14/08/2026
यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्ष्मी दवाडी, स्मारिका खुलाल मगर र दिपेन्द्र थापा मगरलाई जन्मोत्सवको अवसरमा सुख, शान्ती, समृद्धि र उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौँ ।
विद्यालय परिवार !!!
14/08/2026
समय सकिनै लाग्यो, योग्यता पुगेका र सामुदायिक विद्यालयमा अध्यापन गराउन इच्छुक कोहि हुनुहुन्छ भने सिधै सम्पर्क गर्नुहोला !
9841814497
10/08/2026
Libraries are essential for developing knowledge, improving reading habits, and fostering lifelong learning.
08/08/2026
गत वार्षिक परीक्षामा १ विषय मात्र अनुत्तीर्ण विद्यार्थीहरुको मौका परीक्षा कार्यक्रमको परीक्षा केन्द्र सम्बन्धी सूचना ।
07/08/2026
आदरणीय अभिभावकज्यूहरू,
प्रिय विद्यार्थी भाइबहिनीहरू,
बर्खे विदाको विश्राम अब अन्त्यतिर पुगेको छ । विदाले हामीलाई थकान मेटाउने, परिवारसँग आत्मीय समय बिताउने, आफ्ना रुचि र सिर्जनात्मक क्षमताहरूलाई उजागर गर्ने सुनौलो अवसर प्रदान गरेको छ । अब यही सकारात्मक ऊर्जा, नयाँ उत्साह र दृढ संकल्पका साथ पुनः ज्ञान, अनुशासन र सफलताको यात्रामा अघि बढ्ने समय आएको छ ।
प्रिय विद्यार्थीहरू,
जीवनमा सफलता संयोगले होइन, निरन्तर प्रयास, मेहनत, अनुशासन र सकारात्मक सोचले प्राप्त हुन्छ । विद्यालय केवल पाठ्यपुस्तक पढ्ने ठाउँ मात्र होइन, आफ्ना सपना पहिचान गर्ने, प्रतिभा विकास गर्ने, असल संस्कार सिक्ने र भविष्य निर्माण गर्ने पवित्र थलो हो । त्यसैले विद्यालय फर्कँदा केवल झोला र किताब मात्र होइन, ठूलो सपना, सिक्ने चाहना र उत्कृष्ट बन्ने प्रतिबद्धता पनि लिएर आउनुहोस् ।
समय अमूल्य छ । बितेको समय कहिल्यै फर्केर आउँदैन, तर सदुपयोग गरिएको प्रत्येक क्षणले भविष्यलाई उज्यालो बनाउन सक्छ । नियमित अध्ययन, शिक्षकप्रति सम्मान, साथीहरूसँग सहकार्य, असल व्यवहार र अनुशासनलाई जीवनको आधार बनाउनुहोस् ।
आदरणीय अभिभावकज्यूहरू,
बालबालिकाको सफलताको यात्रामा विद्यालय र अभिभावक दुई महत्वपूर्ण पाङ्ग्रा हुन् । आफ्ना नानीबाबुहरूको पढाइ, व्यवहार, रुचि र भावनालाई बुझ्दै निरन्तर हौसला, प्रेरणा र मार्गदर्शन प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । तपाईंहरूको विश्वास, साथ र सहयोगले नै हामीलाई अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न ऊर्जा प्रदान गर्दछ ।
अबको यात्रा नयाँ लक्ष्य, नयाँ अवसर र नयाँ उपलब्धिको यात्रा हो । आउनुहोस्, हामी सबै मिलेर हाम्रा बालबालिकाको सपनालाई वास्तविकतामा बदल्ने अभियानमा एकताबद्ध बनौँ ।
“आजको मेहनत नै भोलिको सफलता हो, आजको अनुशासन नै भोलिको उज्ज्वल भविष्य हो ।”
विदाबाट फर्कने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफल, सिर्जनशील र उपलब्धिमूलक शैक्षिक यात्राको हार्दिक शुभकामना !!!
• विद्यालय परिवार !
01/08/2026
विद्यालयमा खानेपानीको व्यवस्थापनका लागि वि. व्य. स. का केही पदाधिकारीहरु र केही शिक्षकहरुद्वारा आज श्रमदान प्राप्त भयो । विद्यालय परिवारको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । धन्यवाद !
• विद्यालय परिवार !!!
31/07/2026
भर्नाको लागि समय थप भएको छ, केहि सिटहरु अझै बाँकी छन् । सम्पर्क गर्न सक्नुहुनेछ ।
29/07/2026
यस अन्नपूर्ण माध्यमिक विद्यालयको सवारी चालक आदरणीय गोपाल बहादुर सारु मगरको ममतामयी माता रुन्ची सारु मगरको यहि मिति : २०८३/०४/०८ गते भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौँ, दिवंगत आत्माको बैकुण्ठवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
- विद्यालय परिवार
29/07/2026
आज गुरु पूर्णिमाको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आशीर्वाद प्रदान गर्दै वर्खे विदाको लागि तोकिएको परियोजना कार्यहरुको सहजीकरण तथा अभिलेख राख्ने कार्य सम्पन्न गरियो ।
28/07/2026
आदरणीय अभिभावक ज्यूहरु !
विद्यार्थी भाइबैनीहरु !
आदरणीय शिक्षकज्यूहरु !
विद्यालयको पूर्व निर्धारित कार्यक्रम अनुसार तपसिल बमोजिमको मिति, समय र स्थानमा शैक्षिक सत्र २०८३ को वर्खे विदामा विद्यार्थीहरुका लागि प्रदान गरिएको परियोजनात्मक कार्य लगायत गृहकार्यहरुको सहजीकरण तथा अभिलेखीकरण कार्यक्रमको आयोजना गरिएको हुनाले आफ्ना नानी बाबुहरुलाई अनिवार्य उपस्थित गराइदिनुहुन र सम्पूर्ण शिक्षकज्यूहरुलाई उपस्थितिका लागि हार्दिक अपील गर्दछौँ ।
तपसिल :
मिति : २०८३/०४/१३ गते
समय : बिहान - ०८:०० बजे
स्थान : अन्नपूर्ण मा. वि., ज्वालामुखी ५ खरी धादिङ ।