिका प्रमुख मानिएको हुन्छ। विद्यार्थीलाई विद्यालयमा हरेक गतिविधिमा सक्रिय बनाइएको हुन्छ।
१८) नियमित रुपमा अतिरिक्त क्रियाकलापको व्यवस्था मिलाइएको हुन्छ। विद्यालय बालबालिकाको सर्वाङ्गीण विकास गर्ने स्थान हो भन्ने कुरामा जोड दिइएको हुन्छ।
१९) शिक्षक तथा कर्मचारीलाई विद्यालयमा काम गर्नु नोकरी मात्र नभई पेशा समेत रहेको कुराको महत्व दर्शाइएको हुन्छ। शिक्षक समाज परिवर्तनका संवाहक हुन् भन्ने कुराको बोध गराइएको हुन्छ।
२०) प्रअ स्वयंको सक्रियतामा शिक्षकलाई प्रविधि तथा विद्यार्थीलाई प्रयोगात्मक कार्यमा जोडिएको हुन्छ। प्रअले विद्यालयका कक्षाकोठा, कार्यालय, शौचालय लगायतका सम्पूर्ण पूर्वाधारमा निगरानी गरेका हुन्छन ।
(स्रोत : सामाजिक सन्जाल)
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Gorkha