19/05/2026
शिक्षा नै उज्यालो भविष्यको आधार हो। डोल्पाको हिमाली भेगमा रहेको श्री कैलाश आधारभूत विद्यालय (मुड्केचुला-८, गारपारी) का चिसो सिरेटोसँग जुधिरहेका विद्यार्थीहरूको अनुहारमा आज एउटा छुट्टै मुस्कान देखिएको छ।
पूर्वको धरानबाट शिशु ज्योतिका सहयोगी, मिलनसार र बौद्धिक व्यक्तित्वहरू विशाल सर र मिख्ख सर ले ५ दर्जन कापीहरू सहयोग गर्नुभएको छ। साथै कोशी प्रदेश, सुनसरी जिल्ला (बराहक्षेत्र न.पा.-९, राजाबास) निवासी आदरणीय समाजसेवी गीता लिम्बू ज्यूले ३१० वटा पेन्सिल (३१ दर्जन), ३१ वटा सार्पनर र ३१ वटा इलेजरहरू प्रदान गर्नुभएको छ।
हिमालको कोखमा लुकेका यी विपन्न विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन तपाईंहरूले गर्नुभएको यो पवित्र सहयोगको लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौं। पक्कै पनि 'One Pen, One Copy' एक अक्षर अभियानले शैक्षिक परिवर्तनमा ठूलो टेवा पुर्याउनेछ। अँध्यारोले उज्यालो भेटाए झैं यी नानीबाबुहरूको शिक्षाको बाटो अब थप सुगम बन्नेछ।
हिमालको चिसोमा भविष्य खोजिरहेका बालबालिकाहरूका लागि यो सहयोग कोशेढुङ्गा सावित हुनेछ। 'One Pen, One Copy' एक अक्षर अभियानमा जोडिनुहुने सबैमा हार्दिक कृतज्ञता!
मुड्केचुला गाउँपालिका, डोल्पा