Alumni society of Diwakar Memorial School Ramilodada

Alumni society of Diwakar Memorial School Ramilodada

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Alumni society of Diwakar Memorial School Ramilodada, Education, Madi chitwan, Chitwan.

28/01/2026

हाम्रो विद्यालयको वार्षिकोत्सव भव्य रूपमा मनाइँदै छ। उक्त कार्यक्रममा हामी भूपू विद्यार्थीहरूको तर्फबाट महत्वपूर्ण स्वयंसेवकको भूमिकामा रहनेछौं। त्यसैले सबै साथीहरूलाई भोलि अनिवार्य रूपमा कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु।

अध्यक्ष
शंकर दुबे तथा सम्पूर्ण भूपू विद्यार्थी परिवार

Photos from Alumni society of Diwakar Memorial School Ramilodada's post 23/11/2025

आज मिति २०८२ साल मंसिर ७ गतेका दिन, पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष Sudip Dhakal र सदस्य Nishan Bhusal द्वारा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी हरूलाई अन्तरक्रिया कार्यक्रम तथा भेटघाट कार्यक्रम गर्दै र शिक्षक तथा गुरुवर्गहरूसँग सानो छलफल पनि गर्नुभएको छ।

Photos from Alumni society of Diwakar Memorial School Ramilodada's post 03/11/2023

हार्दिक कृतज्ञता
दिवाकर स्मृति मा.बि पुर्ब विद्यार्थी समाजको आयोजनामा माडि नगरस्तरिय हाजिरि जवाफ प्रतियोगिता सफलता पुर्बक सम्पन्न गराउन सहयोग पुर्याउनु हुने नगर उप प्रमुख, वार्ड न 5 अध्यक्ष ज्यु, बिद्यालय परिवार,सहयोगि सस्थाहरु: MG सुपर स्टोर ,watashino madi branch ,मिडिया, कमिटीका साथीहरु,सहभागी सम्पुर्ण बिद्यालय तथा यश कार्यक्रमलाइ प्रत्यक्ष - अप्रत्यक्ष सहयोग गर्नुहुने यहाँहरु सबै सबैमा हार्दिक कृतज्ञता बय्क्त गर्दछौं!
दिवाकर स्मृति मा.बि पुर्ब विद्यार्थी समाज परिवार

02/11/2023
Photos from Alumni society of Diwakar Memorial School Ramilodada's post 21/10/2023

दिवाकर स्मृति माबि पुर्व बिद्यार्थी समाजद्वारा नेपाली महान चाडहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।समाजका अध्यक्ष शंकर दुबेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वि. ब्यस समिति सदस्य प्रजापति तिवारी, सहायक प्र अ जनकराज भुसाल लगायतको अथित्यता तथा समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त बैठक /कार्यक्रम ले आगामी कार्तिक 17 गते अन्तर माडि माबि स्तरिय हजिरिजवाफ प्रतियोगिता साथै Public speaking trainning समेत संचालन गर्ने निर्णय गरेको छ ।

20/10/2023

दिवाकर स्मृति माबि पुर्व बिद्यार्थी समाजद्वारा नेपाली महान चाडहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यहाँहरु सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ-
मिति: ०८०/७/४ गते दिवाकर स्मृति माबि प्राङ्गण
बिहान ८ बजे
अनिवार्य उपस्तिथिका लागि अनुरोध गर्दछौ।

29/10/2022

दिवाकर स्मृति माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको दोस्रो भेला तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
भेलाले शंखर दुबेकाे अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ।मुख्यतः विद्यालयको शैक्षिक गतिविधि,लाइब्रेरी व्यबस्थापन, क्यारियर काउन्सिलिङ,विद्यार्थीको क्षमता अभिवृद्धि कार्यक्रम लगायत शैक्षिक सामाजिक कार्य गरिने योजना रहेको उहाँले बताउनुभयो।
सो कार्यक्रमको प्रमुख अतिथिमा विद्यालयका सल्लाहकार पदम बहादुर क्षेत्री त्यस्तै अतिथि हरुमा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ओमनाथ पाण्डे, सहायक प्र अं जनकराज भुसाल,माडी मावि भू पु विद्यार्थी संगठनका अध्यक्ष राजन काफ्ले लगायत शैक्षिक सामाजिक व्यक्तित्व काे उपस्थिति रहेको थियो।कार्यक्रम नी बर्तनमन अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।

28/10/2022

हाम्रो यस दिवाकर स्मृति बिधालयको पुर्व विद्यार्थी समाज दिवाकर स्मृति माध्यमिक बिधालयको पुनर्मिलन तथा नयाँ समिति गठन गरिने भएकाले सम्पुर्ण पुर्व विद्यार्थीहरुमा यही सूचना दिदै निमन्त्रणा गरिन्छ ।
समय: बिहान ७:३० ,१२ कार्तिक
ठेगाना : दिवाकर स्मृति बिद्यालय रमैलोडान्डा (sector A)

17/10/2022

हाम्रो यस दिवाकर स्मृति बिधालयको भुपु विद्यार्थी संगठनको पुनर्मिलान तथा नयाँ समिति गठन गरिने भएकाले सम्पुर्ण भुपु विद्यार्थीहरुमा यही सूचना दिदै निमन्त्रणा गरिन्छ ।
समय: बिहान ७:३० ,८ कार्तिक
ठेगाना : दिवाकर स्मृति बिद्यालय रमैलोडन्डा (sector A)

28/07/2022

माध्यमिक शिक्षा परीक्षा SEE -2078 मा सहभागी भइ माडीकै उत्कृष्ट GPA ल्याउन सफल यस विद्यालयका छात्रा अपेक्षा तिवारी (3.80) र छात्र शशांक वाग्ले (3.70) लगायत सफल हुनुभएका सम्पुर्ण विद्यार्थी भाइबहिनीहरू प्रति हार्दिक बधाई व्यक्त गर्दै भावि शैक्षिक यात्रा थप उत्कृष्ट बन्दै जाओस भन्ने शुभकामना व्यक्त गर्दछौ'।
यस प्रकारको नतिजा ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान पुर्याउने आदरणीय शिक्षक, अभिभावक, विद्यार्थी लगायत सबै सरोकारवालाहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं।

Want your school to be the top-listed School/college in Chitwan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Madi Chitwan
Chitwan