17/09/2026
त्रिभुवन विश्वविद्यालय, Faculty of Management अन्तर्गत Bachelor of Business Administration (BBA) कार्यक्रममा शैक्षिक सत्र २०८३ (2026) मा भर्ना हुन चाहने तर यसअघि CMAT प्रवेश परीक्षा दिन छुटेका योग्य विद्यार्थीहरूका लागि Re-Entrance Examination (Re-CMAT) सञ्चालन हुने भएको छ।
📌 BBA का लागि मुख्य विवरण
🔹 आवेदन फाराम खुल्ने अवधि:
असोज २ गतेदेखि असोज १५ गतेसम्म
(September 18 – October 1, 2026)
🔹 प्रवेश परीक्षा (Re-CMAT):
असोज १७ गते, शनिबार
(October 3, 2026)
🔹 परीक्षा समय:
दिउँसो १:०० बजे
🔹 आवेदन शुल्क:
रु. १,००० मात्र
✅ BBA अध्ययनका लागि योग्यता
विद्यार्थीले कक्षा ११ र १२ मा:
प्रत्येक विषयको Theory मा न्यूनतम D
Practical मा न्यूनतम C
CGPA 1.8 वा सोभन्दा बढी
वा
10+2, PCL वा समकक्ष परीक्षामा Second Division वा सोभन्दा माथिको योग्यता हासिल गरेको हुनुपर्नेछ।
📝 आवेदन दिँदा ध्यान दिनुपर्ने कुरा
विद्यार्थीले आफूले BBA अध्ययन गर्न चाहेको क्याम्पस/कलेज छनोट गरी Re-CMAT को आवेदन फाराम भर्नुपर्नेछ। त्यसपछि उपलब्ध परीक्षा केन्द्रमध्ये आफूलाई पायक पर्ने एक परीक्षा केन्द्र छनोट गरी परीक्षा दिन सकिनेछ।
आवेदन शुल्क रु. १,००० अनलाइन माध्यमबाट ConnectIPS मार्फत Dean's Office को खातामा जम्मा गर्नुपर्नेछ।
🏫 Re-CMAT का परीक्षा केन्द्रहरू
Mahendra Morang Adarsha Multiple Campus, विराटनगर
Ramswarup Ramsagar Multiple Campus, जनकपुर
Birendra Multiple Campus, भरतपुर, चितवन
Public Youth Campus, धोबिचौर, काठमाडौं
Prithvi Narayan Campus, पोखरा
Mahendra Multiple Campus, नेपालगञ्ज
Butwal Multiple Campus, बुटवल, रुपन्देही
🌟 विशेष सूचना
BBA पढ्ने लक्ष्य बोकेका तर यसअघि CMAT प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीहरूले यो अवसर नगुमाउनुहोस्।
समयमै आवेदन फाराम भरी Re-CMAT प्रवेश परीक्षामा सहभागी भई त्रिभुवन विश्वविद्यालयअन्तर्गत BBA अध्ययन गर्ने आफ्नो अवसर सुनिश्चित गर्नुहोस्।
📢 फाराम भर्ने अन्तिम मिति: असोज १५ गते
📢 Re-CMAT परीक्षा: असोज १७ गते, शनिबार | दिउँसो १:०० बजे
Mahendra multiple campus dang
984-7884502 BBA co ordinator