01/10/2025
Stay Safe..
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Right To Information Circle, Dharan Bazar.
01/10/2025
Stay Safe..
08/06/2021
11/05/2021
Like Page For Updates ..
22/08/2020
सूचनाकाे हककाे अाधारभूत जानकारी सम्बन्धी भिडियाे बनाएकाे छु, यस भित्र सूचनाकाे हक कहाँ, कसरी प्रयाेग गर्ने र सूचना माग गर्दा कति खर्च लाग्छ, जस्ता कुराहरू रहेका छन्, भिडियाे हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहाेला साथै भिडियाे मन परे लाइक, शेयर र च्यानललाइ Subscribe गर्नुहाेला
सूचनाको हक प्रयाेगबारे आधारभूत जानकारी । Basic information about the use of the Right To Information सूचनाको हक प्रयाेगबारे आधारभूत जानकारी । Basic information about the use of the Right To Information
02/08/2017
RTIC Sunsari का का.का. सदस्य श्री नेत्र प्रसाद काफ्लेज्यू लाई धरान उप–महानगरपालिका वडा नं. १३ को वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
08/06/2017
धरान मा रहेको पुर्वान्चल कै एक मात्र दृष्टिबिहिन को बिद्यालय पुर्वान्चल ज्ञन चक्षु बिद्यालय मा सूचना माग गरियो । Bikash Acharya
22/10/2016
आरटिआइसी सुनसरीले आज डिपोट फ्रेण्डसिप स्काउट क्याम्पका सहभागीहरूलाई सूचनाको हकको व्यवहारिक प्रयोग बारे सामूहिक अभिमुखीकरण सम्पन्न गरेको छ । धरानका तिन र बिराटनगरका तिनवटा विद्ध्यालयका करिब पचहत्तर जना माध्यमिक तहका बिद्यार्थीहरूलाई आरटिआइसीका अध्यक्ष बिकास आचार्यले सुचनाको हक र यसको व्यावहारिक प्रयोग बारे सहजिकरण गर्नु भएको थियो ।
अन्तरराष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसर पारेर सूचनामा अधिकार संजाल सुनसरी (आरटीआईसी)ले आज सूचनाको हक बारे एक दिने अभीमुखीकरण तालिम सम्पन्न गरेको छ । सूचनाको आदान प्रदान सहज र सरल ढंगले होस भनेर यसको व्यवहारिक प्रयोगलाई जोड दिदै तालिम आयोजना गरेको सन्जालका अध्यक्ष बिकास आचार्यले बताए । सुनसरीका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइएको उक्त तालिममा प्रशिक्षकका रुपमा स्वयम सन्जालका अध्यक्ष आचार्य , उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ र तालिम निर्देशक आशिषराज यादवले सहजिकरण गरेका थिए । धरान उपमहापालिका कर्मचारी एशोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा नगरपलिकाको सहयोग रहेको थियो भने कार्यालय कै बरिष्ठ प्रशासकिय अधिक्रित गणेश खतिवडा र सूचना अधिकारी भक्तीराज शर्मा क्रमश प्रमुख अतिथी र अतिथी रहेका थिए । सन्जालका अध्यक्ष बिकास आचार्यको सभापतित्वमा आयोजित कार्यक्रम कावा महासचिव दिव्य पाँचकोटी र सदस्य अाईतिमाया तमाङले सन्चालन गरेका थिए ।
08/03/2016
जिविस धनकुटाका प्रमुखको ज्ञान
राष्ट्रिय सूचना आयोगको HELPLINE सेवा २०७२ सालको शुरुवात देखीनै प्रारम्भ गरेको छ, उक्त हेल्पलाइनबाट सूचना माग गर्ने विधि, निवेदन दिने तरिका, दस्तुरसम्बन्धी जानकारी र सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने विधिसम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ | उपरोक्त सेवाको लागि आयोगको टेलिफोन नम्बर ०१-४६००७६८ मा सम्पर्क गर्नुहोला !!!
26/12/2015
धरान १३ स्थित जनजाग्रीती समाजले आज आफ्नो सभाकक्षमा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । एक दिने सो कार्यक्रमका प्रमुख अतीथी तथा प्रमुख प्रशिक्षक आरटीआईसी सुनसरीका अध्यक्ष बिकास आचार्य रहेका थिए । कार्यक्रममा स्थानिय अगुवा २६ जना महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई सूचनाको हकको ब्यबहारिक प्रयोगबारे आरटिआईसीका महासचिव बिष्णु चौंलागाईले प्रशीक्षण दिएका थिए । यस आगाडी भएको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ईन्द्र बहादुर बुढाथिकी सभापती थिए भने अन्य अथीतीहरुमा जनजाग्रिती आमा समुहकी अध्यक्ष पेमा लामा र सोही समुहकी पुर्व अध्यक्ष हिरामाया गुरुंग थिए । कार्यक्रमको सन्चालन नारायण वयलकोटीले गरेका थिए ।