24/09/2026
Jeevan Premi Educare Academy
सूचना!
विषय: विद्यालय बन्द रहने सम्बन्धी सूचना।
सम्पूर्ण शिक्षक,अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज ८ गतेदेखि केही दिनसम्म भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्न सक्ने सम्भावना रहेको हुँदा पूर्वसतर्कताका लागि सूचना जारी भएको सन्दर्भमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंको मिति २०८३ असोज ०७ गतेको सार्वजनिक सूचना तथा आह्वान तथा शिक्षा महाशाखा, तुलसीपुरको निर्देशनअनुसार विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा लाई मध्यनजर गर्दै मिति २०८३ असोज ०८ र ०९ गते विद्यालयको सम्पूर्ण पठनपाठन तथा नियमित गतिविधिहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई आवश्यक उच्च सतर्कता अपनाई सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।🙏