Free Student's Union Phulwari Multiple Campus

Free Student's Union Phulwari Multiple Campus स्वागत छ....🙏
स्वतन्त्र विद्यार्थी युनियन फुलवारी बहुमुखी क्याम्पस
धनगढी उपमहानगरपालिका 18 कैलाली ।

सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कैलाली जिल्लाको सदरमुकाम धनगढी देखि करिब १४ कि. मि. दक्षिणपुर्व भागमा धनगढी उ.म.न.पा १९, कैलाली मा श्री फूलवारी बहुमुखी क्याम्पस अवस्थित छ । दलित, जनजाति एवं मध्यम वर्गीय समुदायको बाहुल्यता भएको यस क्षेत्रमा शैक्षिक जनचेतनाको अभाव र आर्थिक विपन्नताका कारण गुणस्तरीय उच्च शिक्षा लिनबाट बन्चित प्रमाणपत्र तह पुरा गर्ने विद्यार्थीहरुलाई स्थानीय स्तरमा सस्तो , स

ुलभ एवं गुणस्तरीय उच्च शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न , शिक्षाको राष्ट्रिय उद्देश्य पुरा गर्ने तथ्यलाई हृदयगम गरि शिक्षालाई मानव जीवन विकासको आधार र सभ्यताको आलोकका रुपमा अगाडि बढाउदै लैजाने एवं मेरो शिक्षा मेरो राष्ट्रिय गाउँ घरमै गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता जस्ता नारालाई मुर्तरुप दिन यस क्याम्पसको स्थापना भएको हो । यस क्षेत्रका हजारौं जनसमुदाय एवं शिक्षाप्रेमीहरुको लामो समय देखि क्याम्पस स्थापना गर्न अभिलाषालाई साकार पार्न वि. सं. 2064 फागुन 4 गते शुक्रबारका दिन एन् एस् स्टेडियमको खुला चौरमा वृहत ऎतिहासिक आम भेलाको आयोजना गरि मानबहादुर बिष्टज्युको संयोजकत्वमा २१ सदस्यीय एक तदर्थ समिति गठन गरियो । र यसै तदर्थ समितिको अथक प्रयास एवं सक्रियता र विभिन्न समय समयमा भएको महत्वपूर्ण भेला एवं निर्णय अनुरुप वि. सं. 2066 साल साउन १९ गते देखि यस क्याम्पसले विधिवत रुपमा स्नातक तहको तीन वर्षे शिक्षाशास्त्र संकायमा कक्षाहरु संचालन गर्ने अनुमती प्राप्त गर्‍यो । त्यस पश्चात् यस क्याम्पसको संचालन एवं स्तर उन्नतिका लागि सुदुरपश्चिममा नै पहिलो पटक वि. सं . 2066 कार्तिक २३-२९ गते सम्म वाचन प्रवीण प. श्री दिनवन्धु पोख्रेलज्युको मुखारविन्दुबाट श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञ समेत आयोजना गरेको थियो ।यसैगरी यस क्याम्पसले मिति 2067/02/१० गते नेपाल पब्लिक क्याम्पस संघको सदस्यता समेत लिइसकेको छ भने मिति 2067/04/16 गते देखी स्नातक तहको तीन वर्षे व्यवस्थापन संकाय का कक्षाहरु संचालन गर्ने अनुमती प्राप्त भई कक्षाहरु संचालन गरिरहेको छ । हाललाई विभिन्न संकायका स्नातक तहका कक्षाहरु र भविष्यमा एउटा बौद्धिक प्राज्ञिक समक्षताले सु- सन्जित सुविधायुक्त बहु संकाय युक्त समृद्ध स्नातकोत्तर तह सम्मका कक्षाहरु संचालन गर्ने यस क्याम्पसको दुरगामी लक्ष्य रहेको छ ।

Address

Dhangadhi

Telephone

+9779840542873

Website

Alerts

Be the first to know and let us send you an email when Free Student's Union Phulwari Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share