24/09/2026
आदरणीय अभिभावकज्यू
विषय: जानकारी सम्बन्धमा।
प्रस्तुत विषयमा नेपाल सरकारले दिएको सूचना एवम् पाख्रीबास नगरपालिकाबाट प्राप्त निर्देशनअनुसार देशभरि अविरल तथा भीषण वर्षा हुने र समयमै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले यही मिति २०८३ साल असोज ८ र ९ गते दुई दिन विद्यालयको सम्पूर्ण पठनपाठन तथा अतिरिक्त कक्षाहरू समेत बन्द रहने जानकारी गराउँदछौँ।
यसबाट विद्यार्थी वर्गमा पर्न जाने असरप्रति विद्यालय परिवार क्षमाप्रार्थी छ।
प्रिन्सिपल
सयपत्री सेकेण्डरी बोर्डिङ स्कुल
पाख्रीबास, धनकुटा