25/05/2026
Morang Campus Biratnagar महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर This is official page of Mahendra Morang Campus.
25/05/2026
19/05/2026
हार्दिक बधाई तथा शुभकामना!
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, वनस्पतिशास्त्र विभागकी आदरणीय उपप्राध्यापक एलिजा आचार्य शिवाकोटीज्यूले वनस्पतिशास्त्र विषयमा आफ्नो विद्यावारिधि (Ph.D.) तहको अध्ययन सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
उहाँको यो गरिमामय प्राज्ञिक उपलब्धि क्याम्पस र विशेष गरी वनस्पतिशास्त्र विभागका लागि अत्यन्तै गौरवको विषय हो। विभागद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको छ।
डा. एलिजा आचार्य शिवाकोटीज्यूको आगामी प्राज्ञिक यात्रा, अनुसन्धान र सुखद भविष्यको लागि वनस्पतिशास्त्र विभाग तथा क्याम्पस परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
19/05/2026
छलफलमा ।
#महेन्द्रमोरङआदर्शबहुमुखीक्याम्पस
२०८३-२-५
16/05/2026
छलफलमा सक्रिय डा शिवचन्द्र चौधरी, डा मोहन सुवेदी र विद्यावारिधि अध्येता अर्जुन तामाङ ।
#महेन्द्रमोरङआदर्शबहुमुखीक्याम्पस #महेन्द्रमोरङ
16/05/2026
भावपूर्ण श्रद्धाञ्जली
सरल स्वाभावका धनी, मृदुभाषी कर्मचारी उमेश थापाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
15/05/2026
मोरङ क्याम्पसमा रसायनशास्त्रीलाई सम्मान तथा बिदाइ
उद्घोष संवाददाता
३० वैशाख २०८३, बुधवार
विराटनगर । महेन्द्र मोरङ क्याम्पसको रसायनशास्त्र विभागमा एक विशेष कार्यक्रमका बीच उच्च शिक्षा (विद्यावारिधि र पोस्ट डक्टरेट) हासिल गरेका प्राध्यापकहरूलाई सम्मान तथा उमेर हदका कारण अवकाश प्राप्त गरेका प्राध्यापक एवं कर्मचारीहरूलाई बिदाइ गरिएको छ।
कार्यक्रममा विद्यावारिधि र पोस्ट डक्टरेट उपाधि हासिल गरेका तीन जना प्राध्यापकहरूलाई सम्मान गरिएको थियो।
प्रतिष्ठित फुलब्राइट छात्रवृत्तिअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित मायामी विश्वविद्यालयबाट पोस्ट डक्टरेट अध्ययन पूरा गरेका डा. सुजितकुमार शाहलाई विशेष सम्मान गरिएको छ।
यसैगरी, त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. युवराज साहू र भारतको दार्जिलिङस्थित उत्तर बङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका डा. शिवनारायण यादवलाई पनि सोही अवसरमा सम्मानित गरिएको छ।
कार्यक्रमको अर्को चरणमा त्रिभुवन विश्वविद्यालयको उमेर हदका कारण अवकाश प्राप्त दुई प्राध्यापक र एक जना कर्मचारीलाई स–सम्मान बिदाइ गरिएको छ।
बिदाइ हुनेहरूमा उप–प्राध्यापक डा. विमलकुमार कण्ठ, शिक्षण सहायक प्रेमनारायण शाह र कार्यालय सहयोगी चन्देश्वर दास छन्।
रसायनशास्त्र विभागका प्रमुख डा. असोजकुमार दासको सभापतित्वमा सम्पन्न सो सम्मान तथा बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. रामावतार शरण, विज्ञान संकायका सहायक क्याम्पस प्रमुख डा. रमेशकुमार गोहिवार यादव, डा. तुलसीप्रसाद निरौला लगायतले सम्मान तथा बिदाइ गरेका थिए।
मोरङ क्याम्पसमा रसायनशास्त्रीलाई सम्मान तथा बिदाइ मोरङ क्याम्पसमा रसायनशास्त्रीलाई सम्मान तथा बिदाइ
04/05/2026
२०८३-१-२१ सोमबार विहान
02/05/2026
महेन्द्र मोरङ क्याम्पसले शुक्रबार स्नातकोत्तर व्यावसायिक अध्ययन र जनप्रशासन (एमबीएस र एमपीए) का विद्यार्थीका लागि गरिएको अनुसन्धान लेख सम्वन्धी अभिमुखीकरणमा सहभागी विद्यार्थीहरू ।
तस्वीर : उद्घोष
#महेन्द्रमोरङआदर्शबहुमुखीक्याम्पस
02/05/2026
#मान्छेको_चरित्र
१. जीवनको स्तर: जुत्ताबाट देखिन्छ।
२. स्वास्थ्य: नङबाट देखिन्छ।
३. परिवार: बस्ने तरिकाबाट देखिन्छ।
४. दृष्टिकोण/स्वभाव: आँखाको कुना (हेराइ) बाट देखिन्छ।
५. व्यक्तित्व: हाँस्ने शैलीबाट देखिन्छ।
६. आत्मविश्वास: हिँड्ने तरिकाबाट देखिन्छ।
७. इमानदारी: कुनै जिम्मेवारी दिँदा देखिन्छ।
८. धैर्यता: ट्राफिक जाम वा लाइनमा बसेको बेला देखिन्छ।
९. संस्कार: आफूभन्दा सानो वा कामदारसँग गर्ने व्यवहारबाट देखिन्छ।
१०. बौद्धिकता: संकटको समयमा लिइने निर्णयबाट देखिन्छ।
११. लोभ: बाँडफाँड गर्नुपर्ने अवस्थामा देखिन्छ।
१२. क्रोध: आफूले चाहेको कुरा नहुँदा देखिन्छ।
१३. अनुशासन: कसैले नदेख्ने ठाउँमा गरिने कामबाट देखिन्छ।
१४. साहस: अन्यायको विरुद्ध बोल्ने क्षमताबाट देखिन्छ।
१५. नम्रता: सफलता र चर्चाको शिखरमा पुग्दा देखिन्छ।
१६. सहनशीलता: आलोचना सुन्दा देखिन्छ।
१७. स्वार्थ: काम सकिएपछिको व्यवहारबाट देखिन्छ।
१८. एकाग्रता: सुन्ने बानीबाट देखिन्छ।
१९. मानवता: अरूको दुःख देख्दा आउने आँसुबाट देखिन्छ।
२०. प्रतिभा: फुर्सदको समयमा गरिने रुचिबाट देखिन्छ।
२१. अहंकार: अरूलाई होच्याउने शैलीबाट देखिन्छ।
२२. कृतज्ञता: सहयोग पाउँदा व्यक्त गरिने शब्दबाट देखिन्छ।
२३. चिन्तन: एकान्तमा बस्दाको भावबाट देखिन्छ।
२४. मित्रता: अप्ठ्यारो पर्दा पुर्याइने हातबाट देखिन्छ।
२५. सन्तुष्टि: अनुहारको मुस्कान र बोलीको मिठासबाट देखिन्छ।
#साभार
(तस्वीर : एमपीए, एमबीएसका विद्यार्थीलाई अनुसन्धान लेखन सम्वन्धी सहजीकरण गर्दै प्राडा अच्युत ज्ञवाली ))
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |