Tripura Sundari Secondary School

Tripura Sundari Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tripura Sundari Secondary School, School, Jwalamukhi/5 Khari, Dhading.

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित हात्तीखोरमा सञ्चालन हुने २१ दिने राष्ट्रिय सेवा दल (NCC) तालिमका लागि प्रस्थान गर्...
24/09/2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित हात्तीखोरमा सञ्चालन हुने २१ दिने राष्ट्रिय सेवा दल (NCC) तालिमका लागि प्रस्थान गर्न लाग्नुभएका यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, शिक्षक तथा प्रशिक्षक वर्गमा हार्दिक शुभयात्रा तथा सफलताको शुभकामना!
​अनुशासन, नेतृत्व र देशभक्तिको भावना जागृत गराउने यो २१ दिने विशेष तालिमले भाइबहिनीहरूको व्यक्तित्व विकासमा नयाँ आयाम थप्नेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ।
विद्यालय परिवार

23/09/2026

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३/०६/०७ को पत्रानुसार र ज्वालामुखी गाउँपालिकाकाे निर्णय अनुसार, असोज ८-१२ गते सम्म नेपालका विभिन्न स्थानमा अति भारी वर्षा, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेकोले बाढी, पहिरो, डुबान, नदी कटान र सडक अवरोधलगायतका जोखिमबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयको निर्देशानुसार असाेज ८र ९ गते विद्यालय विदा हुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

साथै विद्यार्थी भाइबहिनी, अभिभावक, शिक्षक , कर्मचारी सम्पुर्णमा विपदको घडीमा सुरक्षित रहनुहुन अनुरोध गर्दछौं ।।
पुनश्च: नियमित सन्चालन हुँदै आएको साप्ताहिक शनिबारको परिक्षा पनि बन्द हुने जानकारी गर्दछौं ।।

यस त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका अत्यन्तै अनुशासित, लगनशील एवं जेहन्दार  छात्रा- ज्योति श्रेष्ठ - (कक्षा १०) छात्...
18/09/2026

यस त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका अत्यन्तै अनुशासित, लगनशील एवं जेहन्दार
छात्रा- ज्योति श्रेष्ठ - (कक्षा १०)
छात्रा- सुस्मा सुनार- (कक्षा ८),
छात्र - रेमन सुनार- (कक्षा ६) लाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति,उज्ज्वल भविष्य तथा आगामी दिनहरूमा शैक्षिक एवं व्यक्तित्व विकासमा उच्च सफलताको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

— विद्यालय परिवार 🏫

आज भदौ २५ (सेप्टेम्बर १०) 'विश्व आत्महत्या रोकथाम दिवस'को अवसरमा विद्यालय नर्स बन्दना चौधरी ज्यू द्वारा विद्यार्थीहरूका ...
10/09/2026

आज भदौ २५ (सेप्टेम्बर १०)
'विश्व आत्महत्या रोकथाम दिवस'को अवसरमा विद्यालय नर्स बन्दना चौधरी ज्यू द्वारा विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र अफ्ट्यारो परिस्थितिमा सहयोग कसरी लिने भन्ने विषयमा केन्द्रित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बिदाको दिन पनि रोकिँदैन सपना पछ्याउने यात्रा! आजको मेहेनत र अनुशासन नै भोलिको सफलताको आधार हो। - साप्ताहिक परिक्षा-२०८३
05/09/2026

बिदाको दिन पनि रोकिँदैन सपना पछ्याउने यात्रा! आजको मेहेनत र अनुशासन नै भोलिको सफलताको आधार हो।
- साप्ताहिक परिक्षा-२०८३

मिति :२०८३/०५/११ गते वि.व्य.स, शिक्षक अभिभावक सँग, विद्यालय प्रशासन र कक्षा ८,९,१० का अभिभावक बिच अतिरिक्त कक्षा र सुधार...
29/08/2026

मिति :२०८३/०५/११ गते
वि.व्य.स, शिक्षक अभिभावक सँग, विद्यालय प्रशासन र कक्षा ८,९,१० का अभिभावक बिच अतिरिक्त कक्षा र सुधारात्मक परिक्षा सम्बन्धि छलफल कार्यक्रम ..

🙏हार्दिक अपिल 🙏हाम्रो त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय ज्वालामुखी-५ खरी धादिङ की पूर्व शिक्षिका श्रीमती रुपा धमला अधिक...
24/08/2026

🙏हार्दिक अपिल 🙏

हाम्रो त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय ज्वालामुखी-५ खरी धादिङ की पूर्व शिक्षिका श्रीमती रुपा धमला अधिकारीज्यू हाल क्यान्सर रोगबाट पीडित भई बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत हुनुहुन्छ।
क्यान्सरजस्तो गम्भीर रोगको उपचार अत्यन्तै खर्चिलो र लामो हुने भएकाले परिवारलाई उपचार खर्च जुटाउन निकै कठिन भइरहेको छ। यस दुखद् परिस्थितिमा उहाँको जीवन बचाउनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घ, सम्पूर्ण शिक्षक-शिक्षिका, विद्यार्थी, भूतपूर्व विद्यार्थी तथा अभिभावकज्यूहरूमा सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईँको सानो सहयोगले उहाँको उपचारमा ठूलो राहत पुग्नेछ र नयाँ जीवनको आशा जगाउनेछ।
बैंक खाता विवरण (Bank Details):
खातावालाको नाम: RUPA DHAMALA DHAMALA ADHIKARI
बैंकको नाम: Laxmi Sunrise Bank
खाता नम्बर: 01020134906

यस विद्यालयकाे शिक्षक अभिभावक संघका अध्यक्ष आदरणिय निराजन भण्डारी ज्यूलाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वास्थ्...
21/08/2026

यस विद्यालयकाे शिक्षक अभिभावक संघका अध्यक्ष आदरणिय निराजन भण्डारी ज्यूलाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य तथा आगामी दिनहरूमा व्यक्तित्व विकासमा उच्च सफलताको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
— विद्यालय परिवार

यस त्रिपुरा सुन्दरी मा.वि., कक्षा-९ मा अध्ययनरत अत्यन्तै अनुशासित, लगनशील एवं जेहन्दार छात्र रिदम लम्साल लाई आज पर्न गएक...
21/08/2026

यस त्रिपुरा सुन्दरी मा.वि., कक्षा-९ मा अध्ययनरत अत्यन्तै अनुशासित, लगनशील एवं जेहन्दार छात्र रिदम लम्साल लाई आज पर्न गएको जन्मदिनको पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु, उज्ज्वल भविष्य तथा आगामी दिनहरूमा शैक्षिक एवं व्यक्तित्व विकासमा उच्च सफलताको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
— विद्यालय परिवार

Address

Jwalamukhi/5 Khari
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Tripura Sundari Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category