24/09/2026
>
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षा, बाढी, पहिरो र डुबानको पूर्वानुमानलाई ध्यानमा राख्दै रत्ननगर नगरपालिकाले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा भोली असोज ९ गते एक दिन बिदा दिने निर्णय गरेसंगै यस विद्यालयको सम्पुर्ण कक्षाहरु (नियमित र अतिरिक्त) बन्द रहने जानकारी गराईन्छ । मौसममा सुधार आए आईतबारको अतिरिक्त कक्षा (Extra Class) यथा समयमा सञ्चालन हुने र सोमबारबाट भने सम्पुर्ण कक्षाहरु यथा समयमा सञ्चालन हुने समेत जानकारी गराईन्छ ।
विद्यालय प्रशासन