Saraswoti Children Park School-Gyankuti

Saraswoti Children Park School-Gyankuti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswoti Children Park School-Gyankuti, School, Thakre-11, Mahadevbeshi, Dhading.

Word Meaning Contest मा सोधिएका प्रश्नहरु मध्ये सबै भन्दा धेरै शब्दहरुको अर्थ भनेर सबै भन्दा धेरै अंक प्राप्त गर्न सफल भ...
10/06/2024

Word Meaning Contest मा सोधिएका प्रश्नहरु मध्ये सबै भन्दा धेरै शब्दहरुको अर्थ भनेर सबै भन्दा धेरै अंक प्राप्त गर्न सफल भाईबहिनीहरुलाई बधाई।

विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा हामी लागीपरिरहनेछौँ। हिजो सम्पन्न भएको निर्वाचनको आज मतगणना सम्पन्न भएको छ। बिजय...
30/04/2024

विद्यार्थीको समग्र व्यक्तित्व निर्माणमा हामी लागीपरिरहनेछौँ।

हिजो सम्पन्न भएको निर्वाचनको आज मतगणना सम्पन्न भएको छ। बिजयी विद्यार्थी भाईबहिनिहरुमा नयाँ जिम्मेवारी थपिएको छ। शैक्षिक गुणस्तर, अनुशासन, संस्कार, खेलकुद, विज्ञान तथा प्रबृधि, अतिरिक्त तथा सहकृयाकलाप, अनि सामाजिक वातावरण सुद्दृढ राख्नको लागि कार्यक्रम तर्जुमा गरेर उक्त कार्यक्रमलाई लागू गराउन सकेसम्मको जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ। सिकाईको गुणस्तर वृद्धि गर्ने यहाँहरुको हरेक जायज कार्यक्रममा विद्यालय प्रशासन आफुले सकेको साथ दिन र असल बाटो देखाउन सदा तत्पर रहनेछ।

यो दोस्रो निर्वाचन हो हाम्रो विद्यालयमा। यो बर्ष हामीसँग मिनि पार्लियामेन्ट संचालन गर्ने हल पनि तयार भईसकेकोले हाम्रो एकेडेमिक तथा एक्टिभिटी क्यालेण्डर अनुसार नै सबै सेसनहरु संचालन हुने पनि जानकारी गराउँछौँ।

विद्यालय स्तरिय मिनि-पार्लियामेन्ट - २०८१ को लागि आफ्ना प्रतिनिधिहरु छान्दै विद्यार्थीहरु आज विद्यालयमा।
29/04/2024

विद्यालय स्तरिय मिनि-पार्लियामेन्ट - २०८१ को लागि आफ्ना प्रतिनिधिहरु छान्दै विद्यार्थीहरु आज विद्यालयमा।

22/04/2024

सूचना ! सूचना !! सूचना !!!

कक्षा नर्सरी देखि कक्षा ५ सम्मको लागि नयाँ विद्यार्थी भर्ना बन्द गरिएको जानकारी गराइन्छ।

धन्यवाद।

10/04/2024

नमस्कार।

हाम्रो विद्यालयको लागि एक जना Early Childhood Educator को आवस्यक परेकोले अंग्रेजी तथा नेपाली भाषामा आत्मविस्वास भएको र सिक्न खोज्ने वानी भएको व्यक्तिले लिखित परीक्षाको लागि सम्पर्क गर्नुहोला।

द्रष्टव्य: स्थानिय महिलालाई विशेष प्राथमिकता दिईनेछ।

यो शैक्षिक सत्र देखि निम्नानुसारका थप सेवाहरुका साथ कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुल्यो: थप सेवाहरु: १) अडियो भि...
10/04/2024

यो शैक्षिक सत्र देखि निम्नानुसारका थप सेवाहरुका साथ कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुल्यो:

थप सेवाहरु:

१) अडियो भिज्युअल सहितका कक्षाहरु
२) विज्ञान प्रयोगशाला
३) मार्षल आर्ट
४) अंग्रेजी भाषामा विशेष दख्खल भएको मानव संसाधन
५) नेपाली भाषा कला
६) बास्केटबल
७) फुटबल ट्रेनिङ
८) टेबल टेनिस

द्रष्टव्य: प्रबेश परीक्षा बैशाख ६ गते।

हामीलाई सबै भन्दा मन पर्ने भनाइ:The more you learn, the more you realize how much you don’t know.” – Albert Einstein"जति...
09/04/2024

हामीलाई सबै भन्दा मन पर्ने भनाइ:

The more you learn, the more you realize how much you don’t know.” – Albert Einstein

"जति धेरै सिक्दै जान्नुहुन्छ, त्यति नै थाहा पाउनुहुन्छ कि तपाईलाई कति धेरै थाहा छैन।" - अल्बर्ट आइन्स्टाइन

संस्थासँग गरेको संझौता इमान्दारीपूर्वक पूरा गरेर हामीवाट भौतिक रुपमा विदा भएर गए पनि संझिरहनेछौँ। आ-आफ्नो भविस्य उज्वल प...
08/04/2024

संस्थासँग गरेको संझौता इमान्दारीपूर्वक पूरा गरेर हामीवाट भौतिक रुपमा विदा भएर गए पनि संझिरहनेछौँ।

आ-आफ्नो भविस्य उज्वल पार्नको लागि आफ्नो स्थानबाट टाढा जादैहुनुहुन्छ। सबैलाई उज्वल भविस्य र प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

आफुले प्रतिज्ञा गरे अनुसार आफुले सकेसम्म मिहनेत गर्दै विद्यार्थीलाई केही सिकाउन सफल हुनुभएकोमा धन्यवाद र बधाई पनि दिन चाहन्छौँ।

SCP परिवारमा स्वागत छ यहाँहरुलाई। हाम्रो विद्यालयले भाषा (अंग्रेजी र नेपाली) को कलालाई सुधार्नको लागि हर संभव प्रयास गरि...
08/04/2024

SCP परिवारमा स्वागत छ यहाँहरुलाई। हाम्रो विद्यालयले भाषा (अंग्रेजी र नेपाली) को कलालाई सुधार्नको लागि हर संभव प्रयास गरिरहेको छ।

प्राथमिक स्तर र माध्यमिक स्तरको अंग्रेजी भाषाको लागि यहाँहरुलाई अनुबन्धित गर्न पाउँदा खुशी लागेको छ। पश्चिम बंगाल विस्वविद्यालयबाट स्नातकोत्तर गरेर बर्षौँको अनुभवबाट खारिएको अंग्रेजी भाषाको कलाबाट विद्यार्थीहरुले भर मग्दुर फाइदा लिन सक्नेछन् भन्ने पूर्ण विस्वास छ।

05/04/2024

यस विद्यालयको लागि एक जना क्यासियरको तुरुन्त आवस्यक परेकोले योग्य व्यक्ति (सामान्य लेखाको ज्ञान भएको र Ms Excel मा काम गर्न सक्ने) ले विद्यालयको कार्यालयमा सम्पर्क गर्नुहोला।

नोट: विद्यालयको Accounting Software को छुट्टै तालिम दिईनेछ।

03/04/2024

तपाईको बच्चाले आफ्नो बिचारलाई कसरी प्रस्तुत गर्छ भन्ने कुराले ठूलो अर्थ राख्छ उसको वास्तविक जीवनमा। त्यस्तै गरेर कल्पना गर्ने क्षमतामा अथवा सृजना गर्ने क्षमतामा कति प्रगती भएको छ भन्ने कुराले मानसिक विकासको मापन गर्छ।

कल्पनाशीलता र सिर्जनशिलता बेगरको शिक्षा त्यत्ती धेरै अर्थपूर्ण हुदैन।

हामी पाठ्यपुस्तकको अध्ययनको साथै कल्पना गर्ने तथा सृजना गर्ने क्षमताको विकास गर्ने तालिम पनि सँगसंगै लिएर गईरहेका छौँ।

यो किसिमको मंचले विद्यार्थीमा ठूलो आत्मविस्वास पैदा गर्ने काम गरेको छ। आत्मविस्वासी मान्छेले नै प्रगती गर्ने हो वास्तविक जीवनमा।

सोचौँ, विचारौँ।

हाम्रा नानिबाबुहरु होली शुरु हुनु भन्दा अगाडीको शून्य समयमा प्रेरणादायी चलचित्र 12th Fail हेर्दै।
24/03/2024

हाम्रा नानिबाबुहरु होली शुरु हुनु भन्दा अगाडीको शून्य समयमा प्रेरणादायी चलचित्र 12th Fail हेर्दै।

Address

Thakre-11, Mahadevbeshi
Dhading

Telephone

+97710415090

Website

Alerts

Be the first to know and let us send you an email when Saraswoti Children Park School-Gyankuti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category