10/05/2026
✨ बुढीतोला पर्यटन महोत्सव २०८३ सफलतापूर्वक सम्पन्न ✨
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव
दिर्घ नारायण कोइराला को प्रमुख आतिथ्यमा,
धर्मराज विनाडी प्रमुख प्रशासकीय अधिकृतज्यू तथा
हेम प्रकाश मल्ल वडा नं. ४ अध्यक्षज्यूको विशिष्ट आतिथ्यमा तथा अन्य सम्पूर्ण अतिथिज्यूहरूको गरिमामय उपस्थितिमा सम्पन्न “बुढीतोला पर्यटन महोत्सव २०८३” ले बुढीतोलाको पर्यटन, कला, संस्कृति र समृद्धिको यात्रामा एउटा कोशेढुंगा साबित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।
यो महोत्सव केवल एउटा कार्यक्रम नभई बुढीतोलाको पहिचान, सम्भावना र समृद्ध भविष्यतर्फको सशक्त सुरुवात हो।
विशेषगरी, सुरुवाती दिनदेखि अन्तिम क्षणसम्म निरन्तर साथ, सहयोग, समर्थन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण स्थानीय साथीहरू, दर्शक महानुभावहरू, स्वयंसेवकहरू, कलाकारहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक नमन तथा आभार व्यक्त गर्दछौँ।
तपाईंहरूको माया, विश्वास र साथले नै यो अभियान सफल बनेको हो।
हामी सबैको एकता र सहकार्यले बुढीतोलालाई अझ उचाइमा पुर्याउनेछ भन्ने विश्वास लिएका छौँ।
यो समापन होइन, नयाँ इतिहासको सुरुवात हो। ❤️
जय बुढीतोला । जय गोदावरी । जय नेपाल । 🇳🇵
#बुढीतोला_पर्यटन_महोत्सव२०८३
#बुढीतोला_हाम्रो_पहिचान
#एकता_समृद्धि_र_पर्यटन