श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ

श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ

Share

Pattalini Basic School, Classes are taught here from ECD to Class Eight, established in 2041 BS.

Photos from श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ's post 18/07/2026

#हार्दिक_धन्यवाद_तथा_आभार
यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएका सम्पूर्ण सहयोगी महानुभावहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

यसै क्रममा गजुरीकी चेली श्री #पूजा_श्रेष्ठज्यूबाट विद्यालयलाई रु. ५,००० (पाँच हजार) आर्थिक सहयोग प्राप्त भएको छ।

त्यसैगरी गजुरीकी चेली, हाल इजरायललाई कर्मभूमि बनाइरहनुभएकी एक सहयोगी दाता श्री #निर्मला_पाठक ज्यूबाट विद्यालयलाई रु. १०,००० (दश हजार) आर्थिक सहयोग प्राप्त भएको छ। उहाँले यसअघि पनि वि.सं. २०८१ सालमा रु. १०,००० सहयोग प्रदान गर्नुभएको थियो। उहाँको यस निरन्तर सहयोगप्रति विद्यालय परिवार विशेष कृतज्ञता व्यक्त गर्दछ।

यसअघि विभिन्न दाताहरूबाट प्राप्त सहयोग रकमलाई सङ्कलन गरी १५० जना विद्यार्थीका लागि विद्यालय ब्याग, बालकक्षाका लागि लो-बेड, विद्यालयको किचनका आवश्यक सामग्रीहरू खरिद, साथै विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप ट्रफी तथा पुरस्कार वितरण जस्ता कार्यहरू सम्पन्न गरिएको थियो।

हाल प्राप्त भएको आर्थिक सहयोग तथा आगामी दिनहरूमा प्राप्त हुने यस्तै सहयोग रकमहरूलाई पनि पारदर्शी रूपमा सङ्कलन गरी विद्यालयको शैक्षिक, भौतिक तथा विद्यार्थी हितका कार्यक्रमहरूमा सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दछौं।

विद्यालयप्रति देखाउनुभएको आत्मीयता, विश्वास र उदार सहयोगका लागि सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव निरन्तर प्राप्त हुने विश्वास लिएका छौं।

श्री पत्तालिनी आधारभूत विद्यालय परिवार
गजुरी–१, आधामारा, धादिङ

08/07/2026

गजुरी गाउँपालिका स्तरीय
प्रथम त्रैमासिक परीक्षा सञ्चालन
२०८३ आसार २४

पत्तालिनी आधारभूत विद्यालय

Album 2083 All In One 06/07/2026

जन्म दिनको शुभकामना दिप्सन

रू११५५ का दरले जम्मा रु २३१० सहयोग प्राप्त

01/07/2026

#हार्दिक_धन्यवाद🙏

Photos from श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ's post 01/07/2026

#हार्दिक_धन्यवाद
श्री पत्तालिनी आधारभूत विद्यालय, गजुरी–१, आधामारा, धादिङका तर्फबाट गजुरी निवासी सुनचाँदी व्यवसायी श्री #किसन_सुनार ज्यू तथा उहाँकी धर्मपत्नी श्रीमती #सीता_सुनारज्यूलाई कान्छो सुपुत्र #निसान_सुनारको जन्मदिनको पावन अवसर (असार १७ गते) मा विद्यालयलाई रु. ११,५०० बराबरका ५ वटा तथा विद्यालयको अक्षयकोषमा रु. ३,००० सहयोग प्रदान गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

उहाँहरूको यस उदार सहयोगले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ निसान बाबुलाई सुखद, स्वस्थ, सफल र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Photos from श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ's post 29/06/2026

यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गजुरीकी चेली श्री दिब्या श्रेष्ठज्यूले विद्यालयलाई रु. २,५००/- सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

उहाँको सहयोग रकमबाट विद्यालयमा थप सीसी क्यामेरा जडान गरिएको छ। यसअघि पनि उहाँकी दिदी श्री रजनी श्रेष्ठज्यूले विद्यालयलाई रु. ५,०००/- सहयोग प्रदान गर्नुभएको थियो।

उहाँहरूको अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं। 🙏
श्री पत्तालिनी आधारभूत विद्यालय गजुरी -१, आधामारा, धादिङ

29/06/2026

हार्दिक धन्यवाद तथा जन्मदिनको शुभकामना
श्री पत्तालिनी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक श्री #गोमा_तामाङ म्यामले आफ्नो जन्मदिनको पावन अवसरमा (जन्मदिन: असार १५ गते) विद्यालयको अक्षयकोषमा रु. ५,०००/- सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

तपाईंको यो उदार सहयोगले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। जन्मदिनको यस शुभ अवसरमा तपाईंको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर उन्नति–प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। भगवानले सधैं तपाईंको रक्षा गरून् र जीवन सफलताले भरिपूर्ण बनाओस्। 🎉🙏🌺

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dhading

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00