01/06/2026
कक्षा ११ को विद्यार्थी भर्ना सम्बन्धि सूचना ।
to provide information to the guardians,stakeholders and students .
01/06/2026
कक्षा ११ को विद्यार्थी भर्ना सम्बन्धि सूचना ।
31/05/2026
मिति २०८३/०२/०८ गते अपरान्ह ४:३० बजेतिर आएकाे हावाहुरीले यस श्री लटिनाथ मा . वि . रस्कोटको ब्लक 'H' को छाना र आठ कोठे भवनको जिना घर उडाएकाेमा आज मिति २०८३/०२/१७ गते ब्लक 'H' को मर्मत कार्य गरिएको छ । यस महत्वपूर्ण कार्यका लागि मार्मा गाउँपालिका लटिनाथ दार्चुला, वडा न. ३ का वडा अध्यक्षज्यू लगायत सहयोगी सबैलाई विशेष धन्यवाद व्यक्त गर्दछौं ।
- विद्यालय परिवार
22/05/2026
आज मिति २०८३/०२/०८ गते अपरान्ह ४:३० बजेतिर आएकाे हावाहुरीले यस श्री लटिनाथ मा . वि . रस्कोटको ब्लक 'H' को छाना र आठ कोठे भवनको जिना घर उडाएकाे छ ।
22/05/2026
शै. स .२०८२ सालको पालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) मा यस विद्यालयबाट सहभागी छात्राहरू मध्येबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल जेहेन्दार छात्रा मनिसा ठगुन्नालाई लक्ष्मी सनराइज बैंक लिमिटेड, शाखा मार्मा (लटिनाथ) द्वारा रु. १५,०००/- (अक्षरेपी पन्ध्र हजार रुपैयाँ मात्र) को छात्रवृत्ति रकम (चेक) हस्तान्तरण गरिएको सुखद अवसरमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं।
विद्यार्थीहरूको उज्ज्वल भविष्य र मनोबल बढाउनका लागि यस्तो प्रशंसनीय कार्य गरिदिएकोमा लक्ष्मी सनराइज बैंक लिमिटेड, मार्मा शाखा परिवारप्रति श्री लटीनाथ माध्यमिक विद्यालय परिवार हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछ।
साथै, आफ्नो उत्कृष्ट मिहिनेत र नतिजा मार्फत विद्यालयकै गौरव बढाउन सफल छात्रा मनिसा ठगुन्नालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च शैक्षिक प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
-विद्यालय परिवार
22/05/2026
आज मिति २०८३/०२/०८ गते शुक्रबारको दिन शै. स. २०८३ सालमा यस विद्यालयमा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना भएका नानीबाबुहरुलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । नव आगन्तुक तथा सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना र कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद ।
20/05/2026
कक्षा ११ को पठनपाठन सम्बन्धि सूचना ।
यही मिति २०८३/०२/११ गतेदेखि सञ्चालन हुने कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि आवेदन फाराम भर्न छुट यस विद्यालयका विद्यार्थीहरुलाई यथाशीघ्र विद्यालयमा सम्पर्क राखी फाराम भर्न हुन पुनः जानकारी गरिन्छ ।
15/05/2026
SEE पुरक परीक्षा २०८२ को आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
14/05/2026
गत शैक्षिक सत्र २०८२ को समिक्षा र शैक्षिक सत्र २०८३ का लागि आवश्यक कार्यक्रमहरु निर्धारण एवं वार्षिक कार्यतालिकामा मुख्य कार्यक्रमहरू तय गर्न मिति २०८३/०१/३१ गते शिक्षक कर्मचारी बैठक सम्पन्न भएको छ । गत शैक्षिक सत्रको भन्दा हरेक पक्षको थप सुधार हुने अपेक्षा सहित उपस्थिति तथा सक्रियताका लागि सम्पूर्ण शिक्षक कर्मचारी ज्यूहरुलाई हार्दिक धन्यवाद ।
14/05/2026
२०८२ सालको एसइइ पुरक परीक्षाको समय तालिका ।