विद्यार्थी

विद्यार्थी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from विद्यार्थी, Education, Dhading.

विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ। विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। सामान्यतया, विद्यार्थीले शिक्षकहरूसँग सिक्ने गर्दछन् ।

29/04/2026

सतर्कता अपनाऔँ

07/02/2026

Happy Rose Day To All: Valentine's Week Start from Today.🌹👩‍❤️‍👨

31/01/2026

घाेषणापत्रमा उत्तरहरु अपेक्षा गराैं ।

१. पछिल्लो एसईई (SEE) को नतिजा हेर्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । हाम्रा सामुदायिक विद्यालयको नतिजा सुधार्न तपाईँको पार्टीसँग के ठोस योजना छ ?
२. अहिलेको शिक्षा केवल कण्ठ गर्ने पद्धतिमा आधारित छ । विद्यार्थीलाई सिर्जनशील र आलोचनात्मक सोच (Critical Thinking) विकास गर्ने खालको वातावरण बनाउन तपाईँको पार्टीले के गर्छ ?
३. निजी र सरकारी विद्यालय बीचको गुणस्तरको खाडल कम गर्न तपाईँको पार्टीको के भूमिका रहनेछ ?
४. अहिलेको युग सूचना प्रविधिको हो । विद्यालयहरूमा कम्प्युटर ल्याब, इन्टरनेट र स्मार्ट बोर्डको व्यवस्था भोलि तपाईँको पार्टीको सरकारले कसरी गर्छ ?
५. धेरै विद्यालयमा अझै पनि सुरक्षित भवन, शुद्ध खानेपानी र छात्राका लागि छुट्टै शौचालयको अभाव छ । यसलाई भोलि तपाईँको पार्टीको सरकारले कति समयभित्र समाधान गर्छ ?
६. हाम्रो क्षेत्रका विद्यालयमा विषयगत शिक्षकको अभाव छ । दरबन्दी मिलान र शिक्षकहरूको नियमित तालिमका लागि के गर्छ ?
७. विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूमा हुने राजनीतिक हस्तक्षेप रोक्ने काम भोलि तपाईँको पार्टीको सरकारले कसरी गर्छ ?
८. पढेर पनि बेरोजगार बस्नुपर्ने अवस्था छ । विद्यालय तहमै कृषि, पर्यटन वा आइटी जस्ता प्राविधिक र सीपमूलक शिक्षा सुरु गर्न तपाईँको पार्टीसँग के ठोस योजना छ ?
९. हाम्रो स्थानीय भाषा, संस्कृति र भूगोल समेटिएको स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न के गर्छ ?
१०. संविधानले माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क भनेको छ, तर विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेका छन् । यसलाई पूर्णतः नि:शुल्क बनाउन तपाईँको कदम के हुन्छ ?
११. गरिब, जेहेन्दार र सीमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्तिको न्यायोचित वितरण कसरी सुनिश्चित गर्नुहुन्छ ?
१२. लामाे समयदेखि बन्धक बनाइएकाे शिक्षा ऐन भोलि तपाईँको पार्टीको सरकार बन्याे भने कहिलेसम्म जारी गर्छ ?

21/01/2026

राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार 2082/12/19-29 सञ्चालन हुने SEE 2082 को परीक्षाको रुटिन ।

Photos from विद्यार्थी's post 03/01/2026

SEE को तयारीमा रहनु भएका प्यारा विद्यार्थी भाइबहिनीहरुको लागि ||
Com.mathematics
Credit: Nepal Caesar विद्यार्थी

Photos from शिक्षक सन्दर्भ's post 25/12/2025
10/12/2025

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित चैतन्य पाठशालाले एक लाख रुपैयाँ मासिक तलब, बसोबास, खाना र खाजासहित दक्ष गणित शिक्षक मागेको विज्ञापन सार्वजनिक गरेपछि यो विषय देशभर चर्चाको केन्द्र बनेको छ।
सामान्यतया निजी विद्यालयहरूले शिक्षकलाई न्यून पारिश्रमिक दिने गुनासो भइरहनाका बीच यस्तो आकर्षक अफर धेरैका लागि अविश्वनीय लागेको छ।

विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै कक्षा ५ देखि १० सम्म गणित पढाउन सक्ने उच्च दक्षता, अनुभव र शिक्षकको प्रतिबद्धता भएका उम्मेदवार चाहिएको उल्लेख गरेको छ।
विज्ञापन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले ‘लेखाइमा गल्ती भएजस्तो देखिन्छ’, ‘साँचै एक लाख तलब?’ जस्ता प्रतिक्रियाहरू दिएका थिए। तर विद्यालयले यो अफर पूर्ण रूपमा वास्तविक रहेको पुष्टि गरेको छ।

विद्यालयका प्रिन्सिपल प्रेमनिधि ओझाका अनुसार गणित र विज्ञान जस्ता विषय अत्यन्त महत्वपूर्ण भएका कारण विद्यालयले शिक्षकलाई बिहानदेखि साँझसम्म विद्यालयमै रहने संरचनामा नियुक्त गर्न चाहेको हो।
ओझा भन्छन्, “एक लाख तलब अपत्यारिलो लाग्न सक्छ, तर शिक्षक अभावको यो कठोर समयमा हामीले योग्य शिक्षकलाई सम्मानजनक सुविधा दिन चाहेका हौं।”

उनका अनुसार अहिले शैक्षिक बजारमा योग्य र दक्ष शिक्षक गम्भीर अभावमा छन्।
पहिले एउटा विज्ञापनमा ५०–६० आवेदन पर्ने भए पनि अहिले ८–१० जनाले मात्रै आवेदन दिने अवस्था छ।
"विद्यार्थीहरू विदेश जाने वा प्राविधिक विषय रोज्ने मोहले गर्दा शिक्षक उत्पादनमा खडेरी परेको छ," ओझाले भने।

चैतन्य पाठशालामा प्रि-स्कूलदेखि १२ कक्षासम्म अध्ययन हुने गर्छ। हाल विद्यालयमा १,००० विद्यार्थी र ७५ कर्मचारी छन्।
विद्यालयले कमजोर विद्यार्थीका लागि डाइग्नोसिस कक्षा सञ्चालन गर्दै आएको छ।

विशेष तलबसहित दरखास्त मागे पनि अहिलेसम्म फोनमार्फत मात्र जानकारी लिने गरेको र वास्तविक आवेदन भने नआएको विद्यालयले जनाएको छ।
दरखास्त पेश गर्ने अन्तिम मिति मंसिर २९ तोकिएको छ।

यो घटनाले देशभर शिक्षकको पारिश्रमिक, गुणस्तरीय शिक्षा र शैक्षिक जनशक्ति अभावबारे पुनः बहस सुरु गरेको छ।

28/04/2025

"शिक्षक निर्देशिका",
कक्षा १ देखी कक्षा ९ सम्मकाे "शिक्षक निर्देशिका" तलकाे link बाट Download गर्नुहाेस।
.............................................................................
1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८
https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf
2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf
3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf
4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf
5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf
6.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672217645.pdf
7.शिक्षक निर्देशिका कक्षा - २ मेरो गणित (२०७९)
https://www.moecdc.gov.np/storage/gallery/1686566355.pdf
8.शिक्षक निर्देशिका कक्षा २ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672221679.pdf
9.शिक्षक निर्देशिका कक्षा २ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672218837.pdf
10.शिक्षक निर्देशिका कक्षा ३ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672218996.pdf
11.शिक्षक निर्देशिका कक्षा ३ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672223512.pdf
12.शिक्षक निर्देशिका कक्षा - ३ मेरो गणित (२०७९)
https://www.moecdc.gov.np/storage/gallery/1686566541.pdf
13.शिक्षक निर्देशिका कक्षा ३ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672222284.pdf
14.शिक्षक निर्देशिका कक्षा ३ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672219097.pdf
15.शिक्षक निर्देशिका कक्षा - ४ नेपाली (वि. स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693983142.pdf
16.शिक्षक निर्देशिका कक्षा - ४ अंग्रेजी (२०२३)
https://www.moecdc.gov.np/storage/gallery/1693880023.pdf
17.शिक्षक निर्देशिका कक्षा - ४ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1694064330.pdf
18.शिक्षक निर्देशिका कक्षा - ४ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1698905900.pdf
19.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1708585729.pdf
20.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706786511.pdf
21.शिक्षक निर्देशिका कक्षा ६ नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1678949642.pdf
22.शिक्षक निर्देशिका कक्षा ६ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672219379.pdf
23.शिक्षक निर्देशिका विज्ञान तथा प्रविधि कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1708596075.pdf
24.शिक्षक निर्देशिका गणित कक्षा ६
https://www.moecdc.gov.np/storage/gallery/1710653437.pdf
25.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1710844744.pdf
26.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706785534.pdf
27.शिक्षक निर्देशिका - स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला - कक्षा ६
https://www.moecdc.gov.np/storage/gallery/1710044611.pdf
28.शिक्षक निर्देशिका कक्षा - ७ नेपाली (वि.स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693983116.pdf
29.शिक्षक निर्देशिका कक्षा - ७ अंग्रेजी (२०२३)
https://www.moecdc.gov.np/storage/gallery/1694149588.pdf
30.शिक्षक निर्देशिका कक्षा - ७ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693894813.pdf
31.शिक्षक निर्देशिका कक्षा - ७ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1699253074.pdf
32.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति
https://www.moecdc.gov.np/storage/gallery/1706786813.pdf
33.शिक्षक निर्देशिका कक्षा - ९ नेपाली (वि. स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693987006.pdf
34.शिक्षक निर्देशिका कक्षा - ९ अंग्रेजी (पृष्ठपोषण प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1693987506.pdf
35.शिक्षक निर्देशिका कक्षा - ९ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1694063872.pdf
36.शिक्षक निर्देशिका कक्षा - ९ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693821914.pdf
37.शिक्षक निर्देशिका सामाजिक अध्ययन कक्षा ९ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706780789.pdf

www.moecdc.gov.np

14/04/2025

मिति २०८१/१२/३१ गते श्री रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्य बानेश्वरमा बसेको नेपाल शिक्षक महासङ्घको ७७ जिल्ला, ७ प्रदेश र केन्द्रीय आन्दोलन परिचालन समितिको पूर्ण बैठकमा धेरै जसो जिल्ला र प्रदेश अध्यक्ष/संयोजकको सुझावहरु निम्नानुसार रह्यो ।

१.अबको आन्दोलनमा पालिकादेखि लिएर केन्द्रसम्मका महासङ्घ र आबद्ध/संबद्ध घटकका कार्यसमितिका पदाधिकारी र समितिसमेतका सबै र प्रत्येक विद्यालयका प्रधानध्यापक अनिवार्य भोलिदेखि काठमाडौँ उपस्थित हुने र स्थानीय, प्रदेश र केन्द्रले आयोजना गरेको (शिक्षा समितिको बैठकसमेत) मा सहभागी नहुने ।

२. महासंघले तोकेको आन्दोलन परिचालन शुल्क रु. १०० मध्ये रु. ५० जिल्लामा बुझाउनेमध्ये प्रदेशमा बुझाउनु पर्ने भएकाले प्रत्येक पालिकाले पनि जिल्लामा अनिवार्य बुझाउनु पर्ने ।

३. प्रत्येक विद्यालयका कुल शिक्षक, कर्मचारीहरु मध्ये कम्तीमा विशेष परिस्थितिमा बाहेक हाललाई कम्तीमा ६० प्रतिशत अनिवार्य काठमाडौँमा वैशाख २ गतेदेखि उपस्थित हुने ।

४. आम शैक्षिक हडतालको पूर्ण रुपमा पालना गर्ने । गरे नगरेको विशेष टास्कफोर्स गठन गरी निगरानी गर्ने र गोप्य सूचनाका आधारमा अभिलेख तयार गर्ने ।

५. भोलि माग पूरा भएको खण्डमा त्यसको हिस्सेदार सम्पूर्ण शिक्षक, कर्मचारी हुने भएकाले आम शैक्षिक हडताल भनेर आर्थिक, नैतिक र भौतिक रुपमा सहभागी नभई घरमा बसेर रमिता हेर्ने शिक्षक, कर्मचारीहरूका सन्दर्भमा वैशाख २ गतेदेखि
को आन्दोलनमा हाजिरी अभिलेखलाई चुस्त दुरुस्त राख्ने ।

६. महासङ्घ र आबद्ध/सम्बद्ध घटकका पालिकादेखी केन्द्रसम्मका समितिमा रहेका सदस्य तथा पदाधिकारीहरुको सन्दर्भमा वैशाख २ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी नभए त्यस्तो पदबाट तुरुन्त हटाई आन्दोलनमा सहभागी शिक्षकहरुबाट मनोनयन गरिनुपर्ने ।

७. प्रत्येक शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरी SEE कापी परीक्षण केन्द्र र कक्षा १२ को परीक्षा केन्द्रको पूर्ण विवरण माग गरी हाललाई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि शिक्षक तथा प्रधानाध्यापक सहभागी नहुने जानकारी गराउने ।

८. भोलिदेखि आन्दोलनमा सहभागी हुने शिक्षक कर्मचारीहरुले आन्दोलनमा जाँदा महासङ्घको चिनारी बाहेक आफू संबद्ध/घटकको पहिचान खुल्ने गरी टोपी, ज्याकेट तथा भेष्ट लगायतका पोसाक लगाउन नपाउने । सबै सहभागीले विद्यालय पोशाक र परिचय पत्र अनिवार्य लगाउने ।

९. आन्दोलनमा अगाडी आउने र फोटो खिच्ने र आफूलाई भाइरल बनाउन खोज्ने प्रथालाई दुरुत्साहन गर्न महासङ्घले तोकेको स्थानमा मात्र प्रदेशको संयोजकत्वमा जिल्लाहरू क्रमशः आफ्नो व्यानरसहित जिल्ला सहभागी हुने ।

१०. प्रत्येक प्रदेशको समूहमा रहेका जिल्लाहरुले आफ्नो क्षेत्रभित्र बगैंचा, पेटीमा बस्ने शिक्षकहरुलाई बीच सडकमा आउन
स्वयंसेवक परिचालन गर्ने ।

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhading