pk academy

pk academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from pk academy, Private School, kapan kharibot chowk, Chowk.

कक्षा १२ को परीक्षा नतिजा प्रकाशित भएको छ।
19/06/2026

कक्षा १२ को परीक्षा नतिजा प्रकाशित भएको छ।

12/06/2026

बधाइ छ कोरियालाइ
कोरिया- 2
जेकिया -1
Worldcup 2026 🙏🙏🙏🙏

Korean japanese German English class start pk academy( TikTok ) kapan kharibot 986-1241762
07/06/2026

Korean japanese German English class start pk academy( TikTok ) kapan kharibot 986-1241762

02/06/2026
27/05/2026

इजरायलमा २३०० नेपाली कामदार लैजाने आवेदन खुल्यो

नेपाल सरकार अन्तर्गत वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ । नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार गम्भीर शारीरिक तथा मानसिक अशक्तता भएका वृद्धवृद्धाको स्याहारका लागि नेपाली कामदार पठाउन लागिएको हो । विभागले सूचना प्रकाशन भएको मितिदेखि २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ ।

विभागका अनुसार कुल २३०० जना सहायक कामदार माग गरिएको छ । तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । छनोट भएका कामदारले मासिक ६५४३.५८ इजरायली मुद्रा बराबर पारिश्रमिक पाउनेछन् । उनीहरूले दिनमा बढीमा ६ दिन तथा हप्तामा ४२ घण्टा काम गर्नुपर्नेछ । अतिरिक्त समय काम गरेमा थप सुविधा पनि प्रदान गरिने सूचनामा उल्लेख छ ।

कामदारलाई वार्षिक बिदा, ओभरटाइम सुविधा तथा इजरायली कानुनअनुसार अन्य सुविधा उपलब्ध गराइनेछ । खाना खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने भए पनि बसोबासको व्यवस्था रोजगारदाताले गर्ने जनाइएको छ । प्रारम्भिक करार अवधि १ वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गरी अधिकतम ५ वर्षसम्म काम गर्न सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्ने तथा कम्तीमा १० कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा अध्ययन वा तालिम प्राप्त गरेको हुनुपर्ने विभागले जनाएको छ । विगतमा इजरायलमा काम नगरेको तथा नजिकका परिवार सदस्य इजरायलमा बसोबास वा कार्यरत नरहेको व्यक्तिले मात्र आवेदन दिन पाउनेछन् ।

pk academy/

18/05/2026

कोरियामा बसेर कम्पनी परिवर्तन गर्दा (사업장 변경), साहुसँग कुरा गर्न, अन्तर्वार्ता दिन र सम्बन्धित निकाय (Job Center) मा प्रयोग हुने वाक्यहरु ।

१. साहुसँग काम छोड्ने कुरा गर्दा (Talking to Employer)
१. 사장님, 드릴 말씀이 있어요. – साहुजी, मलाई केही कुरा भन्नु थियो।
२. 회사를 옮기고 싶어요. – म कम्पनी परिवर्तन गर्न चाहन्छु।
३. 사업장 변경을 하고 싶습니다. – म कार्यस्थल परिवर्तन गर्न चाहन्छु।
४. 이직을 결정했습니다. – मैले काम छोड्ने निर्णय गरें।
५. 건강이 안 좋아서 쉬고 싶어요. – स्वास्थ्य राम्रो नभएर आराम गर्न चाहन्छु।
६. 일이 저하고 잘 안 맞아요. – यो काम मलाई राम्रोसँग मिलेन।
७. 가족 문제가 생겨서 그만둬야 해요. – पारिवारिक समस्या आएर छोड्नुपर्ने भयो।
८. 계약을 해지해 주세요. – सम्झौता रद्द गरिदिनुहोस्।
९. 이적 동의서를 써 주실 수 있나요? – के मलाई रिलिज पेपर (सहमति पत्र) लेखिदिन सक्नुहुन्छ?
१०. 퇴사하고 싶습니다. – म काम छोड्न चाहन्छु।
११. 더 이상 여기서 일하기 힘들어요. – अब यहाँ काम गर्न गाह्रो भयो।
१२. 다른 일을 해보고 싶어요. – म अर्कै काम गरिहेर्न चाहन्छु।
१३. 월급이 자꾸 밀려서 힘들어요. – तलब सधैं ढिलो भएर गाह्रो भयो।
१४. 잔업이 너무 많아서 힘들어요. – ओभरटाइम धेरै भएर गाह्रो भयो।
१५. 기숙사 환경이 너무 안 좋아요. – होस्टेलको वातावरण एकदमै नराम्रो छ।

२. जब सेन्टर (Job Center) मा सोधपुछ गर्दा
१६. 고용센터가 어디에 있나요? – जब सेन्टर कहाँ छ?
१७. 구직 등록을 하러 왔습니다. – म रोजगार दर्ता (Job seeking) गर्न आएको हुँ।
१८. 사업장 변경 신청서를 주세오. – कार्यस्थल परिवर्तनको निवेदन फारम दिनुहोस्।
१९. 필요한 서류가 무엇인가요? – के के कागजातहरू चाहिन्छन्?
२०. 외국인 등록증 여기 있습니다. – एलियन कार्ड यहाँ छ।
२१. 언제부터 새 직장을 구할 수 있나요? – कहिलेदेखि नयाँ काम खोज्न सकिन्छ?
२२. 구직 기간은 얼마 동안인가요? – काम खोज्ने अवधि कति समयको हुन्छ?
२३. 비자 연장도 같이 해야 하나요? – भिसा थप पनि सँगै गर्नुपर्छ?
२४. 구인 명단을 볼 수 있을까요? – काम दिने कम्पनीहरूको सूची हेर्न मिल्छ?
२५. 문자로 연락을 주시나요? – म्यासेजमा जानकारी दिनुहुन्छ?

३. नयाँ कम्पनीमा फोन गर्दा वा सम्पर्क गर्दा
२६. 구인 광고 보고 연락드렸습니다. – कामको विज्ञापन हेरेर फोन गरेको हुँ।
२७. 사람 구하나요? – मान्छे खोज्दै हुनुहुन्छ?
२८. 아직 자리가 있나요? – अझै खाली ठाउँ छ?
२९. 면접을 볼 수 있을까요? – के अन्तर्वार्ता दिन मिल्छ?
३०. 회사가 어디에 위치해 있나요? – कम्पनी कहाँ छ?
३१. 무슨 일을 하는 회사인가요? – के काम गर्ने कम्पनी हो?
३२. 면접 날짜를 정하고 싶어요. – अन्तर्वार्ताको मिति तोक्न चाहन्छु।
३३. 내일 방문해도 될까요? – भोलि आउँदा हुन्छ?
३४. 준비할 서류가 있나요? – तयारी गर्नुपर्ने केही कागजात छ?
३५. 제 경력은 3년입니다. – मेरो अनुभव ३ वर्षको छ।

४. नयाँ साहुसँग अन्तर्वार्ता दिँदा (During Interview)
३६. 안녕하세요, 면접 보러 왔습니다. – नमस्कार, अन्तर्वार्ता दिन आएको हुँ।
३७. 열심히 하겠습니다. – म कडा परिश्रम गर्नेछु।
३८. 전 회사에서 무슨 일을 했나요? – अघिल्लो कम्पनीमा के काम गर्नुभयो?
३९. 기계 조작을 할 줄 압니다. – मलाई मेसिन चलाउन आउँछ।
४०. 용접 경력이 있습니다. – मसँग वेल्डिङको अनुभव छ।
४१. 야간 근무도 가능합니다. – रात्रिकालीन काम पनि गर्न सक्छु।
४२. 잔업이 많아도 괜찮습니다. – ओभरटाइम धेरै भए पनि ठीक छ।
४३. 기숙사가 있나요? – के होस्टेल छ?
४४. 식사는 제공되나요? – खानाको सुविधा छ?
४५. 월급은 얼마인가요? – तलब कति हो?
४६. 기본급이 얼마인가요? – बेसिक तलब कति हो?
४७. 수습 기간이 있나요? – के प्रोबेशन पिरियड छ?
४८. 언제부터 출근하면 되나요? – कहिलेदेखि काममा आउँदा हुन्छ?
४९. 이 회사의 분위기는 어떤가요? – यो कम्पनीको वातावरण कस्तो छ?
५०. 최선을 다해 일하겠습니다. – म आफ्नो सक्दो प्रयास गरेर काम गर्नेछु।

५. कामको सर्तहरू सोध्दा (Asking about Conditions)
५१. 근무 시간은 어떻게 되나요? – कामको समय कस्तो छ?
५२. 주 5일 근무인가요? – के हप्ताको ५ दिन काम हो?
५३. 토요일에도 일하나요? – शनिबार पनि काम गर्नुपर्छ?
५४. 상여금(보너스)이 있나요? – के बोनस छ?
५५. 퇴직금은 주나요? – के अवकाश भत्ता (Retirement pay) दिइन्छ?
५६. 4대 보험에 가입해 주나요? – के ४ वटा बिमाहरूमा दर्ता गरिदिनुहुन्छ?
५७. 숙식비는 공제하나요? – बस्ने खाने खर्च तलबबाट काटिन्छ?
५८. 한 달에 몇 번 쉬나요? – महिनामा कति पटक बिदा हुन्छ?
५९. 연차 휴가가 있나요? – के वार्षिक बिदा छ?
६०. 정해진 월급일이 언제인가요? – तलब दिने तोकिएको दिन कहिले हो?

६. नयाँ कम्पनीमा सम्झौता गर्दा (During Contract)
६१. 근로계약서를 작성하고 싶어요. – श्रम सम्झौता पत्र लेख्न चाहन्छु।
६२. 계약 기간은 1년인가요? – सम्झौता अवधि १ वर्षको हो?
६३. 여기 서명하면 되나요? – यहाँ हस्ताक्षर गर्दा हुन्छ?
६४. 사본 한 장 주실 수 있나요? – मलाई एउटा प्रतिलिपि दिन सक्नुहुन्छ?
६५. 노동청에 신고했나요? – के लेबर अफिसमा रिपोर्ट गर्नुभयो?
६६. 비자 변경 신청을 도와주세요. – भिसा परिवर्तनको प्रक्रियामा मद्दत गर्नुहोस्।
६७. 여권을 복사해도 될까요? – राहदानी फोटोकपी गर्दा हुन्छ?
६८. 등록증을 빌려드릴까요? – मेरो रेजिस्ट्रेशन कार्ड दिऊँ?
६९. 가족관계 증명서가 필요한가요? – के नाता प्रमाणीकरण पत्र चाहिन्छ?
७०. 표준근로계약서인가요? – के यो मानक श्रम सम्झौता पत्र हो?

७. काम छोड्दाको हिसाब (Settlement at Old Job)
७१. 퇴직금을 정산해 주세요. – मेरो अवकाश भत्ताको हिसाब गरिदिनुहोस्।
७२. 미지급된 월급을 주세요. – नपाएको तलब दिनुहोस्।
७३. 연차 수당을 받을 수 있나요? – के म वार्षिक बिदाको पैसा पाउन सक्छु?
७४. 보험금을 환급받고 싶어요. – म बिमाको पैसा फिर्ता लिन चाहन्छु।
७५. 경력 증명서를 써 주세요. – अनुभव पत्र (Experience certificate) लेखिदिनुहोस्।
७६. 짐을 언제 빼면 될까요? – सामान कहिले हटाउँदा हुन्छ?
७७. 그동안 감사했습니다. – अहिलेसम्मका लागि धन्यवाद।
७८. 건강하게 잘 지내세요. – स्वास्थ्यको ख्याल गर्नुहोला।
७९. 나중에 다시 연락드릴게요. – पछि फेरि सम्पर्क गर्नेछु।
८०. 안녕히 계십시오. – राम्रोसँग बस्नुहोला (बिदा हुँदा)।
८. विविध र उपयोगी वाक्यहरू (Miscellaneous)
८१. 이직 사유가 무엇인가요? – काम छोड्नुको कारण के हो?
८२. 회사가 폐업했어요. – कम्पनी बन्द भयो।
८३. 부당한 대우를 받았습니다. – मैले अन्यायपूर्ण व्यवहार पाएँ।
८४. 폭행을 당했습니다. – ममाथि कुटपिट भयो।
८५. 임금 체불로 신고하겠습니다. – तलब नपाएकोमा म उजुरी दिनेछु।
८६. 통역사가 필요합니다. – मलाई दोभासे (Interpreter) चाहिन्छ।
८७. 도움이 필요합니다. – मलाई सहयोग चाहिन्छ।
८८. 법적인 조언을 구하고 싶어요. – म कानुनी सल्लाह लिन चाहन्छु।
८९. 외국인 인력 지원 센터가 어디인가요? – विदेशी जनशक्ति सहायता केन्द्र कहाँ छ?
९०. 상담을 받고 싶습니다. – म परामर्श लिन चाहन्छु।
९१. 이직이 승인되었습니다. – काम परिवर्तन स्वीकृत भयो।
९२. 새로운 시작이 기대됩니다. – नयाँ सुरुवातको प्रतीक्षामा छु।
९३. 거리가 멀어서 이사해야 해요. – टाढा भएकाले डेरा सर्नुपर्छ।
९४. 교통편이 어떤가요? – यातायातको सुविधा कस्तो छ?
९५. 주변에 마트가 있나요? – वरपर मार्ट छ?
९६. 한국 동료들이 친절했으면 좋겠어요. – कोरियन सहकर्मीहरू दयालु भए हुन्थ्यो।
९७. 안전 교육을 받아야 하나요? – सुरक्षा तालिम लिनुपर्छ?
८८. 작업복 사이즈가 어떻게 되나요? – काम गर्ने लुगाको साइज कस्तो छ?
९९. 첫 출근 날이 언제인가요? – पहिलो दिन काममा आउने कहिले हो?
१००. 열심히 배워보겠습니다. – म कडा मिहिनेतका साथ सिक्नेछु।

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Sk...
11/05/2026

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🙏🙏
pk academy

05/05/2026
29/04/2026

agriculture pass bhai bainele police report ko lagi office visit garnu hola..

agriculture medical centers
29/04/2026

agriculture medical centers

Address

Kapan Kharibot Chowk
Chowk

Telephone

+9779861241762

Website

Alerts

Be the first to know and let us send you an email when pk academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to pk academy:

Shortcuts

Share

Category