Yeemlesh Gadee - यीमलेश गदी

Yeemlesh Gadee - यीमलेश गदी विभिन्न बिषय बस्तु सँग सम्बन्धित समस?

मिति:२०८०/११/२८श्री एनसेल प्रमुख कार्यालय, काठमाडौं विषय :-माहे रमजान महिनासम्म बज्ने गरि इस्लामी संस्कृति अनुसारको रिङ्...
11/03/2024

मिति:२०८०/११/२८
श्री एनसेल प्रमुख कार्यालय, काठमाडौं

विषय :-माहे रमजान महिनासम्म बज्ने गरि इस्लामी संस्कृति अनुसारको रिङ्गटाेन राखिदिनुहुन अनुरोध।

महाेदय,
इस्लाम धर्मावलम्बीहरूको पवित्र एक महिने रमजानकाे व्रत फागुन २९ गतेदेखि सुरु हुदैछ र चैत्र २८ गते ठूलो महान चाड पर्व ईद रहेको हुँदा एनसेल नेटवर्कमा इस्लामी संस्कृति अनुसारको कल ब्याक ट्युन(सिआरबिटी) राखिदिन एनसेल सँग विनम्र अनुरोध गर्दैछौं ।

निवेदक
यीमलेश गदी
मधेश प्रदेश पर्सा

नेपाल आयल निगमले विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ । 🙏👉
01/12/2023

नेपाल आयल निगमले विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ । 🙏👉

2024 काे T-20 विश्वकप खेल्ने २० देशहरू
01/12/2023

2024 काे T-20 विश्वकप खेल्ने २० देशहरू

सहमति ।
22/09/2023

सहमति ।

22/09/2023

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता (सहमतिका बुँदासहित)
१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।
२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने
(क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने
(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने।
(ग) प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था।
(घ) पेशागत सुरक्षाको लागि सजाय सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने।
(ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने।
(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने ।
(छ) प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने ।
(ज) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने।
(झ) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।
३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने
(क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने।
(ख) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु ।
(ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा
सम्बन्धी विषय ।
(घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन
लगायतका सुविधा सम्बन्धी विषय ।
(ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय ।
४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय:-
(क) विद्यालय कर्मचारीको दरबन्दीको विषय ।
(ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषयः।
(ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक,
सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय ।
(घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय ।
(ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा ।
(च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय ।
४ विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानुनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने।
५. साविक उच्च माध्यमिक विद्यालयमा, राहत, विशेष शिक्षा अनुदानकोटामा नियुक्त भई निरन्तर सेवारत सम्बन्धमा मिति २०७३/३/१५ अघि नियुक्त भएकाकोहकमा शत प्रतिशत र सो पश्चातको हकमा प सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने।
६. विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा स संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्ष प्रदान गर्ने
७. नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबा सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।

20/07/2023

निरन्तर विद्यार्थी घट्न थालेपछि त्रिविले ४ वर्षे स्नातक तहलाई पुन: ३ वर्षमा झार्ने तयारी गरेको छ ।

19/07/2023
अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ । भारतको सुरतमा बनेको यो भवनको नाम ...
19/07/2023

अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ । भारतको सुरतमा बनेको यो भवनको नाम Surat Diamond Bourse राखिएको छ । १४.३८ हेक्टरमा बनेको भवनमा ९ वटा टावर छन्, १५ तला छन् भने ४२०० कार्यालय राख्न सक्ने क्षमता छ । विगत ८० वर्षदेखि संसारको सबैभन्दा ठूलो प्रशासनिक भवन पेन्टागन थियो । जुन रेकर्ड भारतले ब्रेक गरेको छ ।

19/07/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो सुन बरामद 😮
-सुन चीनबाट ल्याइएको मोटरसाइको ब्रेकप्याडमा १६० सेटमा लुकाइएको अवस्थामा भेटिएको राजस्व अनुसन्धान विभागको भनाइ,
-शंकास्पद केही व्यक्ति पनि नियन्त्रणमा

शहिद दिवस
30/01/2023

शहिद दिवस

परिक्षा तालिका
30/01/2023

परिक्षा तालिका

आजदेखी कार्यालय समय १०:०० बजेदेखि ५:०० बजेसम्म 😶
30/01/2023

आजदेखी कार्यालय समय १०:०० बजेदेखि ५:०० बजेसम्म 😶

Address

Birgunj
44300

Telephone

+9779816262816

Website

Alerts

Be the first to know and let us send you an email when Yeemlesh Gadee - यीमलेश गदी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Yeemlesh Gadee - यीमलेश गदी:

Shortcuts

Share