05/06/2026
नेत्रावती डबजोङ गाउँपालिका वडा नंं ३ मा अवस्थित चौतारा माध्यमिक विद्यालयमा मा. वि राहत दरबन्दीमा लामो समय देखि अंग्रेजी विषय अध्यापन गर्दै आउनुभएका आदरणिय गुरु भेष बहादुर अधिकारीको असामयिक निधन भएको खबर सुन्दा मर्माहत र स्तव्ध भएका छौ । यस दुखद घडीमा परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् ।।।।
शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं।।।।
(प्रधानाध्यापक)
तथा
विद्यालय परिवार
कन्यादेवी आधारभूत विद्यालय
नेत्रावती डबजोङ-४,सेल्ले,धादिङ
26/05/2026
हाम्रो विद्यालयमा इजरायल का नागरिक माया ज्यू ले एक हप्ता सम्म लगातार उपस्थित भइ विद्यालयका अतिरिक्त क्रियाकलाप र पठनपाठनमा समेत शिक्षक तथा विद्यार्थीहरुसङ्ग रमाइलो वातावरणमा सक्रिय रुपमा सहयोग गर्नु भएकोमा उहाँ प्रति यस विद्यालय परिवार हार्दिक कृतज्ञता का साथ बिदाइ गरियो ।🙏🙏
22/05/2026
आज मिति २०८३/०२/०८ गतेका दिन यस कन्यादेवी आ.वि.मा बालक्लबका पदाधिकारी चयन र सदन विभाजन गरियो ।
05/05/2026
आज मिति २०८३/०१/२२ गतेका यस कन्यादेवी आ.वि.मा शिक्षा ,युवा तथा खेलकुद शाखाको प्रमुख श्री शुसिला ङयाङजाेको संयोजकत्व र अभिभावकहरुको आम भेला बाट वि.व्य.स.को गठन गरियो ।
27/04/2026
सम्पुर्ण आदरणीय अभिभावक ज्यू हरु आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षाको लागि कन्यादेवी आधारभूत विद्यालयमा समयमा नै भर्ना गर्नको लागि आउनुहोला ।🙏🙏🙏
10/04/2026
शैक्षिक सत्र २०८२ को वार्षिक परिक्षाको नतिजा प्रकाशन तपशिल रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
23/01/2026
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबैमा हार्दिक शुभ कामना ।
22/01/2026
हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏🙏
यही माघ ९ गते यस विद्यालय श्री कन्यादेवी आ.वि मा बसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा अक्षर आरम्भ तथा ECD कक्षामा भर्ना कार्यक्रम रहेको हुँदा हाम्रो विद्यालयको सेवा क्षेत्र भित्रका तथा इच्छुक सम्पुर्ण अभिभावकज्युहरुलाई आफ्नो नानी बाबुहरु साथमा लिएर पूजामा सहभागिता जनाइ प्रसाद ग्रहण गरि विद्यालयलाई सहयोग पुर्याइदिनुहुन सम्पुर्णमा विद्यालय परिवार हार्दिक निमन्त्रणा गर्दछौँ |
कन्यादेवी आ. वि नेत्रावती डबजोङ -४ सेल्ले धादिङ।।