17/02/2026
राष्ट्रिय परीक्षा बोर्डले २०८३ बैशाख १४ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री प्रभात मा.वि.देहीमाण्डाैं,डाेटी, Education Website, Aadarsha ga pa 4 Dehimandu Doti, Doti.
17/02/2026
राष्ट्रिय परीक्षा बोर्डले २०८३ बैशाख १४ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने
15/02/2026
यस विद्यालयका पूर्व प्रधानाध्यापक संस्कृतका ज्ञाता मुक्ति नाथ शर्मा तथा यस विद्यालयका पूर्व विद्यार्थी सायल गा पा अध्यक्ष धर्मराज जोशी सङ प्रभात मा वि को टिम डोटी जिल्लाकै पवित्र धार्मिक स्थल अश्द्वाला क्षेत्रमा
13/02/2026
यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको आन्तरिक परीक्षा तथा कक्षा १२ का विद्यार्थीहरूको प्रयोगात्मक परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ।
12/02/2026
यस विद्यालयमा कार्यरत शिक्षकहरुका लागि विद्यालय द्वारा १ दिने ICT सम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको छ । तालिमको सहजकर्ता विद्यालयका लेखापाल टंक प्रसाद ओझा तथा लक्ष्मी मावि कांडीका कम्प्युटर शिक्षक खडक भूलले गर्नु भएको थियो। सहयोग गर्ने सम्पूर्ण शिक्षकहरुलाई हार्दिक धन्यवाद ।
प्रधानाध्यापक
04/02/2026
चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेश प्रसाद जोशी लगायत टिमलाई यस विद्यालयमा स्वागत का साथै चैतन्य पाठशाला धनगढीले हाम्रो विद्यालयलाई खेलकुद सामग्री तथा see दिने विद्यार्थीहरूको लागि see guideline वितरण गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं। साथै हामीले यस विद्यालयको तर्फबाट उहाँहरुलाई स्मारिका प्रदान गर्यौं।
03/02/2026
#अत्यन्त_जरूरी_सूचना
यस विद्यालयका कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका तपसिल बमोजिमका विद्यार्थीहरूको कक्षा ११ को रजिष्ट्रेसन स्लिपको फोटोकपी चाहिने भएकाले भोलिसम्म यथाशीघ्र उक्त रजिष्ट्रेशन कार्डको फोटोकपी विद्यालयमा बुझाइ दिनुहुन अनुरोध गरिन्छ । अथवा 9848484323 मा whatsapp गर्दा पनि हुन्छ।
02/02/2026
यस विद्यालयको आवासीय मेषमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई साँझको समयमा विज्ञान शिक्षक सुरेन्द्र सिंह अध्यापन गराउनुहुँदै ।
02/02/2026
हार्दिक श्रद्धाञ्जली !!!
यस विद्यालयका पूर्व विद्यार्थी हाल मोरङ जिल्लाको सिजुवा मा वि रतुवाइमा मा वि तह गणित विषयका स्थायी शिक्षक आदर्श गा पा ३ निवासी #लोकराज_ओझाको मोटरसाइकल दुर्घटना परी असामयिक भएको निधनले विद्यालय परिवारलाई दुखित तुल्याएको छ। दुखको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवार जनमा यो दुख सहने पिडा ईश्वरले प्रदान गरुन ।
विद्यालको प्रार्थना समयमा सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुले १ मिनेट मौन धारण गरि मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ।
पुष्पराज जोशी
प्रधानाध्यापक
तथा विद्यालय परिवार
25/01/2026
विद्या निकुञ्ज मा वि भानु नपा तनहुँबाट यस विद्यालयकाे नि मा तह नेपाली विषयमा सरुवा भई आउनु भएका उर्जावान, एकदमै जाेशीला स्थायी शिक्षक श्री पदम राज भट्टलाई विद्यालयमा स्वागत गरियाे ।
24/01/2026
हिजाे सरस्वती पुजा कार्यक्रममा आदर्श गाउँपालिका स्तरीय रनिङ शिल्डमा यस विद्यालयबाट स्वर्ण पदक विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियाे ।
१ वडा अध्यक्ष खगेन्द्र राज ओझा - प्रति स्वर्ण १५००
२ शि.अ.संघ अध्यक्ष कृष्णराज अवस्थी - प्रति स्वर्ण १०००
३ प्र अ पुष्पराज जाेशी - प्रति स्वर्ण - १०००
४ स प्र अ अमर ब भाट - प्रति स्वर्ण रु ५००
५ शिक्षक हरिलाल भट्ट - प्रति स्वर्ण रु १०००
६ शिक्षक सुरेन्द्र सिंह - प्रति स्वर्ण रु ५००
७ शिक्षिका टिकेश्वरी ओली - प्रति स्वर्ण रु ५००
८ शिक्षक गणेश ब धामी - प्रति स्वर्ण ६००
९ शिक्षिका लक्ष्मी मल्ल - प्रति स्वर्ण रु ५००
१० शिक्षक माेहन लाल राैतेडा - रु ५००
११ लेखापाल टंक प्रसाद ओझा - प्रति स्वर्ण रु ५००
सूचना !
भाेली मिति २०८२ माघ ९ गते यस विद्यालयमा सरस्वती पुजा कार्यक्रम तथा विविध साँस्कृतिक कार्यक्रम रहेकाे हुदाँ यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समिति तथा शि.अ.संघका वर्तमान तथा पूर्व पदाधिकारी, पूर्व विद्यार्थी र सम्पूर्ण अभिभावक ज्यूहरुमा उपस्थित भई टिका प्रसाद ग्रहण गरिदिन हुन सादर अनुराेध गरिन्छ ।
तपसिल
सरस्वती पुजा प्रारम्भ: विहान ८ बजे देखि
प्रसाद ग्रहण तथा साँस्कृतिक कार्यक्रम : विहान १० बजे देखि
#पुनश्च: साना वालवालिकाहरुलाई अक्षारम्भ गराउने चाहने अभिभावकहरुले आफ्ना नानीबाबुहरु लिएर आउनु हाेला ।
चिठी प्राप्त नभएका अभिभावक ज्यूहरुले यसै सूचनालाई आधार मानी उपस्थित भई दिनु हाेला ।
पुष्पराज जाेशी
प्रधानाध्यापक तथा विद्यालय परिवार