21/05/2026
✨ आज मिति २०८३ साल जेठ ७ गते परोपकार पाठशाला विद्यालय मा कक्षा Captain तथा Vice-Captain हरूलाई व्याज वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 🎖️📚
विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नव-निर्वाचित Captain एवं Vice-Captain हरूलाई सफल, जिम्मेवार तथा प्रेरणादायी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌸✨
20/05/2026
Happy Birthday dear student
Wishing you long years of good health and prosperity.
Success Dangi from grade 3
Prashamsha Chaudhary from grade 5
14/05/2026
Happy Birthday dear student
Wishing you long years of good health and prosperity.
Ruth Gharti from grade 3
Aaroshi K. C from grade 6
01/05/2026
Admission open for the session 2083
30/04/2026
📢 सूचना 📢
आदरणीय अभिभावकहरु
नमस्कार!
भोलि मिति: २०८३ साल बैशाख १८ गते बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा भएता पनि नयाँ भर्ना र पुराना विद्यार्थीहरूको भर्ना अभिलेखिकरण सम्बन्धी कार्यका लागि बिहान १० बजे देखि दिउँसो २:०० बजेसम्म विद्यालय प्रशासन खुला रहने जानकारी गराइन्छ।
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई समयमै उपस्थित भई भर्ना प्रक्रिया सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
27/04/2026
सुचना! सुचना!! सुचना!!!
सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूमा हार्दिक जानकारी गराइन्छ कि परोपकार पाठशाला घोराही -११ खैरा दाङ मा शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना तथा पुराना विद्यार्थीहरूको अभिलेखिकरण भोलि अर्थात् वैशाख १५ गतेदेखि खुल्ला गरिएको छ।
📅 भर्ना मिति: वैशाख १५ गतेदेखि⏰ समय: बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म
थप जानकारीका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
21/04/2026
आदरणीय विद्यार्थी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ कि विद्यालयको बिदा अवधिमा विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिनु अत्यन्त आवश्यक रहेको छ।
तसर्थ, सम्पूर्ण विद्यार्थीहरूलाई घरमै बसेर स्व-अध्ययन (Self Study) गर्न, पाठ दोहोर्याउन तथा आगामी कक्षाका लागि तयारी गर्न अनुरोध गरिन्छ। अभिभावकज्यूहरूलाई पनि आफ्ना बालबालिकालाई अध्ययनमा प्रोत्साहन तथा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।
धन्यवाद 🙏
15/04/2026
परोपकार पाठशालाकी शिक्षिका
जानकी चौधरी तथा सुस्मिता चौधरी
ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
🏫 परोपकार पाठशाला परिवार