15/04/2026
ब्रह्माण्ड (Universe)
• ब्रह्माण्ड: सम्पूर्ण तारा, तारापुञ्ज, तारामण्डल, आकाशगंगा, ग्रह, उपग्रह, तमाम आकाशीय पिण्ड, तिनमा रहेका सबै प्रकारका पदार्थ (ग्यास, धुलोका बादल, प्रकाश) ऊर्जासहितको सबै ठाउँ, समय र यसका सामग्रीहरूको समष्टगत स्वरूप हो ।
• खगोल शास्त्र (Astronomy): ब्रह्माण्डसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई खगोल शास्त्र भनिन्छ ।
• ब्रह्माण्ड विज्ञान (Cosmology): ब्रह्माण्डको उत्पत्ति र विकाससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ब्रह्माण्ड विज्ञान वा 'कस्मोलोजी' भनिन्छ ।
• प्रकार: ब्रह्माण्ड दुई प्रकारका रहेका छन्: दृश्य ब्रह्माण्ड र अदृश्य ब्रह्माण्ड । दृश्य ब्रह्माण्ड त्यो हो जहाँबाट प्रकाश हामीसामु आइपुगेको छ ।
महाविस्फोटको सिद्धान्त (Big Bang Theory)
ब्रह्माण्डको उत्पत्तिका सम्बन्धमा प्रतिपादित सबैभन्दा प्रख्यात सिद्धान्त 'बिग ब्याङ्ग थ्योरी' हो ।
• सुरुवात: बिग ब्याङ्ग भन्नाले समय र आकाश (Space) सुरु भएको अवस्था हो ।
• समय: यस सिद्धान्तअनुसार ब्रह्माण्डको उत्पत्ति १३.७ अर्ब (करिब १४ अर्ब) वर्ष पहिले अचानक कुनै ठुलो वस्तुको महाविस्फोट भई भएको मानिन्छ ।
• बिन्दु (Singularity): यसअनुसार ब्रह्माण्डको उत्पत्ति एक प्राथमिक परमाणु वा तातो र घना एक बिन्दुबाट भएको थियो, जसलाई 'Point of Singularity' भनिन्छ । पछि कुनै कारणवश त्यो बिन्दुमा एक महाविस्फोट भयो जसलाई 'Big Bang' भनिन्छ । त्यसपछि ब्रह्माण्डका पदार्थहरू एकअर्कादेखि प्रकाशको गतिभन्दा तीव्र गतिमा फैलिन थाले ।
• प्रतिपादक: सन् १९२७ मा बेल्जियमका वैज्ञानिक जर्ज लेमैत्रे (Georges Lemaitre) ले यो सिद्धान्त प्रतिपादन गरेका थिए ।
आकाशगंगा (Galaxy)
आकाशगंगा ग्यास, धुलो र अर्बौँ ताराहरू र तिनका सौर्यमण्डलहरूको विशाल सङ्ग्रह हो । (उदाहरण: Milky Way Galaxy, Andromeda Galaxy)
• हाम्रो सौर्यमण्डल, सूर्य र पृथ्वी रहेको आकाशगंगा Milky Way Galaxy हो, जुन 'स्पाइरल' (कमानी) आकारको हुन्छ ।
• चिनियाँ भाषामा: मिल्की वे शब्दको अर्थ "चाँदीको नदी" हो ।
• संस्कृत भाषामा: यसलाई "मन्दाकिनी" भनिन्छ, जसको अर्थ "शान्त" हो ।
• दूरी: मिल्की वे आकाशगंगाको एक बिन्दुदेखि अर्को बिन्दुसम्म पुग्न १ लाख प्रकाश वर्ष लाग्दछ ।
• मोटोपन: यसको मोटोपन १० हजार प्रकाश वर्ष रहेको छ ।
• जानकारी: मिल्की वे आकाशगंगाबाट सबैभन्दा नजिकको ग्यालेक्सी एन्ड्रोमेडा (Andromeda) हो ।
तारामण्डल (Constellation)
• निश्चित आकारमा देखिने ताराहरूको समूहलाई तारामण्डल भनिन्छ ।
• पृथ्वीको वरिपरिको आकाशलाई ८८ भागमा बाँडेर हेर्दा जम्मा ८८ वटा तारामण्डल रहेका छन् ।
• सबैभन्दा ठुलो तारामण्डलको नाम हाइड्रा (Hydra) हो ।
• राशि (१२ वटा) र नक्षत्र (२७ वटा) तारामण्डलका उदाहरण हुन् ।