Janapriya English School

Janapriya English School A best educational institute leading school in western belt of Dang

Model Preparation "The Periscope"Grade: Seven Subject: ScienceThank you students, keep doing keep learningJanapriya Engl...
21/09/2026

Model Preparation
"The Periscope"
Grade: Seven
Subject: Science
Thank you students, keep doing keep learning
Janapriya English School

आज मिति २०८३/०६/०३ गतेका दिन यस Janapriya English School कक्षा १० मा अध्ययनरत बिध्यार्थी भाइबहिनीहरुले भेरीगंगा नगरपालिक...
19/09/2026

आज मिति २०८३/०६/०३ गतेका दिन यस Janapriya English School कक्षा १० मा अध्ययनरत बिध्यार्थी भाइबहिनीहरुले भेरीगंगा नगरपालिका सुर्खेत पुगेर Bheri Babai Diversion को अवलोकन गरेका छन।

शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज मा वि स्तरीय हाजिरीजवाफ कार्यक्रममा सम्पन्न भएकाे छ। प्रतियोगितामा विभिन्न स्...
18/09/2026

शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज मा वि स्तरीय हाजिरीजवाफ कार्यक्रममा सम्पन्न भएकाे छ। प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल विजयी छात्र/छात्राहरुलाई विद्यालयका शिक्षाचार्य प्रकाश कुमार शर्मा र विद्यालयका परीक्षा संयाेजक एवम् शिक्षक नवीन कुमार शर्माले टीका लगाई पुरस्कार वितरण गर्नुभएकाे थियाे। विद्यालयकी हेड क्याप्टेन शिखा बस्नेतकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक अङ्कित आचार्यले गर्नुभएकाे थियाे। विजयी छात्र/ छात्राहरुलाई हार्दिक बधाई ! साथै उज्ज्वल भविष्यकाे शुभकामना !

जनप्रिय इङ्लिस स्कुलका संस्थापक एवम् परिकल्पनाकार,वर्तमान शिक्षाचार्य तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष शैक्षिक,ब...
17/09/2026

जनप्रिय इङ्लिस स्कुलका संस्थापक एवम् परिकल्पनाकार,वर्तमान शिक्षाचार्य तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष शैक्षिक,बाैद्धिक र शालीन व्यक्तित्व आदरणीय प्रकाश कुमार शर्माज्यूकाे आज पर्न गएकाे जन्माेत्सव मनाउँदै गर्दाका जीवन्त तस्बिरहरू !

जनप्रिय इङ्लिस स्कुलका संस्थापक एवम् परिकल्पनाकार,वर्तमान शिक्षाचार्य तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष शैक्षिक,ब...
17/09/2026

जनप्रिय इङ्लिस स्कुलका संस्थापक एवम् परिकल्पनाकार,वर्तमान शिक्षाचार्य तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष शैक्षिक,बाैद्धिक र शालीन व्यक्तृत्व प्रकाश कुमार शर्माकाे आज पर्न गएकाे जन्माेत्सवकाे सुखद् उपलक्ष्यमा सुख,शान्ति ,समृद्ध ,दीर्घ सुस्वास्थ्य एवम् उत्तराेत्तर प्रगतिकाे लागि हार्दिक मङ्गलमय शुभकामना !

आजकाे याे विशेष दिनबाट अझै जीवनमा थप ऊर्जा ,प्रसन्नता र सफलता मिलाेस्। तपाईंको अथक परिश्रम,सकारात्मक साेच र नेतृत्व क्षमताताले तपाईंको छविलाई अझैँ उचाइमा पुर्याआेस् शुभकामना !!

हिन्दु नारीहरुकाे महान् पर्व हरितालिका तीजकाे पूर्व सन्ध्यामा जनप्रिय इङ्लिस स्कुलकाे प्राङ्गणमा हरितालिका तीज विशेष सां...
11/09/2026

हिन्दु नारीहरुकाे महान् पर्व हरितालिका तीजकाे पूर्व सन्ध्यामा जनप्रिय इङ्लिस स्कुलकाे प्राङ्गणमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ। विद्यालयकी शिक्षिका एवम् अभिभावक जनसम्पर्क समिति संयाेजक सुशीला शर्माकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका २ नं वडा कार्यालयका वडा अध्यक्ष भीम बहादुर याेगीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे। कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि याेगीलेे हरितालिका तीज तथा ऋषि पञ्चमीकाे माैलिक परम्परा पछिल्लाे समयमा हराउँदै गएकाले यसकाे प्राचीनता तथा माैलिक पनलाई जीवन्त राख्नकाे लागि नयाँ पुस्ताहरु लाग्नुपर्ने कुरा राख्नुभयाे। पूर्खाले चलाएर ल्याएका राम्रा संस्कृतिकाे शिराेपर गर्ने र वर्तमान समयमा देखा परेका विकृतिहरुलाई हटाउनकाे लागि युवा वर्गहरु लाग्नुपर्ने कुरा पनि आैल्याउनु भयाे। त्यसैगरी सभाध्यक्ष सुशीला शर्माले पछिल्लाे समयमा तिजकाे नाममा देखिएकाे भडकिलाे प्रथाले समाजलाई नकारात्मक सन्देश प्रवाह गरेकाे कुरा राख्दै यसकाे समाधानकाे लागि सबै लाग्नुपर्ने कुरा राख्नुभयाे। समतामूलक र सभ्यतापूर्ण समाज निर्माणकाे लागि पनि माैलिक चाडपर्वकाे अतुलनीय भूमिका रहेकाे उल्लेख गर्दै उहाँले माैलिक चाडपर्वहरुकाे संरक्षण र संवर्धनमा सबै लाग्नुपर्ने कुरामा विशेष जाेड दिनुभयाे। यस अवसरमा विद्यार्थीहरु लगायत शिक्षिकाहरुले पनि सांस्कृतिक प्रस्तुति राख्नुभएकाे थियाे। जनप्रिय बाल क्लबकी छात्रा कृपा आचार्यकाे स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमकाे सहजीकरण जनप्रिय बाल क्लबका अध्यक्ष आयुष चाैधरीले गरेका थिए।

11/09/2026

सम्पूर्ण विद्यार्थीवर्ग ,अभिभावकज्यूहरु तथा शिक्षक कर्मचारीहरुमा नेपाली हिन्दु नारीहरुकाे महान् पर्व हरितालिका तीजकाे अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै हरितालिका तीज तथा ऋषि पञ्चमीकाे अवसरमा यही मिति २०८३ भदाै २९ र ३० गते विद्यालयकाे पठनपाठन बन्द रहने बेहाेरा अवगत गराइन्छ । साथै २०८३ भदाै ३१ गते बुधबारदेखि पठनपाठनका नियमित कार्यकलाप यथावत् तरिकाले सुचारु हुने बेहाेरा सूचित गरिन्छ।

11/09/2026

Address

Dang District

Opening Hours

09:00 - 17:00

Telephone

+9779847833744

Alerts

Be the first to know and let us send you an email when Janapriya English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janapriya English School:

Shortcuts

Share

Category