26/08/2026
विपद्को यस कठिन घडीमा ऐक्यबद्धता 🙏🇳🇵
हाल नेपालका विभिन्न जिल्लामा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको दुःखद खबरले गौरीशंकर विद्यार्थी गुणस्तर सर्कल परिवार अत्यन्तै दुःखी र स्तब्ध भएको छ।
यस कठिन घडीमा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित स्थानमा रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बाढी तथा पहिरोमा फस्नुभएका सम्पूर्णको शीघ्र उद्धार होस् र बेपत्ता हुनुभएका व्यक्तिहरू सकुशल आफ्ना परिवारको सम्पर्कमा फर्कन सकून् भन्ने हृदयदेखि कामना गर्दछौँ। 🙏
धनसम्पत्तिको क्षति भइसकेको छ, तर अब कसैको पनि अमूल्य ज्यान नजाओस्। यस विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
विपद्को यस पीडादायी समयमा प्रभावित परिवारहरूको दुःखमा गौरीशंकर विद्यार्थी गुणस्तर सर्कल परिवार साथमा छ। ❤️
सुरक्षित रहौँ। सतर्क रहौँ। एक–अर्काको साथ बनौँ।
— गौरीशंकर विद्यार्थी गुणस्तर सर्कल परिवार