Shree Janapath Secondary School

Shree Janapath Secondary School विद्याधनं सर्वधनप्रधानम् || 🙏

29/05/2026

'School to Work Transition' Program

'School to Work Transition' कार्यक्रम अन्तर्गत  विद्यार्थीहरुले निर्माण गरेको Business Plan सहित, विद्यालयमा उद्यमशिलताक...
28/05/2026

'School to Work Transition' कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले निर्माण गरेको Business Plan सहित, विद्यालयमा उद्यमशिलताको सानो प्रयास स्वादिष्ट परिकारको मज्जा लिदै शिक्षक अनि विद्यार्थी😋😋

28/05/2026

बिदा सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा यही मिति २०८३/०२/१४ गते बिहिवारका दिन इस्लाम धर्मावलम्बीहरुको बकर ईद (ईद-उल-अज्हा) पर्व साथै मिति २०८३/०२/१५ गते शुक्रवारका दिन गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै, यस शिक्षालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक क्रियाकलाप बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोट : मिति २०८३/०२/१८ गते सोमवारका दिन देखि पहिलाकै समयमा पुन शैक्षिक तथा प्रशासनिक क्रियाकलाप सञ्चालन हुने व्यहोरा यहि सूचना द्वारा सूचित गराइन्छ ।
Shree Janapath Secondary School,

हार्दिक बधाई तथा शुभकामना२०८२ सालको SEE परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई त...
12/05/2026

हार्दिक बधाई तथा शुभकामना

२०८२ सालको SEE परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं । तपाईंहरूको मेहनत, अनुशासन, लगनशीलता तथा अभिभावक र शिक्षकहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो सफलता हासिल भएको हो ।

साथै, यस विद्यालयमा कक्षा ११ का लागि व्यवस्थापन (Management) , शिक्षा (Education) र कक्षा ९ देखि १२ सिभिल इन्जिनियरिङ (Civil Engineering)
संकायमा भर्ना खुला गरिएको जानकारी गराइन्छ । अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री वातावरणका साथ अध्यापन सञ्चालन भइरहेको हुँदा इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै भर्ना सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछौं ।

थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

भर्ना खुल्यो !!     भर्ना खुल्यो!       भर्ना खुल्यो!शैक्षिक सत्र २०८३ का लागि यस श्री जनपथ माध्यमिक विद्यालय, विराटनगर-...
03/05/2026

भर्ना खुल्यो !! भर्ना खुल्यो! भर्ना खुल्यो!

शैक्षिक सत्र २०८३ का लागि यस श्री जनपथ माध्यमिक विद्यालय, विराटनगर-११, मा बाल कक्षा देखि कक्षा ८ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यममा नयाँ भर्ना खुल्यो ।

हाम्रा बिशेषताहरूः
-> स्वच्छ तथा शान्त वातावरणमा शिक्षण गरिने ।
->अनुभवी, योग्य, दक्ष तथा तालिमप्राप्त शिक्षकहरु ।
->शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग ।
->न्यूनतम लगानीमा गुणस्तरीय शिक्षा प्रदान गरिने ।
->अतिरिक्त छात्रवृत्तिको व्यवस्था ।
->सिकाइमा कमजोर भएका विद्यार्थीहरूलाई थप सिकाईको
व्यवस्था ।
->मन्टेश्वरी पद्धतीबाट बालबालिकाको क्षमता अनुसार शिक्षण
सिकाइ गरिने
->राज्यबाट प्राप्त हुने सुविधा प्राप्त गर्न सरकारी विद्यालयको
नेपाली तथा अङ्‌ग्रेजी माध्यममा भर्ना गरौं ।

प्राविधिकधार कक्षा ९ र ११ को सिभिल इन्जिनियरिङ्गमा पनि भर्ना खुल्यो ।

01/05/2026

बिदा सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा यही मिति २०८३/०१/१८ गते शुक्रवारका दिन बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा उँभौली पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै, यस शिक्षालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक क्रियाकलाप बन्द रहने व्यहोरा यसै सूचना द्वारा सूचित गराइन्छ ।

30/04/2026

Hurry up don't miss the Golden opportunity
Biratnagar Run 2.0 – 5K Mini Marathon

Our school is pleased to share information about an upcoming community health and awareness event. Presents Biratnagar Run 2.0 – 5K Mini Marathon

नोट:
दौडमा सहभागी हुनेलाई T-shirt र नास्ताको व्यवस्था गरिनेछ। इच्छुक सहभागिहरूले आफ्नो नाम ३ बजेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नु हुन जानकारी गराइन्छ।

25/04/2026

भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।

प्राविधिक धार तर्फ कक्षा ९-१२ सिभिल ईन्जिनियरिङ मा भर्ना खुल्यो । हामी तयार छौ।
भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।
#श्री_जनपथ_मा_वि.

29/03/2026

भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।

प्राविधिक धार तर्फ कक्षा ९-१२ सिभिल ईन्जिनियरिङ मा भर्ना खुल्यो । हामी तयार छौ।
Shree Janapath Secondary School

Address

Biratnagar/11
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janapath Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janapath Secondary School:

Shortcuts

Share

Category