22/01/2026
आदरणीय अभिभावकज्यूहरू,
नमस्कार !
विषय : सादर निमन्त्रण सम्बन्धमा
मिति २०८२/१०/०९ गते शुक्रबार, श्रीपञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा यस न्यू झरना सेकेन्डरी बोर्डिङ स्कुल, चन्द्रपुर–८, सन्तपुर, रौतहटमा सरस्वती वन्दना, पूजा–आराधना तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराइन्छ।
उक्त अवसरमा उमेर पुगेका साना बाबुनानीहरूका लागि प्ले समूह तथा नर्सरीदेखि कक्षा आठसम्म निःशुल्क भर्ना, शैक्षिक सामग्री वितरण तथा अक्षरारम्भ कार्यक्रम समेत सञ्चालन गरिनेछ।
यस धार्मिक तथा शैक्षिक महत्व बोकेको कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा अभिवृद्धि गरिदिनुहुन यस विद्यालयको तर्फबाट सम्पूर्ण अभिभावकज्यूहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक–अभिभावक संघका पदाधिकारीज्यूहरू, शिक्षाप्रेमी, सरोकारवाला महानुभावहरू, विद्यार्थीहरू तथा अन्य सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।
न्यू झरना सेकेन्डरी बोर्डिङ स्कुल
चन्द्रपुर–८, सन्तपुर, रौतहट
🎒 प्ले समूहदेखि कक्षा आठसम्म भर्ना खुला
📞 सम्पर्क नम्बर : ९८४५०३९०५५
पूजा आरम्भ समय : बिहान ७:०० बजे
नाम दर्ता तथा अक्षरारम्भ समय : बिहान ८:०० बजे देखि