29/08/2015
बन्द खुले पछि महायज्ञमा सयौको सहभागिता, हजारौँ रकम दान
कालाकाटेको महायज्ञमा एकै दिन दुई लाख बढी दान संकलन
सन्तोषकुमार गुप्ता, भालुवाङ्ग ११ भदौ ।।
देउखुरीको कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको छैठौँ दिन शुक्रबार मात्र करिब २ लाख रकम दान प्राप्त भएको छ । थारुवान थारुहट संघर्ष समितीले दुई दिनका लागि बन्द खुलाए पछि शुक्रबार सयौँ भक्तजन तथा दानदाताहरुको सहभागिता भएको थियो । दानदाताहरुको उत्साह जनक सहभागिता संगै एकै दिन करिब २ लाख नगद रकम दान प्राप्त भएको हो । छैठौँ दिन मात्र २ लाख १ हजार २ सय नगद दान रकम प्राप्त भएको विद्यालयका प्राचार्य चता आर्थक समिती संयोजक बासुदेव बेल्बासेले जानकारी दिए । महायज्ञको छैठौँ दिन सम्म ४ लाख ५७ हजार २२ रुपैयाँ नगद दान प्राप्त भएको छ संयोजक बेल्बासेले बताए ।
शैक्षिक उन्नति तथा भौतिक निमार्ण सहयोगार्थ जनता उच्च माध्यमिक विद्यालय कालाकाटेमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको छैठौँ दिन दोब्बर नगद दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा दिनप्रदिन भक्तजनहरुको सहभागिता संगै दान रकम संकलनमा समेत एकाएक बृद्धि हुन थालेको आयोजक को भनाई छ । जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीको आयोजना तथा श्रीमद्भागवत देशव्यापी शािन्त अभियानको सह—आयोजनामा शुरु भएको महायज्ञको छैठौँ दिन आयोजक मधुसुदन पौडेल २५ हजार १ सय १, देउखुरीभ्याली क्रसर उद्योग टहडा २५ हजार २५, शान्ति दर्लामी ११ हजार १ सय १, तेजबहादुर पुन १० हजार ५१, झगबहादुर पुन १० हजार ५१, हिराबहादुर झाँक्री १० हजार १, सितादेवी भुसाल ५ हजार १ सय १०, अमरबहादुर थापा ५ हजार ५३, खगेश्वर शर्मा ५ हजार १५, बसुन्धरा शर्मा ५ हजार ५, सरस्वती योगी ५ हजार ५, कृष्ण गिरी ५ हजार १ सय, मिना शाह ५ हजार ५, स्नेह पुन ३ हजार २ सय, माया बोहरा ३ हजार १ सय १०, शिवलक्ष्मी चौधरी ३ हजार ५५, कृष्णबहादुर गिरी ३ हजार ५, विशाल घर्तीमगर ३ हजार १ सय, डोलादेवी पुन ३ हजार ५१ र अन्य दान सहित उक्त नगद दान रकम प्राप्त भएको प्राचार्य बेल्बासेले जानकारी दिए ।
त्यस्तै शुक्रबार मात्रै २ क्वीन्टल चामल, आटा २० केजी, दाल ५ केजी, तेल ५ लिटर, दुध ८ लिटर र अन्य तरकारी तथा मसलाहरु गरी ३ केजी समेत दान भएको आयोजकले जनाएको छ । महायज्ञको छैठौ दिन सम्म गोबरडिहा—२ मलामला निवासी सागर मर्रासिनी उकृष्ट दानदाताको रुपमा घोषणा भएका छन् । मर्रासिनीले ३१ हजार १ सय १५ नगद दान गरेका थिए । बन्दहड्ताल खुले संगै महायज्ञमा आउने दानदाता र श्रदालुभक्तजन तीब्र संख्यामा भएको जनता उच्च माध्यमिक विद्यालय श्रीमद्भागवत मूल समारोह समितीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि सुवेदीले बताए । महायज्ञमा देउखुरीका विभिन्न स्थान र छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र कपिलबस्तु सहित अन्य जिल्लाहरुबाट समेत सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो । महायज्ञमा नेपालकै चर्चित युवा समाजसेवी एवम् कथा बाचक शिरोमणि पण्डित दिपकप्रसाद पौडेल सहित २ दर्जन बढी कलाकारहरुको समेत सहभागिता रहेको छ ।