Rising Star English Boarding School

Rising Star English Boarding School

Share

Benighat Rorang-7, Charaundi,Dhading

Photos from Rising Star English Boarding School 's post 17/03/2026

आधारभूत तह कक्षा ८ (BLE) परीक्षामा सहभागी राइजिङ स्टारका सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक शुभकामना। ✍️📚

तपाईंहरूले अहिलेसम्म गरेको मेहनत, अध्ययन र अभ्यासको राम्रो परिणाम आउन सकोस् भन्ने कामना गर्दछौं। परीक्षा भनेको आफ्नो ज्ञान र क्षमताको परीक्षण गर्ने एउटा अवसर मात्र हो, त्यसैले आत्मविश्वासका साथ शान्त मनले परीक्षा दिनुहोस्।

तपाईंहरूको उज्ज्वल भविष्यको लागि विद्यालय परिवार सधैं साथमा छ।
सबैलाई सफलताको हार्दिक शुभकामना।

राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल
चरौदी, धादिङ

08/03/2026

सूचना!
आदरणीय अभिभावकज्यूहरू,
प्रिय विद्यार्थी भाइबहिनीहरू तथा
सम्पूर्ण शिक्षक तथा कर्मचारी मित्रहरूमा सादर नमस्कार।
फागुन २० गतेदेखि परेको लामो निर्वाचन बिदापछि भोलिदेखि (फागुन २५ गते) हाम्रो विद्यालयको नियमित शिक्षण–सिकाइ गतिविधिहरू पुनः सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीहरूको उत्साहजनक तथा शतप्रतिशत उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
विद्यालय खुलेको पहिलो दिन खासै प्रभावकारी शिक्षण–सिकाइ हुँदैन भन्ने मानसिकता नराखी आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं।
विद्यालय परिवार यहाँहरूको पूर्ण सहयोग र साथ रहनेमा विश्वस्त छ।
धन्यवाद!
राइजिङ स्टार स्कुल
विद्यालय प्रशासन

Photos from Rising Star English Boarding School 's post 02/03/2026

Happy Holi PG and Nursery students
📸 Kalpana Rijal miss

Photos from Rising Star English Boarding School 's post 02/03/2026

आज फागुन १८ गत्ते ,राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका पूर्व विद्यार्थी ( हाम्रा आदरणीय अभिभावक तथा यस विद्यालयका फाउन्डर अनि प्रीन्सीपल टिका थपलियाज्यु तथा श्रीमती अप्सरा थपलियाज्युका सुपुत्र) श्री रोजल थपलियाज्युले यसै विद्यालयद्वारा स्थापना गरिएको "राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष " मा रु १५५०अक्षेरुपी एक हजार पाँच सय पचास आर्थिक सहयोग गर्नु भएको छ। विद्यालय परिवार उहाँको यो अमूल्य योगदान प्रति हार्दिक आभार प्रकट गर्दै उहाँको सुस्वास्थ्य एवम् प्रगतिको कामना सहित शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Rising Star English Boarding School

Photos from Rising Star English Boarding School 's post 28/02/2026

आज फागुन १५ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School का कोषाध्यक्ष आदरणीय श्री होमनाथ थपलिया ( हाम्रा आदरणीय अभिभावक पनि हुनुहुन्छ पुर्व विद्यार्थीहरु आशिष थपलिया तथा आशिका थपलियाका बुवा)ज्यूले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा रु. १,१५५ (अक्षरूपी एक हजार एक सय पचपन्न रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
संस्थागत जिम्मेवारीसँगै सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अत्यन्त प्रेरणादायी र अनुकरणीय कार्य हो। यस्तो सकारात्मक कदमले विद्यालय परिवार तथा विद्यार्थीहरूमा समेत उदाहरणीय सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, सफल कार्यजीवन, निरन्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

27/02/2026

आज फागुन १५ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School की आदरणीय सहकर्मी म्याम ममता कडेल ज्यूले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा रु. १,०५५ (अक्षरूपी एक हजार पचपन्न रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
शिक्षण सेवासँगै सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अत्यन्त प्रेरणादायी र अनुकरणीय कार्य हो। यस्तो सकारात्मक कदमले विद्यालय परिवार तथा विद्यार्थीहरूमा समेत उदाहरणीय सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, सफल कार्यजीवन, निरन्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

Photos from Rising Star English Boarding School 's post 27/02/2026

आज फागुन १५ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School को LKG मा अध्ययनरत अत्यन्तै जेहेन्दार, अनुशासित तथा प्रतिभाशाली विद्यार्थी सुश्री समयुक्ता श्रेष्ठ (आदरणीय अभिभावक श्री मिलन श्रेष्ठज्यू तथा ममी श्रीमती सङ्गिता थपलियाज्यूकी सुपुत्री) ले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा रु. १,११५ (अक्षरूपी एक हजार एक सय पन्ध्र रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
सानै उमेरदेखि सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अनुकरणीय कार्य हो। यस्तो प्रेरणादायी कदमले अन्य विद्यार्थीहरूमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास विद्यालय परिवारले लिएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफल जीवनको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

25/02/2026

आज फागुन १३ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School को कक्षा UKG मा अध्ययनरत मिहेनती तथा इमानदार विद्यार्थी श्री निराजन थपलियाज्यु (आदरणीय सहकर्मी शिक्षिका निरन्जना सिलवालज्यु तथा पुर्व सहकर्मी शिक्षक श्री नवीन थपलिया ज्युका सुपुत्र) ले आफ्नो शुभ जन्मदिनको अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा फेरि पनि रु. १,००५ (अक्षरूपी एक हजार पाँच रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अनुकरणीय तथा प्रेरणादायी कार्य हो। यस्तो सकारात्मक पहलले अन्य विद्यार्थीहरूमा पनि सहयोग र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास विद्यालय परिवारले लिएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफल जीवनको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

Photos from Rising Star English Boarding School 's post 22/02/2026

Cosmos Educational Training and Research Center ले आयोजना गरेको Province Level Handwriting Competition मा सहभागी भई उत्कृष्ट १८० जनाबाट सान्त्वना पुरस्कार प्राप्त गर्न सफल कक्षा ४ का विद्यार्थी Riyan Gurung सहित सम्पूर्ण सहभागी तथा पदक विजेता विद्यार्थीहरूलाई हाम्रो विद्यालय परिवार हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।तपाईंहरूको मिहिनेत, लगनशीलता र आत्मविश्वासले विद्यालयको नाम गौरवान्वित बनाएको छ।आगामी दिनहरूमा अझै उच्च सफलता हासिल गर्दै अघि बढ्न सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। 🌟

Photos from Rising Star English Boarding School 's post 19/02/2026

आज फागुन ७ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School को कक्षा ९ मा अध्ययनरत मिहेनती तथा इमानदार विद्यार्थी श्री नवीन श्रेष्ठज्यु (आदरणीय अभिभावक श्री रोशन श्रेष्ठज्यु तथा श्रीमती लक्ष्मी श्रेष्ठज्युका सुपुत्र) ले आफ्नो शुभ जन्मदिनको अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा फेरि पनि रु. २५२५ (अक्षरूपी दुई हजार पाँच सय पच्चीस रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अनुकरणीय तथा प्रेरणादायी कार्य हो। यस्तो सकारात्मक पहलले अन्य विद्यार्थीहरूमा पनि सहयोग र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास विद्यालय परिवारले लिएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफल जीवनको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

18/02/2026

With 6 Girls of class 7

Photos from Rising Star English Boarding School 's post 16/02/2026

आज फागुन ४ गतेका दिन, हाम्रो विद्यालय Rising Star English Boarding School को कक्षा १० मा अध्ययनरत विद्यार्थी श्री अविनय थपलियाज्यु (आदरणीय अभिभावक श्री गोपि प्रसाद थपलियाज्यु तथा श्रीमती नानीमाया पाठकज्युका सुपुत्र) ले आफ्नो शुभ जन्मदिनको अवसरमा विद्यालयद्वारा स्थापित “राइजिङ स्टार जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा रु. १०२५ (अक्षरूपी एक हजार पच्चीस रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै अक्षयकोषमा योगदान गर्नु उहाँको अनुकरणीय तथा प्रेरणादायी कार्य हो। यस्तो सकारात्मक पहलले अन्य विद्यार्थीहरूमा पनि सहयोग र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास विद्यालय परिवारले लिएको छ।
विद्यालय परिवार उहाँको यस अमूल्य सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफल जीवनको कामना सहित शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🎉🎂
— विद्यालय परिवार
Rising Star English Boarding School

Want your school to be the top-listed School/college in Dhading?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Benighat Rorang-7, Charaundi
Dhading
441100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00