Shree Shahid Dasharathchand Secondary School, Mechinagar-1 3 ,Charali

  • Home
  • Nepal
  • Charali
  • Shree Shahid Dasharathchand Secondary School, Mechinagar-1 3 ,Charali

Shree Shahid Dasharathchand Secondary School, Mechinagar-1 3 ,Charali A Community Based School

हाम्रो बार्षिक कार्य पात्रो अनुरुप दसरथ स्काउट दल द्वारा आयोजित चित्रकला प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्न सफल वि...
18/08/2026

हाम्रो बार्षिक कार्य पात्रो अनुरुप दसरथ स्काउट दल द्वारा आयोजित चित्रकला प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाइ पुरस्कृत गरियो।
सबै बिजेता विद्यार्थीहरुलाइ बधाइ।
प्रथम: रितु कार्की
द्वितीय: आशिका गौतम
तृतिय : टेनिस राजबङ्सि
सान्तवना : सुमित्रा सेन्च्युरी
अर्पण लिङ्देन
जम्मा सहभागी ४३ जना

हाम्रो बिद्यालयकी लगनशिल, कर्मठ, अनुशासित अनि मिलनसार शिक्षक पार्वता निरौला मेडमलाइ जन्मदिनको कोटि कोटि शुभकामना ।जिवनले...
15/08/2026

हाम्रो बिद्यालयकी लगनशिल, कर्मठ, अनुशासित अनि मिलनसार शिक्षक पार्वता निरौला मेडमलाइ जन्मदिनको कोटि कोटि शुभकामना ।जिवनले थप उचाई प्राप्त गर्दै अघि बढोस।सुस्वास्थ्य एबम दिर्घ जिवनको कामना।

आवश्यकता।पद: बिद्यालय सहायक कर्मचारी (लेखा)
05/08/2026

आवश्यकता।
पद: बिद्यालय सहायक कर्मचारी (लेखा)

हाल बिद्यालयको लेखा कर्मचारिको रुपमा कार्यरत नर ब. श्रेष्ठ आजबाट निबृत्त हुनुभयो।बि.स २०४१/१०/१० मा हाम्रो श्री सहिद दसर...
20/07/2026

हाल बिद्यालयको लेखा कर्मचारिको रुपमा कार्यरत नर ब. श्रेष्ठ आजबाट निबृत्त हुनुभयो।

बि.स २०४१/१०/१० मा हाम्रो श्री सहिद दसरथ चन्द माध्यमिक बिद्यालयमा बिद्यालय कर्मचारीको रुपमा पाइलो टेकेर शुरु भएको जागिरे यात्रा आज ४१ बर्ष ५ महिना २४ दिन पछि समाप्त भएको छ।
चार दसक भन्दा बढी न्यून सेवा सुबिधाका बाबजुद बिद्यालयको श्री बृद्धिमा अबिरल लागिरहनुभएका नर ब सर जस्ता देश भरका हजारौ बिद्यालय कर्मचारिहरु रित्तो हात लिएर घर फर्कनु पर्ने अवस्थाको अन्त्य कहिले होला नि?
यो मुलुकले बिद्यालय शिक्षा कहिले बुझ्ला ?

अन्त्यमा नर ब सरको आगत अझै अर्थपूर्ण रुपमा थप उचाई प्राप्त गर्दै अघि बढोस भन्दै शुखमय निबृत्त जिवनको शुभकामना समेत ब्यक्त गर्दछौ।

19/07/2026

आदरणीय अभिभावक ज्युहरु।
भोलि २०८३/०४/०४ गते सोमबार बिहानी समयका ( कक्षा ११ र १२) कक्षाहरु बन्द रहने र भोलिको बिदा बर्खे बिदाबाट कट्टि गरिने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कोचिङ्ग कक्षाहरु भने सुचारु रहने छन ।

16/07/2026

आदरणीय अभिभावकज्यु हरु।

नगर शिक्षा शाखाको बार्षिक क्यालेन्डर अनुरुप २०८३ साल साउन महिनाको १ गतेदेखि २४ गतेसम्म बर्खे बिदा हुने भएकोले विद्यालय बन्द रहने कुरा सबैमा जानकारी गराइन्छ।
तर
बिहानी समयमा सञ्चालन हुने कक्षा ११ र १२ को कक्षाहरू निरन्तर सञ्चालन हुनेछन्।

बिद्यालयका तपसिल बमोजिमका कार्यक्रमहरु पनि यथावत सन्चालन हुनेछन् ।

क) कक्षा ८,९ र १० का बिद्यार्थीहरुका लागि बिहानी सत्रमा बिज्ञान र गणित बिषयको कोचिङ कक्षा सन्चालन हुने।
(अभिभावकलाइ पत्र मार्फत जानकारी गराइ सकिएको)
ख) सिकाइको स्तर कमजोर देखिएका विद्यार्थीहरुका लागि बेग्लै कक्षा सन्चालन हुने।(अभिभावकलाइ पत्र मार्फत जानकारी गराइ सकिएको)
ग) कक्षा ११ को भर्ना कार्यक्रम
घ) बिहान ६:२० बाट ४ बजे सम्म बिद्यालय प्रशासन खुला रहने

14/07/2026

सिकाइ निरन्तर
आजको बसाइ कक्षा ४ र ५ को आन्तरिक मुल्यांकन प्रणाली।
सहजकर्ता : सिताराम रिमाल

13/07/2026

सिक्दै सिकाउदै।
AI सम्बन्धी तालिम जारी छ।आजको तालिम विशेष नितिराज सर को सहजीकरण ।

10/07/2026

आज बाट दुई दिने कृतिम बौद्धिकता(AI) सम्बन्धी तालिम शुरु।
सहजकर्ता द्वय: रुप नारायण बस्नेत
नितिराज न्यौपाने
हाम्रो यात्रा जारी छ।

२०७६ सालमा प्रदेश सरकारको सहयोगमा  हाम्रो श्री सहिद दसरथ चन्द माध्यमिक बिद्यालय मा शुरु भएको बिद्यालय नर्सिङ कार्यक्रम आ...
07/07/2026

२०७६ सालमा प्रदेश सरकारको सहयोगमा हाम्रो श्री सहिद दसरथ चन्द माध्यमिक बिद्यालय मा शुरु भएको बिद्यालय नर्सिङ कार्यक्रम आज सफलताको एक सिढी चढ्न सफल बनेको छ।स्वास्थ्य मन्त्रालयले अघि सारेको स्वास्थ्य प्रबर्धनात्मक बिद्यालय सम्बन्धि धारणा भित्र सुचक हरुको अध्ययन गरि स्वास्थ्य प्रबर्धनात्मक बिद्यालयको रुपमा हाम्रो बिद्यालयलाइ प्रमाणपत्र प्राप्त भएको छ।जिल्ला समन्वय समिती, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि र अधिकृत ज्युहरुबाट आकस्मिक अनुगमन गरि सत्य तथ्य बुझी प्रत्येक सूचकांकहरुको अध्ययन पश्चात् प्रमाणिकरण प्रकृया पूरा गरि प्रमाणपत्र हस्तान्तरण गर्ने काम भएको छ।झापा जिल्ला भरिका अत्यन्तै थोरै बिद्यालय भित्र ( मेचिनगर भित्रकै एक मात्र) पर्नु आफैमा गौरबपुर्ण कुरो हो।यो सफलता हात पारिरहदा तत्कालिन अवस्थामा रहनुहुने प्र. अ रमेश कुमार सापकोटा , बि. ब्य . स अध्यक्ष कृष्ण सिग्देल , पुर्ब बि. ब्य .स अध्यक्ष केदार बहादुर बुढाथोकी , शि. अ. संघ अध्यक्ष केशब प्रसाद न्यौपाने, बर्तमान बिद्यालय ब्यवस्थापन समिती सबैनै धन्यवादका पात्र हुनुहुन्छ। बिद्यालयमा स्वास्थ्य र सरसफाइलाई महत्वका साथ हेरि सहयोगी रुपमा निरन्तर लाग्नुहुने हेल्थ क्लबका सबै सबै नै यसका हकदार हुनुहुन्छ।जहिल्यै आफ्नो काम पुर्ण उत्तरदायित्वका साथ बहन गरि, कहिल्यै गुनासो नगरी बिद्यालय नर्शिङ कार्यक्रमलाइ आजको प्रमाणपत्र प्राप्त गर्ने अवस्था सम्म ल्याउनुहुने बिद्यालयकी नर्स शोभा अधिकारी मेडमको बिशेष भुमिकाको हामी मुक्त कण्ठले प्रसम्शा गर्दछौ।अन्त्यमा बिद्यालय नर्स कार्यक्रमको लागि हाम्रो बिद्यालयलाइ उपयुक्त सम्झी नर्स ब्यवस्थापन गरिदिनुहुने तत्कालिन प्रदेश सभा सदस्य , हालका मेचिनगर नगर प्रमुख Gopal Budhathoki प्रती हामि हृदय देखि नै सम्मान ब्यक्त गर्दछौ।हाम्रा समस्त सहकर्मी शिक्षक/ कर्मचारी मित्रहरु, बाल क्लब , यु रे स, फेन क्लब , स्काउट मा रहेर सम्योजन गर्ने सबै सबै नै यो प्राप्तिको असली हकदार हुनुहुन्छ।
प्रत्येक दिन स्वास्थ्य र सरसफाइ मा लागिपर्ने विद्यार्थी भाइ बहिनिहरुको योगदान पनि उत्तिकै रहेको छ।
हामी लागि रहेका छौ।
हामी सस्तो प्रचार भन्दा काममा बिश्वाश गर्छौ।परिणाममा बिश्वास गर्छौ।
हाम्रो यात्रा जारी छ।
तपाईं अभिभावक ज्यु हरुको निरन्तर सहयोगनै हाम्रो लागि अघि बढ्ने प्रेरणा हो।
जय सहिद दसरथ।

Address

Charali
Charali

Opening Hours

Monday 00:00 - 00:00
Tuesday 00:00 - 00:00
Wednesday 00:00 - 00:00
Thursday 00:00 - 00:00
Friday 00:00 - 00:00
Saturday 10:00 - 13:00
Sunday 00:00 - 00:00

Telephone

+97723460005

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shahid Dasharathchand Secondary School, Mechinagar-1 3 ,Charali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share