17/08/2026
आज मिति २०८३।०५।०१ गते सोमबार यस सैनिक आवासीय महाविद्यालय, चितवनमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको लागि Career Counselling कार्यक्रम सम्पन्न भएको छ । सल्लाघारी एल्मुनाई एसोसिएसन (SAAN) द्वारा सञ्चालित उक्त कार्यक्रममा सैनिक आवासीय महाविद्यालय, भक्तपुरका ३१औँ कलेज व्याचका सदस्य, कोड हिमालयका कार्यकारी अधिकृत तथा प्रविधि व्यवसाय सम्बन्धी तालिमकर्ता स्मरण दुवाडी र सैनिक आवासीय महाविद्यालय, भक्तपुरका १७ औँ स्कूल व्याचका सदस्य तथा बेलायती सेनामा कार्यरत रियल स्टेट कम्पनीका व्यवसायी भीम मगरले विद्यार्थीहरूलाई +२ पछि आफ्नो Career कसरी छनौट गर्ने भन्ने विषयमा उत्प्रेरणा प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा सलल्घारी एल्मुनाई एसोसिएसन (SAAN) का कार्यकारी सदस्यहरू र सलल्घारी एल्मुनाई एसोसिएसन (SAAN) चितवन युनिटका अध्यक्ष र उपाध्यक्ष समेतको उपस्थिति रहेको थियो । कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत छात्र प्रजल श्रेष्ठ र महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडेज्यूले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रिन्सिपल र नि. व्यवस्थापक अधिकृतज्यूले SAAN का सदस्यहरूलाई सधन्यवाद मायाको चिनो प्रदान गर्नुभएको थियो भने SAAN का सदस्यहरूबाट महाविद्यालयलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
14/08/2026
आज मिति २०८३।०४।२९ गते शुक्रबार महाविद्यालयमा मिति २०७४।०४।१५ गतेदेखि जी.टी. (गणित) पदमा कार्यरत शिव काफ्लेको बिदाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडे, निमित्त व्यवस्थापक अधिकृत सेनानी श्री रिता थापा, भाइस प्रिन्सिपल श्री गणेश प्रसाद तिमिल्सिना लगायतले महाविद्यालय तथा शिक्षक कर्मचारीको तर्फबाट खादा तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । सो अवसरमा बिदाई भई जानुहुने जी.टी. शिव काफ्लेले आफूले महाविद्यालयबाट सिकेका ज्ञान र सिप जीवन पर्यान्त उपयोगी रहने कुरा बताउनुभएको थियो भने कार्यक्रमको अन्त्यमा महाविद्यालयका प्रिन्सिपल र निमित्त व्यवस्थापक अधिकृतज्यूले बिदाई भई जानुहुने शिक्षक शिव काफ्लेले महाविद्यालयको शैक्षिक उन्नयनमा पुर्याउनुभएको योगदानको उच्च प्रशंशा गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको थियो ।
14/08/2026
आज मिति २०८३।०४।२९ गते शुक्रबार यस सैनिक आवासीय महाविद्यालय, चितवनमा श्रावण महिनामा जन्मदिन परेका महाविद्यालयका शिक्षक, कर्मचारी, सैनिक सकलदर्जा तथा कक्षा ६-१२ मा अध्ययनरत विद्यार्थीहरूलाई Birthday Cake वितरण गरी सामूहिक जन्मदिन मनाइएको छ । उक्त अवसरमा महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडे र निमित्त व्यवस्थापक अधिकृत सेनानी श्री रिता थापाले जन्मदिन परेका सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
13/08/2026
आज मिति २०८३।०४।२८ गते बिहीबार यस सैनिक आवासीय महाविद्यालय, चितवनमा कक्षा ६-८ मा अध्ययनरत विद्यार्थीहरूको लागि नेपाली कथा लेखन तथा प्रस्तुतीकरण र कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरूको लागि अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कथा लेखन तथा प्रस्तुतीकरणतर्फ कक्षा ८ की छात्रा गुञ्जन धिताल र रिता सुनार क्रमश: प्रथम र द्वितीय र कक्षा ६ की छात्रा साइमिना मगर तृतीय हुन सफल भएका थिए । त्यसैगरी हाजिरीजवाफ प्रतियोगतातर्फ हरियो सदन प्रथम हुन सफल भएको थियो । महाविद्यालयका प्रिन्सिपल श्री बाबुराम बन्जाडे र निमित्त व्यवस्थापक अधिकृत सेनानी श्री रिता थापाज्यूले विजयी विद्यार्थीहरूलाई बधाई सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।
12/08/2026
शिक्षक आवश्यकता सम्बन्धी सूचना
31/07/2026
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना
29/07/2026
आज मिति २०८३।०४।१३ गते यस सैनिक आवासीय महाविद्यालय चितवनमा गुरू पूर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीहरूको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले प्रिन्सिपल, प्रमुख व्यवस्थापक, सम्पर्क अधिकृत, भाइस प्रिन्सिपल, बन्दोवस्ती अधिकृत तथा कार्यरत शिक्षकहरूलाई टीका एवम् खादाद्वारा सम्मान गरेका थिए । सो अवसरमा विद्यार्थीहरूद्वारा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
29/07/2026
आज मिति २०८३।०४।१३ गते बुधबार यस महाविद्यालयका नवनियुक्त प्रमुख व्यवस्थापक प्रमुख सेनानी निरज प्रताप ज.व.रा.ज्यूले महाविद्यालयको प्रमुख व्यवस्थापकको कार्यभार ग्रहण गर्नुभएको छ । महाविद्यालयमा आयोजित विशेष कार्यक्रमका बिच निवर्तमान प्रमुख व्यवस्थापक प्रमुख सेनानी राम बहादुर बोहोराज्यूले नवनियुक्त प्रमुख व्यवस्थापकज्यूलाई उक्त कार्यभार हस्तान्तरण गर्नुभएको हो ।
महाविद्यालयद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा प्रिन्सिपल श्री बाबुराम बन्जाडेज्यू, नवनियुक्त प्रमुख व्यवस्थापक प्रमुख सेनानी श्री निरज प्रताप ज.व.रा.ज्यू, भाइस प्रिन्सिपल श्री गणेशप्रसाद तिमिल्सिना, सम्पर्क अधिकृत सेनानी श्री रिता थापा, होस्टेल सुपरिटेन्डेन्ट श्री सुरजचन्द्र गौतम, विभागीय प्रमुखहरू, विषय इन्चार्ज, सैनिक सकलदर्जा, कर्मचारी लगायतको उपस्थितिमा निवर्तमान प्रमुख व्यवस्थापक प्रमुख सेनानी राम बहादुर बोहोराज्यूलाई शिक्षक तथा कर्मचारीकोतर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । निवर्तमान प्रमुख व्यवस्थापक प्रमुख सेनानी श्री राम बहादुर बोहोराज्यूले महाविद्यालयमा कार्यरत शिक्षक, कर्मचारी लगायत सम्बद्ध सबै पक्षबाट प्राप्त साथ तथा सहयोगको लागि सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नव नियुक्त प्रमुख व्यवस्थापक प्रमुख सेनानी श्री निरज प्रताप ज.व.रा.ज्यूको कार्यकालको सफलताको कामना समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रिन्सिपल श्री बाबुराम बन्जाडेज्यूले निवर्तमान प्रमुख व्यवस्थापकज्यूले आफ्नो कार्यकालमा महाविद्यालयमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै नवनियुक्त प्रमुख व्यवस्थापकज्यूलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।