03/10/2025
Natural Beauty in Eastern part Nepal
"Enjoy with Nature and Love to travelling"
03/10/2025
Natural Beauty in Eastern part Nepal
13/08/2024
View from ⛰️⛰️
04/07/2024
#चो लुङ Park
#तेह्रथुम
30/05/2024
कन्याम
25/03/2024
सुके पोखरी ।
प्रदेश १, मोरङ्ग जिल्लाको पूर्वी लेटाङ्ग नगरपालिका ७, वारङगी स्थित रहेको सुके पोखरी ।
यस पोखरी मोरङ्ग जिल्ला को पूर्वी उत्तर पहाडी भेगमा अवस्थित छ र यस पोखरी समुन्द्र सतह देखि १८०० मिटर भन्दा माथि को उचाईमा रहेको छ ।
लेटाङ्ग न.पा. को एक अति सुन्दर पर्यटकीय स्थलको रूपमा रहेको छ ।
वरिपरी घना जंगल अनि बिचमा रहेको सुन्दर पोखरी अनि यस क्षेत्रमा अतिनै मन मोहक बनाउने दृश्यहरु देख्न पाइन्छ।
यस ठाउँ जानको लागि बेलबारी बाट लेटाङ्ग बजार हुँदै गुवाबारी हुँदै,भुवा खोलाको पुल तरेर, वारङगी गाउँ बाट २० मिनट को दूरी मा रहेको छ ।
पूर्वमा भुवा खोला र पश्चिम उत्तरमा चिसाङ खोला रहेको छ ।
Pic : Arpan Pangdhak Limbu
21/01/2024
राजारानी पोखरी :
पूर्वको पर्यटकी स्थलहरु मध्ये मोरङ्ग जिल्लाको लेटाङ्ग न.पा. स्थित रहेको राजारानी पोखरी पनि एक हो। यहाँ २ ओटा पोखरीहरू रहेका छन् जुन आफैमा प्रकृतिक सुन्दरताले भरिएको छ। पूर्वमा रानी र पश्चिममा राजा पोखरी रहेको छ। यस पोखरीमा हरेक नयाँ वर्ष (बैशाख २ गते) धिमाल जातिले आफ्नो मुन्धुमीक विधिबाट पूजा पाठ गर्दै आइरहेका छन् र त्यस दिन भव्य मेला पनि लेग्ने गर्दा छ। यहाँ दुई पोखरी को बीचमा राजारानी मन्दिर पनि छ जहाँ धेरै भ्रमण गर्न आउने पर्यटकहरुले पूजाआजा गर्ने गर्दा छन्। यस ठाउँ वरिपरी जंगलले ढाकिएको छ बीचमा पोखरी अनि सान्त वातावरण पाउन सकिन्छ।
राजारानी पोखरीमा आन्तरिक पर्यटकहरू धेरै जसो आएर मारोञ्जन गर्ने गर्दछन् र बाहिरी पर्यटकहरु पनि आउने गर्दा छन्। यहाँ बनभोज खानाका लागि धेरै ठाउँहरुबाट मानिसहरु आउने गर्दछन्।
यहाँ जानको लागि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलबारी बजार देखि करिब १८ km उतर पूर्वमा रहेको छ ।
(फोटो: अर्पन पंधाक लिम्बु)
20/01/2024
नेपालको अग्लो तालहरु मध्ये तिलिचो ताल पनि एक हो। यो ताल समुद्र सतह देखि 4919 मिटरको उचाइमा रहेको छ। तिलिचो ताल अग्लो तालको रूपमा मात्र होइन, यसको सौन्दर्य र यस ठाउँमा भ्रमण गर्दा प्रदान गर्ने भव्यताका लागि पनि प्रख्यात छ। यस ताल नेपालको मनाङ जिल्ला चमे गाउँपालिकामा अवस्थित छ। यस तालको कुल क्षेत्रफल 4.2 k.m² रहेको छ र 200 मिटर गहिरो रहेको छ। तिलिचो ताल नेपालको मनाग जिल्लाको अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित छ।
तिलिचो जाने बाटो प्रायः अविश्वसनीय छ किनकि यसले हिमलुङ हिमाल, मनास्लु हिमाल र अन्नपूर्ण हिमाल पर्वत श्रृंखलाहरू बीचको तटमा रहेका अन्य धेरै साना चुचुराहरूको मनोरम दृश्य प्रस्तुत गर्दछ। त्यहाँ हिमपोखरी र हिमनदीहर बरफ सफा पानीले भरिएको देखिन पाइन्छ। वारी मर्स्याङ्दी नदीको किनार हुँदै पारी अन्नपूर्ण हिमालको मन मोहक दृष्य हेर्दै यात्रा गर्न पाइन्छ।
तिलिचो यात्रामा जाँदा खाङसार (3900m) सम्मा सवारि साधन त्यस पछि पैदल यात्रा (ट्रेकिङ) गर्नु पर्ने हुन्छ । खाङ्सारबाट 5,6 घन्टा को पैदल यात्रा पश्चात तिलिचो बेसक्याम्पमा पुग्नसकिन्छ जहाँको उचाई 4100 मिटर रहेको छ । बसेक्याम्प बाट 5,6 घन्टा को उकालो अनि कठिन यात्रा पश्चात तिलिचो ताल पुग्न सकिन्छ र त्यहाँ तालमा (Tea House) पनि रहेको छ ।
नोट : वसेक्याम्पमा चिकित्सक को सल्ला वा परामर्श लिएर माथि ताल जाँदा उचित हुन्छ ।
यस तालमा धेरै जस्तो आन्तरिक पर्यटकहरू असोज,कार्तिक र मंसिर महिनामा आउने गर्दछन् भने बाहिरी पर्यटकहरू पनि सोही महिनामा धेरै देशहरूबाट आउने गर्दा छन्। धेरै जसो बाहिरी पर्यटकहरू मनाङ जिल्लाको तिलिचो ताल परिक्रमा गर्दै, याकखर्क हुँदै मुस्ताङ जिल्ला तर्फ जाने गर्दछन।
(फोटो: अर्पन पंधाक लिम्बु)
18/01/2024
प्रदेश १ को चर्चित पर्यटन गन्तव्य हो, गुफापोखरी । तेह्रथुम सीमानानजिक संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो पोखरी घुम्न धरान, इटहरी, विराटनगरलगायत शहरबाट दैनिक सयौं पर्यटक जाने गर्छन् ।
गुराँसको राजधानी भनिने तीनजुरे मिल्के र जलजले (टीएमजे) क्षेत्रमा पर्ने यो पोखरी समुन्द्र सहतबाट २८९० मिटर उचाइमा छ । पोखरीसँगै जोडिएको छ, गुफाबजार । जहाँ धेरै बाहिरी तथा आन्तरिक पर्यटकहरू आउने गर्दा छ ।
गुफाबजारसँगै जोडिएको छ, सुकेबजार । २९१० मिटर उचाइमा रहेको यो बजारभन्दा केही पर त्रिजिल्लाको पाहाड छ । मेन्छ्यायेम डाँडा भनिने यो डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको साझा चुचुरो हो ।
(स्रोत:सङ्खुवासभा डयरी)
गुफा पोखरी जाँदा इटहरी बाट (धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, गुराँसे, सिधुवा, चित्रे, बसन्तपुर हुँदै टुडे देउराली सम्मा ) १०७ कि. मी. पक्की सडक र (घुरबिसे, पाँचपोखरी, तिनजुरे, फेदी, चौकी, लम्पोखरी, मेन्छायेम)सम्मा 27 कि.मी. कच्ची सडक हुँदै पुगिन सकिन्छ गुफा पोखरी ।
(फोटो: अर्पन पंधाक लिम्बु )