Tulsipur

Tulsipur Tell people more about your page (255 character maximum)

05/11/2012

राष्ट्रपति लमजुङ , पूर्वराजा भैरहवा जाँदै
9

२० कात्तिक, काठमाण्डौं । राष्टपति डा. रामवरण यादव आज लमजुङ जानुहुने भएको छ । लमजुङको सर्वोदय उच्च माध्यामिक बिद्यालयले आफ्नो हिरक जयन्तिको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी बन्न राष्ट्रपति लम्जुङ जान लाग्नुभएको हो । महोत्सवमा सहभागि हुन राष्ट्रपति यादव आज त्यस तर्फ जान लाग्नु भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रपतिले दिउँसो एक बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पहिलोपटक सार्वजनिक हवाई सेवाबाट उपत्यका बाहिर जान लाग्नुभएका यादबले सर्वोदय उच्च माध्यामिक बिद्यालयका पूर्व बिद्यार्थीले निर्माण गरेको बिद्यालयको शैक्षिक भवन समेत उद्घाटन गर्नु हुने आयोजकले जानकारी गराएका छन् ।

त्यस्तै पूर्वराजा राजा ज्ञानेन्द्र शाह पनि धार्मिक कार्यक्रममा सहभागि हुन आज भैरहवा जानुहुँदै छ । नवलपरासीको गोपालपुरमा भोली देखि हुने धार्मिक कार्यक्रममा सहभागि हुन पूर्व राजा त्यसतर्फ जान लाग्नु भएको हो ।

पूर्व राजा जाने भएपछि अहिले भैरहवामा स्वागतका लागि भव्य तयारी गरिएको छ ।

Address

Tulsipur 5
Dang

Alerts

Be the first to know and let us send you an email when Tulsipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category