Shree Laboratory Higher Secondary School,Dharan-8.

Shree Laboratory Higher Secondary School,Dharan-8. Shree Laboratory Secondary School,Dharan-8.

नतिजा बितरण
14/08/2026

नतिजा बितरण

आसरा केन्द्र धरान र नेपाल प्रहरीबाट मिति २०८३ श्रावण २७ गते बुधबार लागु पदार्थ दुर्ब्यसन सचेतना कार्यक्रम बिद्यालयमा सञ्...
13/08/2026

आसरा केन्द्र धरान र नेपाल प्रहरीबाट मिति २०८३ श्रावण २७ गते बुधबार लागु पदार्थ दुर्ब्यसन सचेतना कार्यक्रम बिद्यालयमा सञ्चालन भएको छ।

13/08/2026

रिजल्ट डे
प्रथम त्रैमासिक परीक्षाको नतीजा प्रकाशन
भोलि मिति २०८३ श्रावण २९ गते शुक्रबार दिउँसो १२ बजे देखि २ बजे सम्म परीक्षाफल बितरण कार्यक्रम रहेकोले बिद्यालयमा उपस्थित भैइ आफ्ना नानी बाबुहरुको नतीजा लिन र वर्गशिक्षकसँग भेटघाट गर्न समेत सूचित गरिन्छ।
पहिलो र दोश्रो घण्टी पठनपाठान समेत हुनेछ।

श्री ल्याबोरेटरी मा बि धरान ८ मा बिद्यालय ब्यवस्थापन समिति गठन गर्नका लागि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावक म...
13/08/2026

श्री ल्याबोरेटरी मा बि धरान ८ मा बिद्यालय ब्यवस्थापन समिति गठन गर्नका लागि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावक मध्ये कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनु भए बिद्यालयमा सम्पर्क राख्न हुन सूचना तपसिल बमोजिम गरिएको छ।

हार्दिक निमन्त्रणा
03/08/2026

हार्दिक निमन्त्रणा

02/08/2026

नमस्कार
भोलि मिति २०८३ श्रावण १८ गते सोमबारदेखि कक्षा बालविकास देखि कक्षा १० सम्मको सम्पूर्ण कक्षाहरू यथा समयमा पूर्ण रुपमा सञ्चालन हुने कुरा सम्पूर्ण विद्यार्थीहरू , अभिभावकज्यूहरू एवं सरोकारवालाहरुमा जानकारी गराइन्छ।

गर्मी बिदा सम्बन्धमामिति २०८३ श्रावण १ गते शुक्रबारदेखि श्रावण १५ गते शुक्रबार सम्म कक्षा बाल विकास देखि कक्षा १० सम्मका...
17/07/2026

गर्मी बिदा सम्बन्धमा

मिति २०८३ श्रावण १ गते शुक्रबारदेखि श्रावण १५ गते शुक्रबार सम्म कक्षा बाल विकास देखि कक्षा १० सम्मका कक्षाहरूमा गर्मी बिदा दिइएको जानकारी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावकज्यूहरूमा जानकारी गराइन्छ।
मिति २०८३ श्रावण १८ गते पूर्ववत् रूपमा कक्षा सञ्चालन हुनेछ।
कक्षा ११ र १२ को पूर्ववत् समयमा कक्षा नियमित सञ्चालन हुनेछ।

विद्यालय प्रशासन बिहान ६:३० देखि ९:३० सम्म खुला रहने छ।अत्यावश्यक कामको लागि प्रधानाध्यापकलाई ९८४२०३८३३० मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ।

30/06/2026

बिद्यालय ब्यवस्थापन समिति गठनको लागि यस बिद्यालयका अभिभावकहरुको सूचि प्रकाशन भएकोले बिद्यालयमा सम्पर्क राखि सूचना प्रकाशित भएको १ हप्ता भित्रमा आफ्नो नाम हेरेर छुट भएको भए थप गर्न हुन र त्रुटी भएको भए सच्याउन हुन सम्पुर्ण अभिभावकज्युहरुलाई सूचित गरिन्छ।
सूचना प्रकाशित मिति: २०८३ असार १६ गते

हार्दिक श्रद्धाञ्जली यस विद्यालयको पूर्व शिक्षिका मोति(ज्योति) लिम्बुको पूजनीय पिताजी तथा यस विद्यालयका बालकृष्ण- नरमति ...
29/06/2026

हार्दिक श्रद्धाञ्जली
यस विद्यालयको पूर्व शिक्षिका मोति(ज्योति) लिम्बुको पूजनीय पिताजी तथा यस विद्यालयका बालकृष्ण- नरमति छात्राबृत्ति अक्षयकोष दाता बालकृष्ण लिम्बुको मिति २०८३ असार १३ गते असमायिक निधन भएकोमा वहाँको आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथी मोति लिम्बु लगायत परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौं ।
विद्यालय परिवार

Address

Laborarory Marga
Dharan

Alerts

Be the first to know and let us send you an email when Shree Laboratory Higher Secondary School,Dharan-8. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Laboratory Higher Secondary School,Dharan-8.:

Shortcuts

Share