Medical Aspirant's Library

Medical Aspirant's Library

Share

All Medical related news, informations, notices and updates in this single page. dm to feature!

08/01/2026

देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी तथा चिकित्सकहरू सहभागी हुने अल नेपाल इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’ आगामी माघ १६ गतेदेखि धरानमा आयोजना हुने भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा तथा विद्यार्थी कल्याण समाजको नेर्तित्व मा हुने यो कार्यक्रम माघ १६ देखि २३ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ६) सञ्चालन हुनेछ।नौ दिनसम्म चल्ने कार्यक्रममा खेलकुद, साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समेटिनेछन्।
आयोजक समिति तथा विद्यार्थी कल्याण समाजका सदस्य एवम् एमबीबीएस चौथो वर्षका विद्यार्थी सन्दीप बिकका अनुसार साइन्याप्स २०२६ मेडिकल साइन्सका विद्यार्थीहरूबीच हालसम्मकै सबैभन्दा वृहत् इन्टर मेडिकल कलेज मिट हुनेछ।

बिकका अनुसार सन् २००६ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको साइन्याप्स कोरोना महामारी तथा अन्य विविध कारणले सन् २०१९ पछि नियमित हुन सकेको थिएन।

करिब आठ वर्षपछि पुनः आयोजना हुन लागेको साइन्याप्स २०२६ को उद्देश्य मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु र प्रतिभा उजागर गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन माघ १६ गते बिहान आयोजना हुने वाकाथनबाट गरिनेछ, जसमा प्रतिष्ठान तथा अन्य मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी, चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहनेछ।

खेलकुद अन्तर्गत फुटबल, फुटसल, क्रिकेट, क्रिक्सल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, क्यारम बोर्ड, चेस, जिम, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेमका छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।

त्यस्तै साहित्यिक विधामा क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, कविता, लघुकथा लेखन, स्केचिङ तथा पेन्टिङ प्रतियोगिता आयोजना गरिनेछ।

हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।
सांस्कृतिक कार्यक्रम अन्तर्गत र्‍याम्प वाक शो, भजन आराधना, अन्तरकलेज गायन तथा नृत्य प्रतियोगिता, आकाशवाणी (फ्लाइङ ल्यान्टर्न शो), ओपन माइक शो, डीजे नाइट तथा युट्युब सेन्सेसन कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सांगीतिक कन्सर्ट आयोजना गरिनेछ।

01/11/2025

“सम्पूर्ण देश–विदेशमा रहनुभएका नेपाली अग्रज तथा प्रिय चिकित्सक साथीहरूलाई मेरो विशेष अनुरोध!”

12/10/2025

यसअनुसार नर्सको न्युनतम तलब नेरु ३४,७३०/- हुनुपर्ने हो तर किन छैन ???

14/09/2025

Who For Health Minister ???

Dr Sanduk Ruit
Dr. Bhagwan Koirala
Dr. Govinda KC
Dr. Arjun Karki Sir
Dr Jagdish Agrawal Sir
Dr Dipendra Pandey
Dr Sheshraj Ghimire

Photos from Medical Aspirant's Library's post 26/08/2025

Students from KIST Medical college on CHD Posting at netrawati dabjong ward 2 dhading !

23/08/2025

✨ Exciting News! ✨
Tickets for TEDxIOM are officially OPEN 🎟️
Be part of an inspiring day filled with powerful talks, fresh ideas, and stories worth sharing.

🔗 Link to the form: https://forms.gle/SeSkBYQ9cGrw1mrv7

⚡ Hurry — seats are limited and filling fast!
📞 For more information or to book yours,
Contact: +9779817644600
Email: [email protected]

22/08/2025

“From white coats to stethoscopes in action 🩺✨ MBBS Batch 2019, BPKIHS — officially doctors today, tomorrow’s healers forever. 👨‍⚕️👩‍⚕️ ”

14/08/2025

Increased seats details !

14/08/2025

BREAKING:
मेडिकल कलेजहरुको सिट बढाउने निर्णय: एमबीबीएसमा १३०, बीडीएसमा ६० सम्म सिट तोकियो

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो।
Swathyakhabar

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu