सेवा आयोग

  • Home
  • सेवा आयोग

सेवा आयोग लाखौंहजारौं सँग प्रतिस्पर्धा गरि लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग मा प्रवेश गर्न तयारी समाग्री र समसामयिक सूचना तथा जानकारीका लागी सहयोगी पेज ।

29/05/2026

बजेट भाषणमा प्रयोग हुने शब्द र त्यसको अर्थ (५० शब्दहरू)

बजेट भाषण सुन्दा र पढ्दा धेरै प्राविधिक आर्थिक शब्दहरू प्रयोग हुने गर्छन्। ती शब्दहरूलाई सजिलोसँग बुझ्नका लागि ५० वटा मुख्य शब्द र तिनको सरल अर्थ यहाँ प्रस्तुत गरिएको छ:

१. बजेटको आकार र स्रोतसँग सम्बन्धित शब्दहरू

१. बजेट (Budget): सरकारको आगामी एक वर्षको आम्दानी र खर्चको वार्षिक अनुमानित विवरण।

२. राजस्व (Revenue): कर, शुल्क वा अन्य माध्यमबाट सरकारले सङ्कलन गर्ने कुल आम्दानी।

३. चालु खर्च (Recurrent Expenditure): सरकार सञ्चालन गर्न लाग्ने प्रशासनिक खर्च (जस्तै: तलब, भत्ता, पेन्सन, कार्यालय सञ्चालन)।

४. पुँजीगत खर्च (Capital Expenditure): विकास निर्माण, पूर्वाधार र स्थायी सम्पत्ति सिर्जनामा हुने खर्च (विकास खर्च)।

५. वित्तीय व्यवस्था (Financial Management): ऋणको सावाँ-ब्याज भुक्तानी गर्न वा सरकारी संस्थानहरूमा सेयर/लगानी गर्न छुट्याइएको रकम।

६. वैदेशिक अनुदान (Foreign Grant): दातृ निकाय वा विदेशी सरकारबाट फिर्ता गर्नु नपर्ने गरी प्राप्त हुने आर्थिक सहयोग।

७. वैदेशिक ऋण (Foreign Loan): निश्चित ब्याजदरमा पछि फिर्ता गर्ने सर्तमा विदेशी संस्था वा देशबाट लिइने ऋण।

८. आन्तरिक ऋण (Internal Loan): सरकारले देशभित्रकै बैंक, वित्तीय संस्था वा नागरिकबाट ट्रेजरी बिल वा ऋणपत्रमार्फत उठाउने ऋण।

९. बजेट घाटा (Fiscal Deficit): सरकारको आम्दानी (राजस्व) भन्दा खर्चको अनुमान बढी हुनु।

१०. पूरक बजेट (Supplementary Budget): मुख्य बजेटको रकम अपुग भएमा वा आकस्मिक खर्च आएमा संसद्‌मा पेश गरिने थप बजेट।

२. कर र आर्थिक नीतिका शब्दहरू

११. प्रत्यक्ष कर (Direct Tax): व्यक्ति वा संस्थाको आम्दानी वा नाफामा सिधै लाग्ने कर (जस्तै: आयकर, सम्पत्ति कर)।

१२. अप्रत्यक्ष कर (Indirect Tax): वस्तु वा सेवाको उपभोगमा लाग्ने कर, जसको भार उपभोक्तामा पर्छ (जस्तै: भ्याट, भन्सार)।

१३. मूल्य अभिवृद्धि कर - भ्याट (VAT): वस्तु वा सेवाको प्रत्येक उत्पादन र वितरणको तहमा थपिने मूल्यमा लाग्ने कर (हाल नेपालमा १३%)।

१४. अन्तःशुल्क (Excise Duty): देश भित्र उत्पादन हुने वा आयात हुने विलासिता, स्वास्थ्यलाई हानिकारक वा विशेष वस्तुमा लाग्ने कर (जस्तै: मदिरा, सुर्ती)।

१५. भन्सार महसुल (Customs Duty): विदेशबाट सामान आयात गर्दा वा निर्यात गर्दा सीमा नाकामा लाग्ने कर।

१६. करको दायरा (Tax Base): कर प्रणालीभित्र समेटिएका कुल करदाता, व्यवसाय वा आर्थिक गतिविधिहरू।

१७. वित्तीय नीति (Fiscal Policy): देशको आर्थिक स्थायित्व र वृद्धिका लागि सरकारले बजेटमार्फत लिने कर र खर्च सम्बन्धी नीति।

१८. मौद्रिक नीति (Monetary Policy): बजारमा पैसाको आपूर्ति र ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंक (राष्ट्र बैंक) ले जारी गर्ने नीति।

१९. कर छुट (Tax Rebate/Exemption): निश्चित क्षेत्र वा उद्योगलाई प्रोत्साहन गर्न कर तिर्नु नपर्ने वा कम तिरे हुने गरी दिइएको सुविधा।

२०. राजस्व चुहावट (Revenue Leakage): गैरकानुनी रूपमा कर वा भन्सार छलेर राज्यको आम्दानी गुम्नु।

३. समष्टिगत अर्थतन्त्र (Macroeconomics) का शब्दहरू

२१. कुल गार्हस्थ्य उत्पादन - जीडीपी (GDP): एक वर्षभित्र देशको भौगोलिक सीमाभित्र उत्पादन भएका कुल वस्तु र सेवाको अन्तिम बजार मूल्य।

२२. आर्थिक वृद्धिदर (Economic Growth Rate): गत वर्षको तुलनामा यस वर्ष जीडीपी (कुल उत्पादन) मा भएको प्रतिशत वृद्धि।

२३. मुद्रास्फीति (Inflation): बजारमा वस्तु र सेवाको मूल्य लगातार बढ्नु र पैसाको क्रयशक्ति घट्नु (महँगी)।

२४. प्रतिव्यक्ति आय (Per Capita Income): देशको कुल आम्दानीलाई कुल जनसङ्ख्याले भाग गर्दा आउने औषत वार्षिक आय।

२५. अनौपचारिक अर्थतन्त्र (Informal Economy): सरकारको कर र नियमन प्रणालीमा दर्ता नभएका आर्थिक गतिविधिहरू (कालोबजार वा लुकेको अर्थतन्त्र)।

२६. भुक्तानी सन्तुलन (Balance of Payments): एक वर्षमा देश भित्र भित्रिएको र देशबाट बाहिरिएको कुल विदेशी मुद्राको हिसाब-किताब।

२७. व्यापार घाटा (Trade Deficit): देशले गर्ने निर्यातको तुलनामा आयात (सामान भित्रिने क्रम) धेरै हुनु।

२८. विप्रेषण (Remittance): वैदेशिक रोजगारीमा गएका नागरिकले बैंकिङ माध्यमबाट स्वदेश पठाएको पैसा (रेमिट्यान्स)।

२९. विदेशी मुद्रा सञ्चिति (Foreign Exchange Reserves): अन्तर्राष्ट्रिय व्यापारका लागि केन्द्रीय बैंकसँग सुरक्षित राखिएको विदेशी मुद्रा (डलर आदि) को भण्डार।

३०. तरलता (Liquidity): बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्न वा माग गर्दा तुरुन्तै दिन सक्ने नगद रकमको उपलब्धता।

४. योजना, विनियोजन र अनुदान सम्बन्धी शब्दहरू

३१. बजेट सिलिङ (Budget Ceiling): मन्त्रालय वा निकायहरूलाई बजेट बनाउनका लागि तोकिने खर्चको अधिकतम सीमा।

३२. राष्ट्रिय गौरवका आयोजना (National Pride Projects): देशको रूपान्तरणका लागि सरकारले उच्च प्राथमिकतामा राखेका ठूला पूर्वाधार (जस्तै: फास्ट ट्र्याक, ठूला जलविद्युत)।

३३. वित्तीय समानीकरण अनुदान (Fiscal Equalization Grant): स्थानीय र प्रदेश सरकारको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा केन्द्रले दिने सर्तविहीन अनुदान।

३४. ससर्त अनुदान (Conditional Grant): केन्द्र सरकारले निश्चित योजना वा आयोजना तोकेर सोही काममा मात्र खर्च गर्ने गरी तल्लो सरकारलाई दिने अनुदान।

३५. समपूरक अनुदान (Complementary Grant): स्थानीय वा प्रदेशले सञ्चालन गर्ने योजनामा केन्द्रले साझेदारी स्वरूप बेहोर्ने बराबर वा निश्चित प्रतिशत रकम।

३६. विशेष अनुदान (Special Grant): विशिष्ट प्रकृतिको अवस्था, विपद् वा कुनै विशेष क्षेत्रको विकासका लागि केन्द्रले दिने निश्चित अनुदान।

३७. पुँजी निर्माण (Capital Formation): भविष्यमा थप उत्पादन गर्न मद्दत पुग्ने गरी मेसिन, सडक, कारखाना जस्ता भौतिक पूर्वाधारमा गरिने लगानी।

३८. विनियोजन विधेयक (Appropriation Bill): बजेटमा प्रस्तावित खर्च गर्नका लागि संसद्‌बाट कानुनी स्वीकृति लिन पेश गरिने विधेयक।

३९. आर्थिक विधेयक (Finance Bill): बजेटमार्फत करका दरहरू लगाउन, उठाउन वा परिवर्तन गर्न संसद्‌मा पेश गरिने कानुनी विधेयक।

४०. रकमान्तर (Virement/Transfer of Fund): बजेटमा एउटा शीर्षकमा छुट्याइएको रकम खर्च नभएर अर्को शीर्षकमा सार्ने प्रक्रिया।

५. आधुनिक आर्थिक अवधारणा र अन्य शब्दहरू

४१. नवप्रवर्तन (Innovation): नयाँ प्रविधि, सोच वा सिर्जनशीलताको प्रयोग गरी व्यवसाय वा उत्पादनमा गरिने सुधार।

४२. स्टार्टअप (Startup): नयाँ र नवीन सोच (Idea) मा आधारित भएर भर्खरै सुरु गरिएको र तीव्र विकासको सम्भावना बोकेको व्यवसाय।

४३. सार्वजनिक-निजी साझेदारी - पिपिपि (PPP): ठूला पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रले लगानी र जोखिम बाँडेर सँगै काम गर्ने मोडेल।

४४. पुँजी बजार (Capital Market): सेयर, डिबेन्चर जस्ता दीर्घकालीन वित्तीय औजारहरूको खरिदबिक्री हुने बजार (जस्तै: नेप्से)।

४५. आर्थिक अनुशासन (Fiscal Discipline): बजेटको सीमाभित्र रहेर नियमसङ्गत खर्च गर्ने र फजुल खर्च नगर्ने सरकारी प्रतिबद्धता।

४६. सञ्चित कोष (Consolidated Fund): राज्यको सम्पूर्ण आम्दानी जम्मा हुने र कानुन बमोजिम मात्र खर्च गर्न पाइने सरकारी मूल ढुकुटी।

४७. दिगो विकास लक्ष्य - एसडीजी (SDG): संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि तोकेका गरिबी निवारण, शिक्षा, वातावरण जस्ता १७ वटा विश्वव्यापी विकासका लक्ष्य।

४८. क्रयशक्ति (Purchasing Power): निश्चित रकमले बजारबाट कति वस्तु वा सेवा किन्न सकिन्छ भन्ने नागरिकको आर्थिक क्षमता।

४९. सहुलियतपूर्ण कर्जा (Subsidized Loan): सरकारले ब्याजको केही हिस्सा बेहोरिदिने गरी तोकिएका क्षेत्र (जस्तै: कृषि, युवा स्वरोजगार) लाई दिइने कम ब्याजको ऋण।

५०. फजुल खर्च (Wasteful Expenditure): उत्पादकत्व नबढ्ने र प्रतिफल नदिने प्रकृतिका अनावश्यक सरकारी प्रशासनिक वा विलासिताका खर्चहरू।

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छ...
29/03/2026

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :१. निर्...
29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :

१. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
२. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
३. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
५. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
६. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
७. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
८. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
९. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
१०. सेवा प्रवाह सरल र छिटो बनाइने।
११. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
१२. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
१३. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
१४. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
१५. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
१६. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
१७. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
१८. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
१९. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
२०. नागरिक सेवा केन्द्र स्थापना गरिने।
२१. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
२२. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
२३. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
२४. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
२५. हेलो सरकार प्रणाली सुधार गरिने।
२६. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
२७. सरकारी कागजात घरमै पुर्‍याइने।
२८. डिजिटल प्रणाली सुदृढ बनाइने।
२९. डेटा एकपटक मात्र संकलन गरिने।
३०. एप र पोर्टल सरल बनाइने।
३१. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
३२. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
३३. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
३४. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
३५. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
३६. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
३७. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
३८. डिजिटल नियामक निकाय स्थापना गरिने।
३९. IT संरचना एकीकृत गरिने।
४०. IT सम्बन्धी कानून बनाइने।
४१. डिजिटल आर्किटेक्चर तयार गरिने।
४२. Betting एप बन्द गरिने।
४३. सम्पत्ति छानबिन समिति गठन गरिने।
४४. सुशासन केन्द्र सुधार गरिने।
४५. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
४६. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
४७. सदाचार नीति लागू गरिने।
४८. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
४९. आयोजना व्यवस्थापन सुधार गरिने।
५०. e-procurement प्रणाली लागू गरिने।
५१. परियोजना सहजीकरण कानून ल्याइने।
५२. सडक आयोजना समयमै पूरा गरिने।
५३. लगानी प्रक्रिया सरल बनाइने।
५४. परियोजनाको लगानी मोडेल तय गरिने।
५५. एकद्वार लगानी प्रणाली लागू गरिने।
५६. Startup प्रक्रिया छिटो बनाइने।
५७. SME ऋण सहज बनाइने।
५८. व्यवसाय दर्ता एकीकृत गरिने।
५९. रोजगार र सीप केन्द्र बनाइने।
६०. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
६१. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
६२. अपराधीमाथि कडा कारबाही गरिने।
६३. प्रभावित व्यवसायलाई राहत दिइने।
६४. PM Delivery Unit स्थापना गरिने।
६५. लगानी संस्थाहरू एकीकृत गरिने।
६६. साना उद्योग दर्ता सरल बनाइने।
६७. डेटा आदानप्रदान प्रणाली बनाइने।
६८. CSR रकम केन्द्रित गरिने।
६९. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
७०. ढुवानी अवरोध हटाईने ।
७१. पारदर्शी लगानी वातावरण बनाइने।
७२. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
७३. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
७४. ऊर्जा क्षेत्र सुधार गरिने।
७५. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
७६. जलाधार संरक्षण गरिने।
७७. शहरी विकास कानून ल्याइने।
७८. निष्क्रिय स्रोत प्रयोग गरिने।
७९. e-billing अनिवार्य गरिने।
८०. कर प्रणाली सुधार गरिने।
८१. कोषहरू एकीकृत गरिने।
८२. खानी क्षेत्र सुधार गरिने ।
८३. भन्सार प्रणाली सुधार गरिने।
८४. धरौटी रकम उपयोग गरिने।
८५. स्वास्थ्य सेवा सुधार गरिने।
८६. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
८७. परीक्षा परिणाम समयमै निकालिने।
८८. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
८९. कक्षा ५ सम्म परीक्षा हटाइने।
९०. कृषि क्षेत्र सुधार गरिने।
९१. सुकुम्बासी समस्या समाधान गरिने।
९२. सार्वजनिक जग्गा संरक्षण गरिने।
९३. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
९४. CIB लाई प्रविधियुक्त बनाइने।
९५. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
९६. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
९७. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
९८. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
९९. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
१००. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।

05/12/2025

NPL ट्रफि कसले जित्ला??🤔🤔🤔🤔
1. सुदूरपश्चिम रोयल्स
2. काठ्माण्डौ गोर्खाज
3. बिराटनगर किङ्स
4. लुम्बिनि लायन्स

12/11/2025

यी हुन् नेपालका हालसम्मका प्रहरी आईजीपी

१. तोरण शमशेर ज.ब.रा

नेपाल प्रहरीको पहिलो आईजी हुन् तोरण शमशेर ज.ब.रा. । प्रधान कार्यालयको स्थापनापछि ज.ब.रा.लाई २००७ चैतमा आईजी नियुक्त गरिएको थियो । पहिलो आईजीको रुपमा कार्यभार सम्हालेका ज.ब.रा. ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र पदच्यूत भए ।

२. नर शमशेर जबरा

तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । उनले २ वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले ।

३. ज्ञानबहादुर याक्थुम्बा

नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् याक्थुम्बा । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शमशेर जबरापश्चात २०१० माघ २८ मा उनी महानिरीक्षक भएका थिए । २०१० मंसिरदेखि २०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे । महानिरीक्षकबाट अवकाश पाएपछि उनी बर्माका लागि नेपाली राजदूत भए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा पनि स्थापित थिए ।

४. गोपाल शमशेर ज.ब.रा.

गोपाल शमशेर ज.ब.रा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।

५. पूर्ण सिंह खवास

खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए ।

६. ढुण्डिराज शर्मा

छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।

७. पहल सिंह लामा

नेपाल प्रहरीको आठौ महानिरीक्षक हुन् लामा । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेखिनेय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको क्न्सुलर जनरलको पदमा थिए ।

उनी २०१८ पुसदेखि २०२३ असारसम्म महानिरीक्षक भए ।

८. रोम बहादुर थापा

थापा आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।

९. खड्गजित बराल

बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् बराल । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेतृत्वमा रहेर काम गरे । प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डोचाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए ।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद समेत भएका थिए । सांसदको रूपमा सेवा समाप्त गरेपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए ।

१०. दुर्लभ कुमार थापा

नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक थापाले २०३५ सालमा कार्यभार सम्हालेका हुन् । उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् ।

सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए । उनले २०३५ साउनदेखि २०३९ जेठसम्म कार्यभार सम्हालेका थिए ।

११. दिलबहादुर लामा

भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । ००७ सालमा स्थापना भएको प्रहरीमा ११ औँ संगठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए ।

उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।

१२. हेम बहादुर सिंह

हेमबहादुर सिंह नेपाल प्रहरीको बाह्रौ महानिरीक्षक हुन् । उनलाई चिन्नेहरुले खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिन्थे । उनलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो । उनले चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्वको रुपमा कार्यभार सम्हालेका थिए ।

१३. रत्नशमशेर ज.ब.रा

उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो ।

१४. मोतिलाल बोहरा

३० वर्षे सेवाअवधि लागू भएपछि राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । बोहरा १४ औं महानिरीक्षक हुन् । २०४९ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए ।

१५. धुव्रबहादुर प्रधान

प्रधान १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।

१६. अच्युतकृष्ण खरेल

खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २००३ फागुन २८ गते काभ्रेमा जन्मेका खरेल २०२७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । निरीक्षकमा प्रवेश गरेका उनले ३१ वर्षको अन्तरालमा महानिरीक्षकसम्मको जिम्मेवारी बहन गरेका थिए । उनी माओवादी जनयुद्धको बेलामा प्रहरी महानिरीक्षक नियुक्त भएका हुन् । खरेलले २०५३ फागुनदेखि २०५३ चैत र २०५४ मंसिरदेखि २०५७ असोजसम्म नेतृत्वको जिम्मेवारी वहन गरेका थिए ।

१७. प्रदीप शमशेर जबरा

जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका जबरा संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।

१८. श्यामभक्त थापा

श्याम भक्त थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ सालमा उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । २०५९ पुसदेखि २०६३ भदौसम्म उनले नेतृत्व गरेका थिए ।

१९. ओम विक्रम राणा

ओम विक्रम राणा २०६३ सालमा प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले २ वर्ष अर्थात २०६५ भदौसम्म महानिरीक्षकको भूमिकामा रहेर काम गरेका थिए ।

उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

२०. हेमबहादुर गुरूङ

गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए । उनी पनि सुडान घोटालामा मुछिए ।

२१. रमेश चन्द ठकुरी

रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दसमेत सुडान घोटालामा मुछिएका अधिकृत हुन् ।

२२. रविन्द्र प्रताप शाह

२२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका शाह धादिङका हुन् ।

२०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरी क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए उनी ।

सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित शाह प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । आवश्यक सबै तालिमहरू प्राप्त गर्नुका साथै उनी विभिन्न विभुषणबाट सम्मानित भएका छन् ।

२३. कुवेर सिंह राना

कुवेर सिंह राना नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई तत्कालिन सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनी २०४० कात्तिक ३० गतेबाट प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका थिए । उनले २०७० कात्तिक ३० गतेसम्म प्रहरीको नेतृत्व गरेका थिए ।

२४. उपेन्द्र कान्त अर्याल

उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका २४ औं आईजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुखको पदमा नियुक्त भएका अर्याल संगठनमा कडा र हक्की स्वभावका अधिकृतको रुपमा चिनिन्थे ।

२५. प्रकाश अर्याल

२५ औं आईजी भएका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।

२६. सर्वेन्द्र खनाल

सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई २०७४ चैत २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

२०७६ माघ २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहेका खनाल अवकाश पाएको केही समयपछि अर्थात २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरेका थिए । उनले गत निर्वाचनमा काठमाडौं ६ बाट उम्मेद्वारी समेत दिएका थिए। तर, पराजित भए ।

२७. ठाकुर प्रसाद ज्ञवाली

ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।

२८. शैलश थापा क्षेत्री

२८ औँ प्रहरी महानिरीक्षक हुन् थापा । उनलाई २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो । उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए ।

२९. धीरज प्रताप सिंह

२०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंह संगठनका अब्बल अधिकृतको पहिचान बनाएका थिए ।

३०. वसन्त बहादुर कुँवर

२०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त भएका कुँवर संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनको कार्यकालमा थुप्रै कामहरु समेत भएको छ । जसले गर्दा पछिल्लो समय प्रहरी संगठनको गरिमा समेत बढेको आभाष लिन्छन् आईजी कुँवर ।

३१. दीपक थापा

२०८१ साल चैत ५ गते नेपाल प्रहरीको ३१ औं कमाण्डर प्रहरी महानिरिक्षक (आईजी)मा नियुक्त भएका थिए । २०५० साल मंसिर १० गते इन्स्पेक्टरबाट प्रवेश गरेका थापाले यही २०८२ को भदौ १८ गतेसम्म संगठनको कमाण्ड गरेका थिए ।

३२. चन्द्रकुबेर खापुङ

दीपक थापाको अवकाशपछि छोटो समयका लागि प्रहरीको कमाण्ड सम्हालेका चन्द्रकुबेर खापुङले सुरुवातमै ठूलो घटनाको सामना गर्नुप¥यो । १८ गते नियुक्त भएका खापुङले त्यसको ५ दिनमै जेनजी आन्दोलनको मार खेप्नुपर्यो । जसले गर्दा सर्वाधिक छोटोसमयमा सर्वाधिक जिम्मेवार र उत्तरदायीयुक्त जिम्मेवारी पूरा गर्दै असोज २७ गते अवकाशमा जाँदैछन् । उनले ७१ दिन प्रहरीको कमाण्ड सम्हाल्दा ७० वर्षको इतिहासमा नेपाल प्रहरीले सबैभन्दा बढी भौतिक क्षति ब्यहोर्नुपर्यो ।

३३. दानबहादुर कार्की

दानबहादुर कार्की नेपाल प्रहरीको असोज २७ गतेपछिका कमाण्डर हुन् । उनलाई सोमबारको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो । २०५४ साल चैत १८ गते प्रहरी निरिक्षक (इन्स्पेक्टर)का रुपमा संगठन प्रवेश गरेका कार्की हाल सरकारले घोषणा गरेको आम निर्वाचनको संघारमा संगठनको नेतृत्व सम्हाल्न आइपुगेका छन् । उनले संगठनलाई करिब ३० महिना कमाण्ड गर्नेछन् । अन्यकुरा यथावत् रहेमा उनी २०८४ सालको चैत १८ गते अनिवार्य अवकाशमा जानेछन् ।

-स्रोत : कागजपत्र

सार्वजनिक संस्थानहरू (वार्षिक स्थिति समीक्षा २०८२)🎊
06/09/2025

सार्वजनिक संस्थानहरू (वार्षिक स्थिति समीक्षा २०८२)🎊

Intresting: नेदरल्याण्डले बेल्जियमलाई समुन्द्रमा रहेको Wind Turbine मार्फत आफ्नो हावा चोरिरहेको अनौठो आरोप लगाएको छ। 😲
31/05/2025

Intresting: नेदरल्याण्डले बेल्जियमलाई समुन्द्रमा रहेको Wind Turbine मार्फत आफ्नो हावा चोरिरहेको अनौठो आरोप लगाएको छ। 😲

16/05/2025

कुलमान हुदा कहिले पानी परेन, कहिले हावा चलेन, कहिले रुख ढलेन, पोल ढलेन
हितमान हुदा जहिले पानी पर्छ, हावा चल्छ, रुख ढल्छ, पोल ढल्छ

यो इन्द्र भगवान पनि विपक्षी जस्तो छन्... सरकारको राम्रो काम त देख्ने नसक्ने.. यिनलाई नि एउटा मुद्धा हालेर थुन्नुपर्छ

15/05/2025

**व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना*
नेपाल सरकारद्वारा भोलिदेखि सामाजिक सञ्जाल सम्बन्धि नयाँ सञ्चार नीतिहरु लागू हुनेछन्। यी नियमहरू सबै प्रयोगकर्ताहरूका लागि अनिवार्य हुनेछ ।

१.अबदेखि सबै व्हाट्सएप भ्वाइस र भिडियो कलहरू रेकर्ड गरिनेछ।

२. रेकर्ड गरिएका कलहरू सरकारद्वारा सुरक्षित रूपमा संकलन गरिनेछ।

३. व्हाट्सएप, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायत सम्पूर्ण सामाजिक सञ्जालहरूको तीब्र रुपमा निगरानी गरिनेछ।

४. प्रयोगकर्ताहरूको सामाजिक संजाल उपकरणहरू सूचना तथा सञ्चार मन्त्रालयको निगरानी प्रणालीसँग जोडिनेछ।

५.कसैलाई आपत्तिजनक वा भ्रामक सन्देश पठाउने कार्यबाट आजैदेखि टाढा रहनुहोस्।

६.आफ्ना बालबालिका, दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ तथा चिनेजानेकाहरूलाई सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग गर्न सुझाव दिनुहोस्।

७. नेपाल सरकार, प्रधानमन्त्री वा वर्तमान राजनीतिक अवस्थासम्बन्धी कुनैपनि आपत्तिजनक सन्देश वा भिडियो नपठाउनुहोस्।

८. राजनीतिक वा धार्मिक विषयमा नकारात्मक सन्देश लेख्नु वा पठाउनु अहिलेको अवस्थामा कानुनी अपराध मानिनेछ, जसका लागि बिना वारेन्ट पक्राउ गर्न सकिनेछ।

९.यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि साइबर अपराध अन्तर्गत मुद्दा चलाइनेछ जसले गम्भीर कानुनी परिणाम निम्त्याउन सक्छ।

१०. समूहका सबै सदस्य तथा प्रशासकहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुहोस्।

११. गलत सन्देश पठाउनबाट टाढा रहनुहोस् र सबै साथीहरूलाई यसबारे जानकारी गराउनुहोस्।

सन्देशको स्थिति दर्शाउने संकेतहरू यस प्रकार रहेका छन् :
--------------------------------------------------------------------------

१. ✅ = सन्देश पठाइएको छ।

२. ✅✅ = सन्देश प्राप्तकर्तासम्म पुगेको छ।

३. ☑️☑️☑️ (तीन निलो टिक) = सन्देश सरकारले पढेको छ।

४. ☑️☑️ (दुई निलो) + ✔️ (रातो) = सरकार तपाईं विरुद्ध कारबाही गर्न सक्छ।

५. ☑️ (निलो) + ✔️✔️ (दुई रातो) = सरकारले तपाईंको व्यक्तिगत विवरण जाँच गरिरहेको छ।

६. ✔️✔️✔️(तीन रातो टिक) = तपाईं विरुद्ध कानुनी कारबाही शुरु भइसकेको छ र तपाईंलाई कार्वाहीको लागि अदालतसम्म पठाउन सकिनेछ । 🇳🇵✍️

सावधानी अपनाउनुहोस्, सचेत रहनुहोस्, र सुरक्षित डिजिटल प्रविधि प्रयोग गर्नुहोस्।

धन्यवाद !!

12/05/2025

बुद्धम् शरणम् गच्छामि’,
धम्मम् शरणम् गच्छामि’
‘सङ्घम् शरणम् गच्छामि’

Address


Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779848212532

Website

Alerts

Be the first to know and let us send you an email when सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सेवा आयोग:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share