सूचना
मिति: २०८३।०२।१३
शिक्षालय बिदा तथा भर्ना सेवा सञ्चालन सम्बन्धी सूचना
भोली मिति २०८३।०२।१४ गते बिहीबार ईद तथा पर्सी मिति २०८३।०२।१५ गते शुक्रबार गणतन्त्र दिवसको अवसरमा यस शिक्षालयमा कक्षा सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।
उक्त शिक्षालय बिदाको दिनमा कक्षा सञ्चालन नहुने भए तापनि Diploma in Civil Engineering, Diploma in Geomatics Engineering का कार्यक्रमहरूको भर्ना तथा Online आवेदन फारम भर्ने कार्य, Help Desk तथा प्रशासनिक कार्यहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
शिक्षालय प्रशासन
सुदूरबेधा बहुप्राविधिक शिक्षालय
धनगढी–०२, बैयाबेहडी
Sudurbedha Group of Institute
RNBS COLLEGE DHANGADI:091590988
SUDURBEDHA ACADEMY: +977 9858421966
27/05/2026
27/05/2026
Congratulations to all elected House Captains and Vice-Captains. We wish them a successful leadership journey ahead
25/05/2026
सूचना
मिति: २०८३।०२।११
भर्ना प्रक्रिया सुचारु रहने सम्बन्धी सूचना
भोली मिति २०८३।०२।१२ गते मंगलबार, गङ्गा दशहरा तथा बेहडा बाबा मेलाको अवसरमा धनगढी उपमहानगरपालिका द्वारा सार्वजनिक बिदा दिने निर्णय भए तापनि, शैक्षिक सत्र २०८३/२०८४ का लागि भर्ना प्रक्रिया सञ्चालन भइरहेको हुँदा Diploma in Pharmacy, Diploma in Civil Engineering तथा Diploma in Geomatics Engineering लगायत CTEVT अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको Online फारम भर्ने कार्य तथा आवश्यक परामर्श सेवाका लागि यस सुदूरबेधा बहुप्राविधिक शिक्षालय को प्रशासन शाखा तथा Help Desk खुल्ला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
धन्यवाद ।
दिपेन्द्र ओझा
शिक्षालय प्रमुख
सुदूरबेधा बहुप्राविधिक शिक्षालय
Diploma Programs भनेको केवल पढाइ मात्र होइन 🔥
✅ 10+2 level equivalent
✅ Practical + Technical Skills
✅ Nepal तथा Abroad मा job opportunities
✅ Higher studies को बाटो पनि खुला
🏗 Civil Engineering
🛰 Geomatics Engineering
💊 Pharmacy
अब theory मात्र होइन…
Skill पनि सिक्ने समय हो 💙
📍 Sudurbedha Bahuprabidhik Shikshalaya
📞 Admission Open Now!
24/05/2026
सिभिल इन्जिनियरिङ (ओभरसियर )
जियोम्याटिक्स इन्जिनियरिङ र फार्मेसी भनेको के हो र यो किन पढ्ने, पढ्नु को उदेश्य के हो ?
१. सिभिल इन्जिनियरिङ (ओभरसियर)
यो ठूलाठूला घर, पुल, बाटो, भवन, खानेपानी, सिंचाइ जस्ता संरचना बनाउने प्राविधिक शिक्षा हो। यो पढेपछि नगरपालिका, वडा कार्यालय, निर्माण कम्पनी, कन्सल्टेन्सी, ठेक्का/कन्स्ट्रक्सन क्षेत्र तथा विदेशमा समेत काम पाउन सकिन्छ।
२. जियोम्याटिक्स इन्जिनियरिङ
यो सर्वे, जग्गा नापजाँच र नक्सा बनाउने प्राविधिक शिक्षा हो। यसलाई अमिनभन्दा माथिल्लो तहको सीप मानिन्छ। कित्ताकाट, जग्गा नाप्ने, हिमाल/पहाड/मैदानको नक्सा बनाउने,माटाेको परिक्षण Google Maps, GIS/GPS, ड्रोन सर्वे तथा सरकारी/निजी सर्वे क्षेत्रमा काम गर्न सकिन्छ।
३. फार्मेसी
यो औषधि सम्बन्धी प्राविधिक शिक्षा हो। यो पढेपछि औषधि चिन्ने, प्रयोग गर्ने तरिका बुझ्ने, बिरामीलाई सही औषधि सम्बन्धि सल्लाह दिने, मेडिकल/फार्मेसी सञ्चालन गर्ने, अस्पताल, क्लिनिक, औषधि कम्पनी तथा स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ। फार्मेसी पढाइ सकेपछि आफ्नै मेडिकल खोल्ने अवसर पनि हुन्छ।
Friday activities
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
PH3F+725, Dhangadhi 10900
Dhangadhi