24/11/2025
यस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयकाे कानुन संकायकाे पहिलाे ब्याचकी विद्यार्थी मञ्जिलाले साे परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् ।