Pujara Pradip
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pujara Pradip, Dhangadhi.
12/05/2026
बिदा अब अधिकार: तेह्रथुम प्रहरीको एउटा सकारात्मक प्रयास !
लामो समयदेखिको बिदा सम्बन्धी गु-ना'सोलाई सम्बोधन गर्दै तेह्रथुम प्रहरीले सुरु गरेको "सट्टा बिदा" को अभ्यास अन्य जिल्लाका लागि पनि प्रेरणा बन्न सक्छ। कर्मचारी खुसी भए मात्र सेवा प्रभावकारी हुन्छ भन्ने मान्यतालाई यसले चरितार्थ गरेको छ।
प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापन सम्बन्धी दीर्घकालीन गु*नासोलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ बमोजिम “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्था अनुसार “सट्टा तलबी बिदा” उपलब्ध गराउन सुरु गरेको हो । लामो समयदेखि प्रहरी संगठनभित्र आवश्यक परेको समयमा बिदा नपाउने, उपलब्ध बिदा पूर्णरूपमा उपयोग गर्न नपाइने तथा यसका कारण व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा अ'सर पर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त व्यवस्था व्यवहारिक रूपमा लागू गरेको हो ।
प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था रहेको छ । सोही कानूनी व्यवस्थालाई कार्यान्वयन गर्दै लामो समयदेखि बिदा उपयोग गर्न नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा उपयोग गर्न निर्देशन गरेको छ ।
यसअन्तर्गत प्रहरी हवल्दार विशाल खड्का “सट्टा बिदा” उपयोग गर्ने पहिलो प्रहरी कर्मचारी बनेका छन भने हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त सुविधा उपयोग गरेका छन । प्रहरी कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक उत्तरदायित्व तथा पेशागत मनोबललाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यो अभ्यासले प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास, मनोबल अभिवृद्धि तथा जिम्मेवार सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास तेह्रथुम प्रहरीले विश्वास लिएको छ ।
09/05/2026
08/05/2026
गोरखापत्र अब ४९ भाषामा !! Gipsan Rai
07/05/2026
06/05/2026
नेपालको नदिनालाबाट महत्तोपूर्ण लोकसेवा सामग्री
Click here to claim your Sponsored Listing.