शिक्षक सेवा आयोग तयारी- Kiran Neupane

शिक्षक सेवा आयोग तयारी- Kiran Neupane

Share

शिक्षक सेवा आयोग तयारीका लागि
विश्वसनीय अध्ययन सामग्री 📚
नियमित अपडेट 📔
आजको तयारी, भविष्यको स्थायी शिक्षक

25/05/2026

शिक्षक कर्मचारीहरुले राष्ट्रीय किताबखाना (शिक्षक) मा आफ्नो सिटरोल फारम भर्दाको बखत बुझाएको बिबरणको Online Entry त्रुटी भए/नभएको एकिन गर्न, तल उल्लेखित लिंक ओपन गरी आफ्नो User ID र Password login गरी ब्यक्तिगत बिबरण र हाल दरबन्दी कायम रहेको/कार्यरत विद्यालय, सम्पति बिबरण बुझाएको/नबुझाएको बिबरण इत्यादि चेक गर्न सकिन्छ ।
नयाँ शिक्षकहरुको हकमा:
User ID – सिट्रोल न.
Password – नामको अगाडिको ३ वटा लेटर + सिट्रोल न.
(उदाहरणको लागी तपाईको नाम Rajesh र सिट्रोल न. १२३४५६ भए, User ID – 123456 Password – RAJ123456)
https://app.stro.gov.np/intranet/docprOnline/home/login.php

15/04/2026

अन्तर्राष्ट्रिय सीमा रेखाहरू (International Boundary Lines)
१. मेकमोहन लाइन: चीन र भारत बीच
२. ड्यूरान्ड लाइन: भारत र अफगानिस्तान बीच
३. हिन्डेनवर्ग लाइन: जर्मनी र पोल्याण्ड बीच
४. रेडक्लिफ लाइन: भारत र पाकिस्तान बीच
५. २४ प्यारलल: भारत र पाकिस्तान बीच
६. ३८ प्यारलल: उत्तर र दक्षिण कोरिया बीच
७. ४९ प्यारलल: क्यानडा र अमेरिका बीच
८. म्यागिनोट लाइन: फ्रान्सले स्विजरल्याण्ड र बेल्जियमसम्म बनाएको किल्ला
९. अर्डर निसे लाइन: पोल्याण्ड र पूर्वी जर्मनी बीच
१०. सिगफ्राइड लाइन: जर्मनी र फ्रान्स बीच
१२. मेनरेहम लाइन: रुस र फिनल्याण्ड बीच
१३. युरेसिया: युरोप र एशिया बीच
१४. मृत्यु रेखा: अमेरिका र लिबिया बीच विवादित रेखा
१५. १७ प्यारालल: उत्तरी र दक्षिणी भियतनाम बीच
१६. दश गजा: नेपाल र भारत बीच

15/04/2026

ताराहरू (Stars)
• सूर्य: पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सूर्य हो।
• सिरियस/डग स्टार (Sirius/Dog Star): पृथ्वीबाट रातको समयमा आकाशमा देखिने सबैभन्दा चम्किलो तारा सिरियस हो।
• अल्फा सेन्चुरी (Alpha Centauri):
• सूर्यबाहेक हाम्रो ग्रह (पृथ्वी) बाट सबैभन्दा नजिकको तारा अल्फा सेन्चुरी हो।
• अल्फा सेन्चुरी एउटा मात्र तारा नभएर एउटा 'ट्रिपल स्टार' प्रणाली हो, जसमा तीनवटा ताराहरू रहेका छन्।
• यी तीन ताराहरू: रिलगल केन्टाउरस (अल्फा सेन्चुरी-A), टोलिमान (B) र प्रोक्सिमा सेन्चुरी (C) हुन्।
• प्रोक्सिमा सेन्चुरी (Proxima Centauri): सूर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी हो।
सौर्यमण्डल/सौर्य परिवार (Solar System)
• सूर्य, ग्रह, उपग्रह, शिशुग्रह, पुच्छ्रेतारा (धूम्रकेतु), ग्रहहरूको वरिपरि छरिएर रहेका चार्जयुक्त परमाणु र धुलोका कणहरू मिलेर बनेको सूर्यको परिवारलाई सौर्यमण्डल भनिन्छ।
• पृथ्वी केन्द्रित अवधारणा (Geo-centric Model):
• यस अवधारणाअनुसार ब्रह्माण्डको केन्द्रमा पृथ्वी रहेको र सूर्य लगायत अन्य ग्रहहरूले यसको परिक्रमा गर्दछन् भन्ने मान्यता थियो।
• युनानी खगोलशास्त्री क्लाउडियस टोलेमी (Ptolemy) ले यो पृथ्वी केन्द्रित परिकल्पना प्रस्तुत गरेका थिए।
• सूर्य केन्द्रित सिद्धान्त (Heliocentric Theory):
• पृथ्वी केन्द्रित मोडेलको विपरीत सन् १५४३ मा पोल्याण्डका निकोलस कोपर्निकस (Nicolas Copernicus) ले सूर्य केन्द्रित सिद्धान्त प्रस्तुत गरे।
• निकोलस कोपर्निकसलाई आधुनिक खगोल शास्त्रका पिता भनिन्छ।
• यस सिद्धान्तअनुसार सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको छ र अन्य ग्रह तथा आकाशीय पिण्डहरूले यसलाई परिक्रमा गर्दछन्।
सूर्य (Sun)
• सूर्यले सम्पूर्ण सौर्य प्रणालीको कुल पिण्डको ९९.८६५% हिस्सा ओगट्छ।
• सूर्यमा सबैभन्दा बढी पाइने ग्यास हाइड्रोजन (७३.४६%) हो भने दोस्रो बढी पाइने ग्यास हिलियम (२४.८५%) हो।
• सूर्य लगायत अन्य ताराहरूको प्रकाश वा तापको मुख्य स्रोत न्युक्लियर फ्युजन (हाइड्रोजन हिलियममा परिणत हुने आणविक प्रक्रिया) हो।
• सूर्यको एक दिन (भ्रमण अवधि): सूर्यले आफ्नो अक्ष (Axis) मा एक पटक घुम्न २५ दिन ५ घण्टा लगाउँछ।
• सूर्यको एक वर्ष (कोस्मिक वर्ष):
• सूर्यले आकाशगंगा तारापुञ्जको केन्द्रलाई परिक्रमा गर्ने कक्षलाई 'ग्यालेक्टिक सेन्टर' भनिन्छ।
• सूर्यले आकाशगंगाको केन्द्रको वरिपरि एक पटक परिक्रमा गर्न लगभग २२५ देखि २५० मिलियन वर्ष (२५ करोड वर्ष) लगाउँछ। यसै समयलाई ग्यालेक्टिक वर्ष वा ब्रह्माण्ड वर्ष (Cosmic Year) भनिन्छ।
• यन्त्र (Instrument): सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई हेलिस्कोप (Heliscope/Soliscope) भनिन्छ।

15/04/2026

ब्रह्माण्ड (Universe)
• ब्रह्माण्ड: सम्पूर्ण तारा, तारापुञ्ज, तारामण्डल, आकाशगंगा, ग्रह, उपग्रह, तमाम आकाशीय पिण्ड, तिनमा रहेका सबै प्रकारका पदार्थ (ग्यास, धुलोका बादल, प्रकाश) ऊर्जासहितको सबै ठाउँ, समय र यसका सामग्रीहरूको समष्टगत स्वरूप हो ।
• खगोल शास्त्र (Astronomy): ब्रह्माण्डसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई खगोल शास्त्र भनिन्छ ।
• ब्रह्माण्ड विज्ञान (Cosmology): ब्रह्माण्डको उत्पत्ति र विकाससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ब्रह्माण्ड विज्ञान वा 'कस्मोलोजी' भनिन्छ ।
• प्रकार: ब्रह्माण्ड दुई प्रकारका रहेका छन्: दृश्य ब्रह्माण्ड र अदृश्य ब्रह्माण्ड । दृश्य ब्रह्माण्ड त्यो हो जहाँबाट प्रकाश हामीसामु आइपुगेको छ ।
महाविस्फोटको सिद्धान्त (Big Bang Theory)
ब्रह्माण्डको उत्पत्तिका सम्बन्धमा प्रतिपादित सबैभन्दा प्रख्यात सिद्धान्त 'बिग ब्याङ्ग थ्योरी' हो ।
• सुरुवात: बिग ब्याङ्ग भन्नाले समय र आकाश (Space) सुरु भएको अवस्था हो ।
• समय: यस सिद्धान्तअनुसार ब्रह्माण्डको उत्पत्ति १३.७ अर्ब (करिब १४ अर्ब) वर्ष पहिले अचानक कुनै ठुलो वस्तुको महाविस्फोट भई भएको मानिन्छ ।
• बिन्दु (Singularity): यसअनुसार ब्रह्माण्डको उत्पत्ति एक प्राथमिक परमाणु वा तातो र घना एक बिन्दुबाट भएको थियो, जसलाई 'Point of Singularity' भनिन्छ । पछि कुनै कारणवश त्यो बिन्दुमा एक महाविस्फोट भयो जसलाई 'Big Bang' भनिन्छ । त्यसपछि ब्रह्माण्डका पदार्थहरू एकअर्कादेखि प्रकाशको गतिभन्दा तीव्र गतिमा फैलिन थाले ।
• प्रतिपादक: सन् १९२७ मा बेल्जियमका वैज्ञानिक जर्ज लेमैत्रे (Georges Lemaitre) ले यो सिद्धान्त प्रतिपादन गरेका थिए ।
आकाशगंगा (Galaxy)
आकाशगंगा ग्यास, धुलो र अर्बौँ ताराहरू र तिनका सौर्यमण्डलहरूको विशाल सङ्ग्रह हो । (उदाहरण: Milky Way Galaxy, Andromeda Galaxy)
• हाम्रो सौर्यमण्डल, सूर्य र पृथ्वी रहेको आकाशगंगा Milky Way Galaxy हो, जुन 'स्पाइरल' (कमानी) आकारको हुन्छ ।
• चिनियाँ भाषामा: मिल्की वे शब्दको अर्थ "चाँदीको नदी" हो ।
• संस्कृत भाषामा: यसलाई "मन्दाकिनी" भनिन्छ, जसको अर्थ "शान्त" हो ।
• दूरी: मिल्की वे आकाशगंगाको एक बिन्दुदेखि अर्को बिन्दुसम्म पुग्न १ लाख प्रकाश वर्ष लाग्दछ ।
• मोटोपन: यसको मोटोपन १० हजार प्रकाश वर्ष रहेको छ ।
• जानकारी: मिल्की वे आकाशगंगाबाट सबैभन्दा नजिकको ग्यालेक्सी एन्ड्रोमेडा (Andromeda) हो ।
तारामण्डल (Constellation)
• निश्चित आकारमा देखिने ताराहरूको समूहलाई तारामण्डल भनिन्छ ।
• पृथ्वीको वरिपरिको आकाशलाई ८८ भागमा बाँडेर हेर्दा जम्मा ८८ वटा तारामण्डल रहेका छन् ।
• सबैभन्दा ठुलो तारामण्डलको नाम हाइड्रा (Hydra) हो ।
• राशि (१२ वटा) र नक्षत्र (२७ वटा) तारामण्डलका उदाहरण हुन् ।

Photos from शिक्षक सेवा आयोग तयारी- Kiran Neupane's post 22/03/2026

कक्षा १ देखि कक्षा ३ सम्मको iemis मा अँक प्रविष्ट गर्ने सँकलन फाराम 📚📚📚

07/03/2026

जनताले धेरै विश्वास गरेर आशा र भरोसाका साथ देशको जिम्मेवारी सुम्पिएका छन ...जनताको विश्वास मर्न नदिनुहोला,
जनताको विश्वासको कदर गर्नु नै साँचो नेतृत्वको पहिचान हो।
सत्ता भनेको व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम होइन, जनताको जीवनस्तर उकास्ने अवसर हो। त्यसैले पदमा पुगेपछि जनताको आवाज सुन्ने, उनीहरूको पीडा बुझ्ने र देशको हितमा काम गर्ने दायित्व पुरा गर्नुहोला ।

आजको जनता पहिलेको जस्ता छैनन्। उनीहरू सचेत छन् र आफ्नो जिम्मेवारी बुझ्ने भएका छन्। राम्रो काम गर्नेहरूलाई साथ दिन्छन् र गलत बाटो हिँड्नेहरूलाई डांडा कटाउन पनि जान्दछन्।
याद राख्नुहोस्,
जनताको विश्वास जित्न धेरै समय लाग्छ, तर गुमाउन एक क्षण पनि लाग्दैन। त्यसैले इमान्दारिता, पारदर्शिता र जनताको हितलाई पहिलो प्राथमिकता दिएर काम गर्नुहोला। देश बनाउने अवसर पाउनु हजुरहरुको ठूलो जिम्मेवारी र सौभाग्य दुवै हो।
अहिलेका जनता चुप लागेर बस्ने जनता होइनन्, भोट बदल्न जनताले सिकिसकेका छन्, आवश्यक परे नेतृत्व पनि बदल्न सक्छन्।
त्यसैले विश्वास जोगाउनुहोस्, जिम्मेवारी निभाउनुहोस्, र देश र जनताको भविष्य उज्यालो बनाउने काममा लाग्नुहोस् । हजुरहरुले केवल चुनाव जित्नुभएको छ असली परीक्षा त अब सुरु हुदै छ आशा छ आज आफुले जित्नुभयो भयो देश र जनतालाई पनि जिताउनुहुनेछ...सम्पुर्ण लिडरहरुलाई सफल कार्यकालको शुभकामना !!!
-Kiran Neupane

06/03/2026

You are my sunshine 😘😘Love you forever # cutebaby

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Rupandehi
Butwal
32900