Krishna Pratap Mahat - कृष्णप्रताप महत

  • Home
  • Nepal
  • Dhurkot
  • Krishna Pratap Mahat - कृष्णप्रताप महत

Krishna Pratap Mahat - कृष्णप्रताप महत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Pratap Mahat - कृष्णप्रताप महत, Tutor/Teacher, Dhurkot.

Author:-SEE Capsule Math/Science
Profs:-Teacher/Jrnl Creator/Civil Servant
PSC TSC Banking Maths and IQ Instructor

Youtube :- https://youtube.com/
Tiktok ::- https://www.tiktok.com/
Insta :- https://www.instagram.com/gulmelikpmc

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।ल...
06/02/2026

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।
लौ तयारीमा जुटौ।। 🙏❣️ लेखनसिप मार्गदर्शनको 8-10 मिनेटका अडियो क्लिप्सहरु च्यापटरवाइज युटुवमा प्राप्त हुनेछन । बरु आजै subscribe गर्नुहोस https://www.youtube.com/

 #मधेश प्रदेश लोकसेवा आयोगले  #स्थानीय सेवा अन्तर्गत  #पाँचौ तह (प्राविधिक/अप्राविधिक) मा बाढि नै ल्याएको छ है, अब पौडने...
16/01/2026

#मधेश प्रदेश लोकसेवा आयोगले #स्थानीय सेवा अन्तर्गत #पाँचौ तह (प्राविधिक/अप्राविधिक) मा बाढि नै ल्याएको छ है, अब पौडने जिम्मा तपाइको 🙏🙏

12/09/2025

आहा ! तितो सत्य आलेख
जेन-जी आन्दोलन पछि निम्न व्यक्तिबाट निम्न अनुसारको शिक्षा दियो।
देउवा :श्रीमती असल चाहिने रहेछ।
ओली; सल्लाहकार गतिलो बनाउनु पर्ने रहेछ।
प्रचण्ड: सलाई अर्को को हात मा पनि हुँदो रहेछ।
रवि: नो नट अगेन भन्ने अरु पनि निस्कँदा रहेछन।
बालेन: जिम्मा नै लिन त गार्हो हुँदो रहेछ।
हर्क : मिलाएर नगर चलाउन नसकेको सबैले बुझेछन्।
आरजु; पैसाले सुरक्षा दिँदो रहेनछ।
लेखक: शक्ति आफ्नो हातमा छ भन्दैमा जथाभावी प्रयोग गर्न नहुने रहेछ ।
राजनीतिकर्मि :कुकर्म र भ्रष्टाचारको धनको आयु लामो हुँदो रहेनछ।
जनता :नेताले मात्र लुट्ने हैन रैछ मौका पाउँदा हामीलाई पनि लुट्न मन लाग्दो रैछ।
लुटेरा: कानुन नभएकै मजा संकटकाल लम्बिदिए हुन्थ्यो कानुन सक्रिय भयो भने जेल जानु पर्छ होला फोटो छ फुटेज छ कहाँ लुक्ने होला ?
प्रहरी : न्याय अन्याय छुट्याएर कारबाही गर्नुपर्ने रहेछ।
सेना:- जलेर खरानी भएपछि पनि स्याबासी पाइदो रहेछ ।
Krishna Pratap Mahat KP MC

09/08/2025

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । शिक्षा विधेयक पास भएपछिको पहिलो विज्ञापनमा १६ हजारभन्दा बढी कोटामा शिक्षकको विज्ञापन हुने!!

01/07/2025

लोकसेवा आयोग तथा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दा कसरी गर्ने? ब्रह्मास्त्र ♥️
===========================================
◾️प्रथम चरण:
* कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस्।
* मुल पुस्तक(Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री(Reference Books) संकलन गर्नुहोस्।
* लक्ष्य प्राप्तिको समयसीमा(Deadline) तोक्नुहोस्।
* लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस्।
* अब शुरूवात(Start Reading) गर्नुहोस्।
* SMART Study
◾️दोस्रो चरण:
अध्ययन, लेखन र सन्तुलन/तालमेल
* अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा ) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस्।
* विभिन्न पत्रपत्रिकाका(Daily Newspapers) दैनिक लेख, समाचार, र सरकारी पत्रीका(Magazines/Special Editions) विशेषांक पढ्नुहोस्। र साथै महत्त्वपूर्ण कुरा नोट गर्दै जानुहोस्।
- जस्तै: सोपान , अन्तरास्ट्रिय मञ्च, कान्तिपुर , गोरखापत्र , आर्थिक अभियान , The Kathmandu Post, etc.
- प्रशासन, पराग, निजामती , कर्मचारी , JOPA, CAMAD, कानुन, आदि।
- माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस्। शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्।
* गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन।
* सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस्।
- मेहेनतमा विश्वास (Believe in Hard Work)
- आत्मविश्वास (Self-confidence)
- भयबाट मुक्ति (Fearless)
- कल्पनाशक्ति (Do Imagination)
- खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily)
- स्वाध्ययन (Self-study)
- स्वप्रेरित (Self-motivated)
- अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions)
- Auto-suggestion
- Imagination and Visualization
- Never Complain
- Face the Challenges
- Solve your Problems
- Be Optimistic
◾️यी कुराको व्यवस्थापन गर्नुहोस्।
- Time Management
- Stress Management
- Money Management
- Personal, Family and Friendship (Relations) Management
◾️यी कुरालाई प्रेम गर्नुहोस्:
- नयाँ कुराको खोजी (Learning New things )
- अध्ययन र लेखन (Reading and Writing)
- आफुलाई र अरुलाई (Yourself and Others)
- Your Family, Friends, supporters and Mentors
◾️भरपुर फाईदा लिनुहोस्:
- Google, Internet, Related Websites, Blogs
- Social Media: Facebook, Twitter
- Youtube
- Online Newspapers
- Seniors (अग्रजहरु)
◾️सधैं सुन्ने/हेर्ने गर्नुहोस्:
- समाचार
- अन्तर्वार्ता
- छलफल तथा बहस
- आफ्नो वरिपरिका गतिविधि/वातावरण
- Global Issues
◾️ख्याल गर्नुहोस्:
- खानपिन
- निद्रा, आराम
- समग्र स्वास्थ्य
- आफ्नो घरपरिवार, आफन्त, र साथीसंगी
◾️व्यवस्थित भएर अध्ययन गरौं:
द्वितीय , तृतीय र चतुर्थ पत्रको लागि:
- हरेक पाठ: अलग नोट कापी
- हरेक खण्ड : अलग कापी
- First Draft
- Second Draft
- Precise Note
- You can use different coloured/ink Ballpens/Pen.
- Blank copies
- Schedule/Timetable( Copy or Mind)
◾️सञ्जाल::
- समान लक्ष्य भएका साथी
- अध्ययनमा हौसला दिने
- नयाँ कुरा, जानेका कुरा बाँड्ने
- छलफल गर्ने
- सकारात्मक सोच भएका
- नत्र एक्लै पढ्ने
- Work hard in silence, let your sucess be the noise.
◾️संकोच नमान्नुहोस्:
- सहयोग माग्न र गर्न
- Sorry भन्न
- आफ्नो लागि समय छुट्टयाउन
- Thank You (Gratitude) भन्न
◾️समय निकाल्नुहोस्::
- साथीभाई र परिवारसँग घुमफिर
- रमाइलो गर्न
◾️आवश्यक तर यो मात्रै पर्याप्त होईन:
- लोकसेवा तयारी कक्षा
- नमूना परीक्षा
- काठमाण्डौं जानैपर्छ भन्ने मानसिकता
◾️भ्रम तोड्नुस्:
- लोकसेवा पास गर्न Topper हुनैपर्छ
- Math/Science राम्रो भएका मात्रै पास गर्छन्
- राम्रो स्कुल तथा विश्वविद्यालय पढेको हुनुपर्छ
- 18 घण्टा पढ्नुपर्छ
- यो लोकसेवा होईन घोकसेवा हो।
- समयनै पुग्दैन
- Optional Paper यहि नै राख्नुपर्छ
- लोकसेवा पहिलो प्रयासमा पास गर्न सकिँदैन!!
◾️यस्तो मानसिकता त्याग्नुहोस्:
- म सक्दिन। म अरुभन्दा कमजोर छु।
- म पढ्न सक्दैन। पढेको यादनै हुँदैन।
- यतिका हजारौं उम्मेदवारमा म के पास हुँला र !!
- भाग्य भए हुँला नत्र ठिकै छ।
- समय आउनुपर्छ आफ्नो, सफल हुन।
◾️यी कुरा पत्ता लगाउनुहोस्(Find Out):
- आफ्नो बलियो र कमजोर पक्ष।
- रुचि र अरुचिको विषय
- सहयोगी र असहयोगी
- आफ्नो प्राथमिकता
◾️बिस्तारै सुधार गर्दै जानुहोस्(Improve):
- हतार गर्ने बानीमा
- निर्णय निर्माण
- अलमलिने बानी
- राम्रोसँग प्रश्न नपढ्ने बानीमा
- परीक्षा भन्ने बित्तिकै डराउने
- अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
- आफ्नो क्षमतामा शंका गर्ने
- आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
- आफै केही गर्नै नसक्ने
- अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
- सचेत भएर नपढ्ने
- उत्तर लेख्न हतार गर्ने
- चिन्तन होईन चिन्ता गर्ने
- तत्काल नतिजा चाहने
- आफुलाई सर्वज्ञ ठान्ने
◾️चटक्कै छोड्नुहोस्(Leave These):
- अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
- अस्वस्थकर र अव्यवस्थित खानपिन/
जीवनशैली
- फजुल खर्च
- अनुत्पादक काम
- किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
- गुनासो मात्रै गर्ने
- डर मान्ने
- किताबको मोटाई हेर्ने
- सीमित अध्ययन गर्ने बानी
◾️Do Believe( मज्जाले विश्वास गर्नुहोस्)
- आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा
- मेहेनत र कर्ममा
- प्रकृति, ब्रह्माण्ड र प्रेममा
- सकारात्मक सोचमा
- हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
- निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ।
- स्वच्छ प्रतिस्पर्धा
- सहि समयमा सहि निर्णय
◾️Share(बाँड्दै गरौं):
- आफुले जानेका कुरा। पढेका कुरा।
- सहि तरिका।
◾️Accept(स्वीकार गर्नुहोस्):
- आफ्ना कमजोरी
- उपयुक्त सुझाव
- सहि मार्गदर्शन
- समय
- मेहेनत अनुरुपको नतिजा
◾️अभ्यास गर्नुहोस्(Exercise):
- पढेर
- पढ्दै लेख्दै गरेर
- सुनेर
- छलफल गरेर
- आफै नमूना परीक्षा गरेर
- हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर
( सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता , सकारात्मक सोच, आत्मविश्वास , समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह , खुशी, समयसीमा , रणनीति , योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ। बानीको निरन्तरता भए। )

fans
゚viralシfypシ゚viralシalシ

29/06/2025

breaking
निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ ।🙏❣️
राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।

काठमाण्डौ उपत्यकामा यात्रुको सहजताका लागि नेपाल प्रहरी द्वारा निशुल्क बस सेवा सञ्चालन 🙏🙏साथै पुराना रुट अनुसार साझा याता...
02/06/2025

काठमाण्डौ उपत्यकामा यात्रुको सहजताका लागि नेपाल प्रहरी द्वारा निशुल्क बस सेवा सञ्चालन 🙏🙏
साथै पुराना रुट अनुसार साझा यातायात पनि चलेको छ है

25/05/2025

जय जय भगवति सुपादेवी देउरालीकि माइ 🙏🙏

18/05/2025

Agriculturists be like😂😂
Krishna Pratap Mahat KP MC

Address

Dhurkot
32611

Alerts

Be the first to know and let us send you an email when Krishna Pratap Mahat - कृष्णप्रताप महत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category