Saraswati Shishu Niketan Boarding School

Saraswati Shishu Niketan Boarding School

Share

Education For Bright Future

Photos from Saraswati Shishu Niketan Boarding School's post 12/05/2026

We would like to express our heartfelt gratitude to Dr. Brijesh Shrestha and his dedicated team for successfully conducting the dental screening program at our school. The campaign was carried out with great care, professionalism, and compassion, ensuring that every student received proper dental check-up and valuable guidance on oral hygiene. Your effort in creating awareness about dental health and encouraging students to maintain healthy habits has made a meaningful impact on our school community. The kindness, patience, and expertise shown by your team were truly appreciated by all students and staff. We sincerely thank you for your generous service and for bringing healthy smiles and renewed confidence to our students.

12/05/2026
07/05/2026

हरेक अभिभावकहरूको निम्ति अनुरोध —

१. बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस्, मोबाइल नचलाउनुहोस् ! टिभीमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ।

२. बच्चालाई रातको १० बजे भित्र सुत्न र बिहान ६ बजे अघि उठ्नको लागि बानी बाल्नुहोस् ।

३. आफ्नो बच्चाको स्कूलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस् । उसको गृहकार्य पूरा गर्न सहयोग गर्नुहोस् ।

४. हरेक दिन विद्यार्थीको लेखाइ र पढाइलाई ध्यान दिनुहोस्, अनि उ जुन विषयमा कमजोर छ त्यसमा बढी सिक्नमा सहयोग गर्नुहोस् ।

५. यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !

६. आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !

७. सुत्ने समय आफ्नो बच्चालाई दन्त्यकथा, बालकथा, देशको इतिहास इत्यादी सुनाउनुहोस् ।

८. हरेक वर्षको दशैँ-तिहार छुट्टिमा कुनै न कुनै ठाउँमा घुमाउन लैजानुहोस्, कम्तिमा पनि आफ्नो गाउँमा भए पनि लैजानुहोस् । यसले नयाँ मान्छे र परिवेश बुझ्न मद्दत गर्छ ।

९. आफ्नो बच्चाको प्यासन के छ, उसको प्रतिभाको पत्ता लगाउनुहोस् ! र त्यसलाई तिखार्न साहायता गर्नुहोस् । (बच्चा कुनै विषय संगीत, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरूको जीवन रमाइलो बनाउँछ ।)

१०. बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !

११. भान्सा कोठामा खाना बनाउने समयमा सानातिना काम पानी अर्हाउनुहोस् । यसले सानोतिनो कसरत पनि हुन्छ, जगरिलो बनाउँछ, अनि टिमवर्कको पनि आभाष हुन्छ ।

१२. प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैन भने सोधपुछ गरेर दिनुहोस् !

१३. पाँच बर्ष मुनीका बच्चालाई अनुशासनमा राख्ने नाममा चर्को स्वरले कराउने वा पिट्ने गर्नु हुँदैन । तर पाँच वर्ष पछि भने उसलाई अनुसाशन सिकाउनु अति आवश्यक हुन्छ ।

१४. बच्चालाई भर्नाको लागि कुनै सर्वश्रेष्ठ स्कूल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कूल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ । यस्तो अवस्थामा घरमै पनि सहयोग गर्न सकिन्छ । यसैले बढी पैसा तिर्दैमा बच्चाले धेरै जान्छ भन्ने होइन, सरकारी स्कूल पढेकाले पनि टप गरेको उदाहरण धेरै छन् ।

१५. बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस् । आवश्यक हुँदा आफ्नो निगरानीमा मोबाइल प्रयोग गर्न दिनुहोस् ।

१६. बच्चालाई आफ्नो काममा सहायता गर्नको लागि भन्नुहोस् ! जस्तै खाना बनाउन, सरसफाइ गर्न, सामान व्यवस्थित गरि राख्न सिकाउनुहोस् !

१७. र, सबैभन्दा महत्त्वपूर्ण चिज हामीले आफ्नो बच्चालाई शिक्षाको साथमा राम्रो संस्कार पनि दिनुपर्छ । ताकी उनीहरू जीवनमा सफल र सहि मानिस बन्न सकुन ।

हामिले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जिबनलाई सुन्दर र स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ ! यदि यो लेख अर्थपूर्ण छ भने कृपया सेयर गर्नुहोस् ।@

26/04/2026

नयाँ शैक्षिक सत्र २०८३ सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यूहरू,
सादर नमस्कार।
यस विद्यालयको नयाँ शैक्षिक सत्र २०८३ आगामी मिति २०८३ साल वैशाख १४ गतेदेखि औपचारिक रूपमा सञ्चालन हुन गइरहेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ। विगतका वर्षहरूमा यहाँहरूले देखाउनु भएको निरन्तर विश्वास, साथ र सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न सुधारित कार्यक्रम, सह–पाठ्यक्रम क्रियाकलापहरू तथा गुणस्तरीय शिक्षण–सिकाइ वातावरणको व्यवस्था गरिएको छ।
यसै सन्दर्भमा, नयाँ भर्ना सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न तथा आफ्ना बालबालिकाहरूको भर्ना प्रक्रिया पूरा गर्नका लागि विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गर्न हार्दिक अनुरोध गरिन्छ। समयमै भर्ना प्रक्रिया पूरा गरी आफ्ना नानीहरूको उज्ज्वल शैक्षिक भविष्य सुनिश्चित गर्न सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।
विद्यालय प्रशासनले सधैं झैं यहाँहरूको अमूल्य सुझाव तथा सहयोगलाई स्वागत गर्दछ।
धन्यवाद।
विद्यालय प्रशासन

Notice Regarding New Academic Session 2083
Respected Parents/Guardians,
Warm greetings.
We are pleased to inform you that the new academic session 2083 at our school will officially commence from 14th Baisakh 2083. We sincerely express our gratitude for your continuous trust, support, and cooperation towards the school over the years.
With the beginning of this new academic session, the school is committed to further enhancing students’ academic excellence, intellectual growth, and overall personality development. Various improved programs, co-curricular activities, and a quality learning environment have been thoughtfully planned to ensure holistic development of every student.
In this regard, we kindly request all parents/guardians to visit the school administration for detailed information regarding new admissions and to complete the enrollment process of their children. Timely admission will help ensure a smooth and effective start to your child’s educational journey.
We always welcome your valuable suggestions and continued support.
Thank you.
School Administration

16/04/2026

सूचना
आदरणीय अभिभावकज्यू,
२०८२ सालको वार्षिक परीक्षाको नतिजा मिति २०८३/१/६ गते आइतबार हुने सबैमा जानकारी गराइन्छ। साथै, यो वर्ष नेपाल सरकारले लिएका नीति–नियमहरू सम्बन्धी जानकारी लिनका लागि विद्यालय प्रशासन वा तल दिइएको नम्बरमा सम्पर्क गरी बुझ्नु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।
Contact us: 981-9099690 /9810412776

09/04/2026

विद्यालय सूचना
१. शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा मिति २०८३/०१/०२ गते प्रकाशित गर्ने भनिएकोमा प्राविधिक कारणवश स्थगित गरिएको जानकारी गराइन्छ। अब उक्त नतिजा मिति २०८३/०१/०६ गते, आइतबार प्रकाशित गरिनेछ।
२. नेपाल सरकारद्वारा जारी नयाँ शिक्षा नीति तथा निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले, शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि मात्र सञ्चालन हुने जानकारी सबै अभिभावक तथा विद्यार्थीहरूलाई गराइन्छ।
३. नयाँ भर्ना (Admission) सम्बन्धी सम्पूर्ण जानकारीका लागि विद्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भई बुझ्न सकिनेछ। साथै, तल उल्लेखित सम्पर्क नम्बरहरू वा विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत पनि जानकारी लिन सक्नुहुनेछ:
९८१०४१२७७६
९८१९०९९६९०
४. सामाजिक सञ्जालमा फैलिएका वा सुनेका/हेरेका सबै सूचनाहरू सत्य नहुन सक्ने भएकाले, कृपया आधिकारिक जानकारीका लागि विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
५. विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी पनि गराइन्छ। आगामी सत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको छ।
६. यससम्बन्धी थप जानकारी वा अन्य जिज्ञासा भएमा विद्यालय प्रशासनसँग सम्पर्क राख्न सम्पूर्णमा अनुरोध गरिन्छ।
— विद्यालय प्रशासन

14/03/2026

It is with deep sorrow that we inform you of the sudden passing of a teacher from Sion School, Dharan-16. We pray that the deceased soul may rest in eternal peace and ascend to heaven. Our heartfelt condolences go out to the grieving family during this difficult time.
Please note that the school will remain closed tomorrow in observance of this unfortunate event. However, Class 8 coaching will be held as usual from 8:40 AM. We kindly request all students to attend.

01/02/2026

Holiday Notice (Winter Break)

Dear Parents and Students,
This is to inform you that the school will remain closed from 2082/10/19 to 2082/10/25 (Sunday) on the occasion of the Winter Break.
The school will resume on 2082/10/26 (Monday) as per the regular schedule.
During this holiday period, we kindly encourage our students to utilize their time effectively by studying at home and engaging in creative, productive, and meaningful activities.
We wish all our students and families a safe, warm, and enjoyable winter break.
Thank you.
School Administration
बिदा सूचना (जाडो बिदा)

आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थीहरू,
यसद्वारा जानकारी गराइन्छ कि हाम्रो विद्यालय २०८२/१०/१९ देखि २०८२/१०/२५ (आइतबार) सम्म जाडो बिदा को अवसरमा बन्द रहनेछ।
विद्यालय २०८२/१०/२६ (सोमबार) बाट नियमित रूपमा पुनः सञ्चालन हुनेछ।
बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै अध्ययन गर्न तथा सिर्जनशील, उपयोगी र ज्ञानवर्धक क्रियाकलापहरूमा संलग्न हुन प्रोत्साहित गरिन्छ।
सबै विद्यार्थी तथा अभिभावकहरूलाई सुरक्षित, न्यानो र सुखद जाडो बिदाको शुभकामना।
धन्यवाद।
विद्यालय प्रशासन

29/01/2026

सबै सतर्क रहन अनुरोध गर्दछौ ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Chemjong Path
Dharan
56700

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00