20/05/2024
आदरणिय अभिभाबक ज्यू ,
प्याब्सन जिल्ला कमिटी रुपन्देहीका पूर्व अध्यक्ष श्री यम बहादुर रसाइली ज्युको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्याव्सन, रुपन्देहीको निर्णय बमोजिम मिति २०८१ जेष्ठ ७ गते रुपन्देही जिल्ला भरीका निजी बिद्यालयहरुमा पठनपाठन बन्द गरि शोकमा भागलिई उहाँले बिद्यालयहरुको उन्नतीका लागि गर्नुभएको योगदानको कदर स्वरुप बिदा आब्ह्वान गरिएको हुँदा, मंगलबार विद्यालय बन्द रहने कुरा जानकारी गराउँदछौ। यस शोकको घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौ. ।
बोधी ईण्टरनेशनल मण्टेश्वरी स्कूल परिवार
लुम्बिनी
18/01/2024
गत जेठ महिनामा मेरो संलग्नतामा गरिएका दुबै बाटोहरु एशियाली विकास बैंकको सहयोगमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्माण हुने भएका छन् ।
१) मोगलाह—मसिना—अधियारी—भैसहिया ८.०४ किलोमिटर
२) महिलवार चोक देखि लुम्बिनी बस टर्मिनलसम्मको पहुँच सडक ३।९४ किलोमिटर
हामीलाई बधाई । धन्यबाद माननीय बासुदेब घिमिरे ज्यू ।
12/11/2023
नेपालीहरुको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड तिहार, उज्यालोको पर्व, अन्धकारमाथि प्रकाशको विजय, खराबी माथि असलको विजय, अज्ञानमाथि ज्ञानको विजय, गरिबी माथि समृद्धिको विजयको प्रतीक यस चाडको मंगलमय शुभकामना ।
11/11/2023
चस्मा लगाउनेहरुको कदर गर्नु किन कि, उनीहरुले तपाईँलाई हेर्न पैसा खर्च गरेका छन् । कानमा चस्माको डण्डी र नाकमा चस्मा अड्याएर कान र नाकलाई दुःख पनि दिएका छन् ।
21/03/2023
"भविष्य अन्धकारमा छ" भने भन्दैमा राति टर्च बालेर खाेज्दैमा भेटिन्छ त ?
20/03/2023
यदि खाद्यान्न सस्तो चाहिन्छ भने, किसानका छाेरा छाेरीले निशुल्क शिक्षा, राेजगारीकाे ग्यारेन्टी, ब्रिद्धावश्थामा आरामकाे ब्यवस्था गरिनुपर्छ ।
19/03/2023
कसले भन्छ ?" हामी खाली हात आएथ्याैं, खाली जान्छौ । "
हामी आउँदा बन्द मुट्ठीमा प्रशस्त सम्भावना, स्वर्णीम सपना, संसारको लागि केही बिशेष महान कार्य गर्ने दृढ अठोट बोकेर आएका हौं । हामी जाँदा निकै उदारताका साथ दुबै हात खोली हाम्रा उपलब्धिहरू भावी सन्ततिका प्रयोगका लागि छोडेर जान्छौ ।
हाम्रा यश र कृति छाडेर जान्छौ ।
17/03/2023
प्रेरणादायी लघुकथा शिर्षक : दुई राेटी
खाना खान बस्दा छाेरालाई सिकाउदै पिता जी ।
पिता: दुई वटा राेटी हामीले खानु हुदैन । पकाउदै गर्दाकाे पहिलाे राेटी अग्निलाई र अन्तिम राेटी गाईलाई चढाउनु पर्छ ।
छाेरा: अनि जसकाे घरमा मात्र २ वटा राेटी पकाएर गुजारा चल्छ उसले के गर्ने त ?
पिता: उसकाे याे संसारमा कुनै अस्तित्व छैन । अनि जन्मदा २ राेटीकाे गुजारा वाला घरमा जन्मनु कसैकाे दाेष हैन बरू मर्ने बेला परिवारलाई २ राेटीकाे गुजारामा छाडि जानू दाेषि हाे । त्यसैले परिश्रम हर समय आवश्यक छ ।
10/03/2023
आफ्नो लागि समय अवश्य निकालाैं ।