अभिभावकहरुलाई विद्यालयको अनुरोध
१. आफ्ना नानीबाबुहरुलाई समयमै विद्यालय पठाउनुहोस र समयमा घर फर्के कि नाई ख्याल राख्नुहोस ।
२. कापी ,कलम,किताब,ड्रेस लगायत आवश्यक सामग्री दुरुस्त छ छैन हेर्नुहोस ।
३. कपाल ,नङ,मेकअप तथा फेसन अस्वाभाविक छ कि निगरानी गरि सुधार गर्न लगाउनुहोस ।
४. प्रत्येक दिन बेलुका विद्यालयमा भएका दिनभरिका क्रियाकलाप लगायत विद्यालयका गतिविधिबारे सोधपुछ गर्नुहोस् ।
५. गृहकार्य गर्न तथा पठनपाठनमा साथीको रुपमा प्रस्तुत भइ सहयोग गर्नुहोस् ।
६. मोबाइलको प्रयोग पढाइ तथा खोज अनुसन्धानमा प्रयोग गर्न सधैं उत्प्रेरित गर्नुहोस् साथै गलत प्रयोगबाट रोक्न समय समयमा मोबाइल चेकजाँच गर्नुहोस् र कम्तिमा हप्तामा एक दिन छुट्टै सुत्ने छोराछोरीको झोला तथा सुत्ने कोठा सुक्ष्म रुपमा खोजतलास गर्नुहोस् ।
७. बच्चाको अगाडि कहिल्यै गलत हर्कत नदेखाउनुहोस ।
८. सानालाई माया गर्ने र गुरुहरु तथा ठुलालाई आदर सम्मान गर्ने सिकाउनुहोस ।
९. विशेष गरेर व्यक्तिगत सरसफाइ र आफुले खाएको भाँडा धुने , विस्तारा मिलाउने,कपडा मिलाएर राख्ने, लुगा धुने जस्ता कार्य आफैं गर्न लगाउने बानिको विकास गर्नुहोस् ।
१०. समय समयमा रचनात्मक सुझाव सहित विद्यालयलमा आउनुहोस् नसके तल उल्लिखित सम्पर्क नं.मा सम्पर्क राख्नुहोस :
प्रधानाध्यापक : 9857840975
स.प्र.अ.तथा सूचना अधिकारी : 9847858605
कार्यालय : 082-590961
Saraswati Secondary School, vidyanagar,
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati Secondary School, vidyanagar,, School, dang, Dang.
कक्षा ११ र १२ को पठनपाठन सुचारु भएको सूचना !
यस विद्यालयको पुर्व सूचना अनुसार शैक्षिक सत्र २०८३ को कक्षा ११ ,१२ को नियमित पठनपाठन असार १ गते बिहान 6:00 बजेदेखि सुचारु भइरहेको तर विद्यार्थीहरुको उपस्थिति न्यून देखिएको हुँदा सम्पुर्ण विद्यार्थीहरु नियमित रुपमा नियमानुसार विद्यालय समयमा उपस्थित भइ पठनपाठनमा सरिक हुन पुनः अनुरोध गरिन्छ ।
05/06/2026
05/06/2026
गाउँपालिकादेखि केन्द्रसम्म सफलता
मिति २०८३ /०२/२० गतेदेखि २२ गतेसम्म दशरथ रंगशाला काठमाडौमा सम्पन्न राष्ट्रिय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा यस विद्यालयका छात्र निकेश थारु सफलता हासिल गरी राष्ट्रिय स्तरमा आफू र विद्यालयको गरिमा बढाएकोमा उत्तरोत्तर प्रगतिको शुभकामना सहित हार्दिक बधाई छ ।
प्राप्त पदकहरु :
४×१०० रिले दौड स्वर्ण (प्रथम )
त्रिपलजम्प कास्य ( तृतीय )
लङजम्प नयाँ कीर्तिमान ( जिल्लामा 6.09 मि. ,प्रदेशमा 6.12 मि. केन्द्रमा 6.41मि. )
15/05/2026
07/05/2026
यस विद्यालयका छात्र निकेश थारु लुम्बिनी प्रदेश स्तरीय रास्ट्रपति रनिङशिल्डको लागि एथलेटिक्स तर्फ दाङ जिल्लाबाट छनोट भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना
27/04/2026
विद्यार्थी भर्ना सम्बन्धि सूचना !
शैक्षिक सत्र २०८३ का लागि कक्षा ९ मा प्राविधिक धार कृषि बाली विज्ञान सहित साधारणतर्फ कक्षा बालविकासदेखि कक्षा ९ सम्म मिति २०८३ बैशाख १५ गतेदेखि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ ।
22/04/2026
शैक्षिक सत्र २०८३ को बारेमा बृहत छलफलमा सरस्वती मावि विद्यानगरका शिक्षक कर्मचारी
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dang