20/01/2025
आज विद्यालयमा खेलकुद सप्ताहमा भएका विभिन्न विधाका खेलहरूमा प्रथम, दोस्रो र तेस्रो स्थान ओगट्न सफल सदनगत रुपमा विद्यार्थी भाइबहिनीहरूलाई मेडल तथा पुरस्कार वितरण कार्यक्रम का बीच सम्पन्न भएको छ।
Tribeni Secondary School, Dhankuta Municipality-7, Chuliban
Estd. 2016 B.S. Contact: 026-522682
20/01/2025
आज विद्यालयमा खेलकुद सप्ताहमा भएका विभिन्न विधाका खेलहरूमा प्रथम, दोस्रो र तेस्रो स्थान ओगट्न सफल सदनगत रुपमा विद्यार्थी भाइबहिनीहरूलाई मेडल तथा पुरस्कार वितरण कार्यक्रम का बीच सम्पन्न भएको छ।
खेलकुद सप्ताह २०८१
19/01/2025
खेलकुद सप्ताह २०८१
विभिन्न खेलहरु खेलाई सम्पन्न भएको छ ।
18/01/2025
मिति २०८१ माघ २ गते बुधबारका दिन विद्यालयमा सरस्वती मन्दिर निर्माणको शिलान्यास गर्ने कार्य विधिपूर्वक पूजा आराधना गरी सम्पन्न गरिएको छ । अब छिट्टै नै मन्दिरको निर्माण कार्यले पूर्णता पाउनेछ ।
मिति २०८१ माघ २ गते बुधबारका दिन विद्यालयमा सरस्वती मन्दिर निर्माणको शिलान्यास गर्ने कार्य हुने भएकोले बिहान ठिक ८ बजे विद्यालयमा उपस्थिति भइदिनुहुन सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा अनुरोध छ।
14/01/2025
माध्यमिक शिक्षा परीक्षा (SEE) -२०८१ को परीक्षा समय तालिका प्रकाशित भएको छ।
07/01/2025
विद्यालयमा आज:
विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माण गर्नका लागि धनकुटा नगरपालिका वडा नम्बर ७ बाट विनियोजित बजेट साथै अपुग रकम अन्य क्षेत्रबाट आर्थिक सहयोग संकलन गरी सम्पन्न गर्नका निमित्त विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक तथा कर्मचारीहरू बीच संयुक्त रूपमा छलफल गरी मिति २०८१ माघ २ गते मन्दिरको शिलान्यास गर्ने भनी निर्णय भएको छ ।
01/01/2025
१२ औं राष्ट्रिय पोशाक एवम् टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष सन् -२०२५ को अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
📸 सन्तोषी राई
बिदा सम्बन्धमा
मिति २०८१ पुस १७ गते बुधबारदेखि पुस २९ गते सोमबारसम्म हिउँदे बिदा (मिनपचास) र माघ १ गते मंगलबार माघे संक्रान्तिको बिदा हुने भएकोले उक्त समयावधि भर कक्षा नर्सरी देखि कक्षा १० र प्राविधिक धार ११ र १२ को पठनपाठन कार्य तथा प्रशासनिक कार्य बन्द रहने सम्पूर्ण शिक्षक कर्मचारी र विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
पुनश्च: मिति २०८१ माघ २ गते बुधबार देखि नियमित रुपमा पठनपाठन कार्य सञ्चालन हुनेछ ।
26/12/2024
आज विद्यालयमा:
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक र कर्मचारीहरू बीच सयुक्त रुपमा परिचयात्मक कार्यक्रम तथा शैक्षिक विषयवस्तु सम्बन्धमा छलफल गरियो।
24/12/2024
कक्षा १२ काे नियमित र आंशिक परीक्षाकाे आवेदन फाराम भर्ने सूचना ।
थप जानकारीकाे लागि विद्यालय प्रशासनमा सम्पर्क राख्न सूचित गरिन्छ ।
| Monday | 07:00 - 17:00 |
| Friday | 07:00 - 15:00 |