Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व

Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व, Godawori 04 budhitola, Dhangadhi.

Photos from Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व's post 10/05/2026

✨ बुढीतोला पर्यटन महोत्सव २०८३ सफलतापूर्वक सम्पन्न ✨

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव
दिर्घ नारायण कोइराला को प्रमुख आतिथ्यमा,
धर्मराज विनाडी प्रमुख प्रशासकीय अधिकृतज्यू तथा
हेम प्रकाश मल्ल वडा नं. ४ अध्यक्षज्यूको विशिष्ट आतिथ्यमा तथा अन्य सम्पूर्ण अतिथिज्यूहरूको गरिमामय उपस्थितिमा सम्पन्न “बुढीतोला पर्यटन महोत्सव २०८३” ले बुढीतोलाको पर्यटन, कला, संस्कृति र समृद्धिको यात्रामा एउटा कोशेढुंगा साबित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।

यो महोत्सव केवल एउटा कार्यक्रम नभई बुढीतोलाको पहिचान, सम्भावना र समृद्ध भविष्यतर्फको सशक्त सुरुवात हो।

विशेषगरी, सुरुवाती दिनदेखि अन्तिम क्षणसम्म निरन्तर साथ, सहयोग, समर्थन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण स्थानीय साथीहरू, दर्शक महानुभावहरू, स्वयंसेवकहरू, कलाकारहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक नमन तथा आभार व्यक्त गर्दछौँ।

तपाईंहरूको माया, विश्वास र साथले नै यो अभियान सफल बनेको हो।
हामी सबैको एकता र सहकार्यले बुढीतोलालाई अझ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास लिएका छौँ।

यो समापन होइन, नयाँ इतिहासको सुरुवात हो। ❤️

जय बुढीतोला । जय गोदावरी । जय नेपाल । 🇳🇵

#बुढीतोला_पर्यटन_महोत्सव२०८३
#बुढीतोला_हाम्रो_पहिचान
#एकता_समृद्धि_र_पर्यटन

10/05/2026

आज बुढितोला पर्यटन महोत्सव समापन हुँदै, आउनुहोस् रमाउनुहोस् । https://www.facebook.com/share/v/1EQafeywXr/

Photos from Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व's post 09/05/2026

बुढीतोला मा आज २६ गते “बुढीतोला पर्यटन महोत्सव २०८३” हाम्रो संस्कृति, पहिचान र सम्भावनाको सुन्दर उत्सव बनेको छ 🎉

“हाम्रो पहिचान, हाम्रो गर्व” लाई आत्मसात गर्दै पर्यटनमार्फत समृद्धितर्फ अघि बढ्ने विश्वास अझ बलियो बनेको छ।
सम्पूर्ण सहभागी कलाकार तथा सहयोगीमा हार्दिक धन्यवाद।🙏🌿✨

07/05/2026

🎉🌿 बुढितोला पर्यटन महोत्सव २०८३ 🌿🎉

📅 यही वैशाख २५ गते
🎤 चर्चित गायिका Eleena Chauhan को विशेष सांगीतिक प्रस्तुति रहने भएकोले सम्पूर्ण दर्शक, शुभेच्छुक तथा संगीतप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। 🙏

🎶 गीत, संगीत, संस्कृति र मनोरञ्जनको भरपुर आनन्द लिन परिवार तथा साथीभाइ सहित उपस्थित भइदिनुहुन अनुरोध छ।

📍स्थान: बुढितोला
✨ “प्रकृति, संस्कृति र समृद्धिको संगम — बुढितोला हाम्रो पहिचान” ✨

06/05/2026
Photos from Explore Buditola हाम्रो पहिचान, हाम्रो गर्व's post 05/05/2026

कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोलामा “बुढीतोला पर्यटन महोत्सव २०८३” केवल एउटा कार्यक्रम मात्र नभई हाम्रो मौलिक पहिचान, संस्कृति र सम्भावनाको सशक्त उत्सव बनेको छ 🎉

बैशाख २२ गते सम्पन्न महोत्सवले स्थानीय कला, परम्परा र जीवनशैलीलाई उजागर गर्दै बुढीतोलालाई पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने महत्वपूर्ण आधार तयार गरेको छ। यहाँ प्रस्तुत सांस्कृतिक प्रस्तुति, मौलिक भेषभूषा, स्थानीय स्वाद र जनसहभागिताले समुदायको एकता, गर्व र सम्भावनालाई एकसाथ जोड्ने काम गरेको छ।

यो महोत्सवले “हाम्रो पहिचान हाम्रो गर्व” भन्ने भावनालाई आत्मसात गर्दै भविष्यमा पर्यटन, रोजगारी र आर्थिक समृद्धिका ढोका अझ फराकिलो बनाउने विश्वास दिलाएको छ।

📍 बुढीतोला, गोदावरी–४, कैलाली
👉 आउनुहोस्, हाम्रो मौलिकता जोगाउँदै पर्यटनमार्फत समृद्धितर्फ सँगै अघि बढौं! 🌿✨

26/03/2024

श्री लक्ष्मी माध्यमिक विधालय गो.न.पा ०४ बुढितोला
“विधालयको शैक्षिक ब्यवस्थापनमा निरन्तरता दिदै प्राविधिक धारका लागि पूर्व ब्यवस्थापन गर्ने उद्देश्यका साथ यस अति गरिबी रेखा मुनि रहेको सानो बस्तीमा अवस्थित विधालयको अक्षय कोष निर्माण अभियान”लाई स-हृदय देखीनै गो.न.पा ०४ बुढितोला निवाशी,कुशल अभीभावक,समाजसेवि श्री चक्र लामिछाने ज्यु,ले यस अभियानलाई सहयोग दान (१००००।-)सप्रेम सहयोग गर्नु भयको छ उहाँले विधालय प्रति पूर्याउनु भयको माया,सदभाव,र योगदान प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौ।🙏

26/03/2024

श्री लक्ष्मी माध्यमिक विधालय गो.न.पा ०४ बुढितोला
“विधालयको शैक्षिक ब्यवस्थापनमा निरन्तरता दिदै प्राविधिक धारका लागि पूर्व ब्यवस्थापन गर्ने उद्देश्यका साथ यस अति गरिबी रेखा मुनि रहेको सानो बस्तीमा अवस्थित विधालयको अक्षय कोष निर्माण अभियान”लाई स-हृदय देखीनै गो.न.पा ०४ बुढितोला स्थित बाइस खम्बा सनातन संस्कृति संरक्षण समिति द्वारा फागु पुर्णिमा २०८० को उपलक्ष्यमा होलि कार्यक्रम बाट जम्मा संकलन रकम रु ६३९७५|-बाट रु २५५५५|-एस अभियानलाई सप्रेम सहयोग दान गर्नु भयको छ एस अभियानमा विशेष गरि शि.अ.सं अध्यक्ष राज बहादुर बिष्ट,समिति सदस्य,अभिभावक डम्बर भट्टराई,अभिभावक मानध्वज भट्टाराई ज्यु,लाई नमन साथै समितिले विधालय प्रति पूर्याउनु भयको माया,सदभाव,र योगदान प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौ।🙏

02/02/2022

#श्री_लक्ष्मी_माध्यमिक_विधालय गो.न.पा ०४ #बुढितोला
निवासि श्रीमान पुर्ण बहादुर खत्री ज्यु,र श्रीमति खगीसरा खत्री ज्यु,को कान्छा छोरा सोही विधालयका पुर्व विधार्थी स्वर्गिय खगेन्द्र खत्रीको वर्ष १९ मा असामहीक निधन भयकोले स्वर्गिय खगेन्द्र स्मृति अक्षयकोष का नामले कोष स्थापना गर्नको लागि अक्षय धनराशि रु ५५०००।-(अक्षरुपि पचपन्न हजार)प्रदान गर्नु भयको छ उहाँले विधालय प्रति पूर्याउनु भयको सदभाव,सकारात्मक सोच र योगदान यो अभियान सम्भवत पहिलो रहेको छ ऊहाँ लगायत परिवार प्रति बिशाल मन बनाउनु भयकोमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौ🙏

08/11/2021

श्री लक्ष्मी माध्यमिक विधालय गो.न.पा ०४ बुढितोला
“विधालयको शैक्षिक ब्यवस्थापनमा निरन्तरता दिदै प्राविधिक धारका लागि पूर्व ब्यवस्थापन गर्ने उद्देश्यका साथ यस अति गरिबी रेखा मुनि रहेको सानो बस्तीमा अवस्थित विधालयको अक्षय कोष निर्माण अभियान”लाई स-हृदय देखीनै गो.न.पा ०४ बुढितोला निवाशी,विधालयका अनुभवि,अनुशासीत अभीभावक,समाजसेवि श्री भवानी दत्त भट्टराई ज्यु,ले यस अभियानलाई सहयोग दान (२१००१।-)सप्रेम सहयोग गर्नु भयको छ उहाँले विधालय प्रति पूर्याउनु भयको माया,सदभाव,र योगदान प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौ।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Godawori 04 Budhitola
Dhangadhi
123