Counter Attack Media

Counter Attack Media

Share

Politics • Sports • Entertainment — No hype, just Counter Attack.

28/12/2025

यो सहमति जे भए पनि समग्रमा वैकल्पिक राजनीति र पुराना पार्टीप्रतिको निराशाको हल गर्न सकारात्मक पहलकदमी हो।कसले जित्यो,कसले हार्यो होइन।जनताले के पाउँछन्,यो प्राथमिकतामा हुनुपर्छ ।

Rajendra baniya official

19/12/2025

Nitice for BBS student for project work report

14/12/2025

महेन्द्र मोरङ्ग आदर्श बहुमुखि क्यामपस मा राता रात दुई सङ्गठन को बिबाद हुन्छ रातारात अगाडि को स्व बि यु ले क्यामपस बाट बिध्याथि को अतिरिक्त कृयाकलप को लागि भनि जम्मा दुई ओटा इस्पोट गराउदा करिब १ करोड ५० लाख रुपया को अनिमियत्ता भको र यस्को आथिक परदर्शि होस भनेर इस्ट्याट्स आउछ र एकाएक सम्पूर्ण आरोप र पैसासम्बन्धी विषयहरू गायब हुनु संयोग मात्र होइन। यो पहिलाको स्वबियु र अहिलेको स्व बियु बिच मिलेमतोको गम्भीर आशंका हो। यस विषयमा निष्पक्ष छानबिन हुनैपर्छ।

यदि विद्यार्थीको पैसा यसरी संगठनको नाममा दुरुपयोग तथा भ्रष्टाचार गरिएको छ भने, यसमा संलग्न सबै दोषीहरूबाट रकम असुल गरिनुपर्छ र कानुनअनुसार कडा कारबाही हुनुपर्छ। सम्बन्धित निकायहरू हुँदै यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्‍याउनु अत्यन्त आवश्यक छ।

हिजोको Genz आन्दोलन यस्तै विषयहरूको पर्दाफास गर्नका लागि उठेको हो। अब हामी सबै एकजुट भएर निष्पक्ष छानबिनको माग गरौँ र दोषीलाई कारबाही गराउन दबाब सिर्जना गर्नुपर्छ्।।

नोट : १ करोड ५० लाख को सत्य तथ्य साथ छनबिन हुनु पर्छ्।।

14/12/2025

भावपूर्ण श्रद्धाञ्जली
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री साथै महेन्द्र मोङग क्याम्पस , विराटनगरका संस्थापक सदस्य आमोदप्रसाद उपाध्यायको असामयिक निधनको खबरले स्तब्ध भएको छु । यस दुखद घडीमा दिगवंत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकूल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी गहिरो समवेदना व्यक्त गर्दछु। 😭

09/12/2025

महेन्द्र मोरङ आदर्श क्याम्पसमा नेपाल विद्यार्थी संघको पछिल्लो व्यवहार हेर्दा साँच्चै लाजलाग्दो अवस्था देखिन्छ। अध्यक्षविनै बैठकहरू सञ्चालन गरिनु, अध्यक्षले नै बैठक बोलाउँदा पनि आफैँ अनुपस्थित रहनु—यी कुराले संघभित्र कस्तो खालको अव्यवस्थित र गैर-जिम्मेवार राजनीति चलिरहेको छ भन्ने स्पष्ट हुन्छ। यस्तो अवस्थाले NSU प्रती नै घृणा उत्पन्न हुने अवस्थामा पुर्‍याएको छ।

अघिल्लो कार्यसमितिबाट भएका खर्चहरूबारे विवरण माग्दा क्याम्पसमा तोडफोड गर्नु, विद्यार्थीका नाममा गरिएको विश्वासको दुरुपयोग गर्नु, र बहुमतको नाममा क्याम्पसकै पैसामा घुमफिर गर्न जानु—यी सबै क्रियाकलापहरू अत्यन्तै निन्दनीय र निराशाजनक छन्। यस्ता व्यवहारले संगठनको गरिमा मात्रै होइन, क्याम्पसको वातावरणसमेत बिग्रिरहेको महसुस हुन्छ।

कुनै पनि संगठन जुनसुकै भए पनि, चुनाव जितेर नेतृत्वमा आएपछि यसको पहिलो दायित्व विद्यार्थीका हितका लागि काम गर्नु हो। नेता भएको मानिसले जसले जे भन्यो त्यही अनुसार चल्ने होइन, संगठनको प्रतिष्ठा जोगाउने र विद्यार्थीको भविष्य सुरक्षित गर्ने जिम्मेवारी लिनुपर्छ।

एउटा संस्थाभित्र अध्यक्षसँग असहमति हुनु स्वाभाविक हो। तर त्यो कुरा अध्यक्षकै अगाडि, खुला बैठकमार्फत (live meeting) राखिनुपर्छ। बैठक भनेको एउटै ठाउँमा बसेर समस्या समाधान गर्ने स्थान हो। चुनावबाट आएको अध्यक्षलाई सम्मान नदिनु भनेको, त्यही संस्थाका विद्यार्थीहरूको सम्मान नदिनु जस्तै हो।

त्यसैले नेपाल विद्यार्थी संघलाई अझ परिपक्व, जिम्मेवार र पारदर्शी शैलीमा काम गर्न हार्दिक अनुरोध गर्दछु। विशेष गरी, अघिल्लो स्वबियु कार्यकालको Sports Week देखि हालसम्मका स्वबियुको सबै खर्च–विवरणहरू विद्यार्थीहरूको अगाडि स्पष्ट र सार्वजनिक रूपमा प्रस्तुत गरिनुपर्छ। पारदर्शिताले संगठन बलियो बन्छ, न कि आन्तरिक बिबादले ।।
जय महेन्द्र मोरङ्ग

07/12/2025

आज सानो कामले TU गएको थिए त्या सर्टिफिकेट दिने ठाउमा यो टासि रहेको रहेछ आफु त्यै क्याम्पस को विध्याथि भयको हुनाले मैले यो रजिस्टेसन कार्ड लिएर आए सम्बन्धित व्यक्ति लाई जानकारी गराईदिनु होला ।।।

03/11/2025

मोबाईल हराएको सुचना।
Chemistry Department
Ground Floor ladies washroom नजिकै मोवाईल हराएको हुदा भेट्नुहुने महानुभावले दिएको सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहुन जानकारि गराईन्छ

सम्पर्क नो• 9840056400

09/10/2025

के अझै हाम्रो सुन्दर क्याम्पस मा क्याम्पस बिगार्ने त्वत हरु सलबलाउदै छन कि अझै भुन भुन गर्दै छ्न , बिध्याथि मर्दा केहि नबोल्ने प्यारा बिध्याथि नेता अझै कुन अनुहार लिएर क्याम्पस आउछ्न बिध्याथि लाई के भन्छ्न अझै हक हित को कुरा गर्छ्न कि के छ माहोल ।।

12/09/2025

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरकी पूर्व विद्यार्थी तथा सम्माननीय पूर्व प्रधानन्यायाधीश शुशीला कार्की नेपाल सरकारको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भई जिम्मेवारी प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना ! 💐🙏

04/09/2025

महेन्द्र मोरङ आ ब क्याम्पस प्राध्यापक संघ इकाई समिति सभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय गुरु नबिन अधिकारी लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

01/08/2025

पुर्वको शैक्षिक धरोहर मानिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको ७१औं स्थापना दिवस को अवसरमा सम्पूर्ण विद्यार्थी, प्राध्यापक, अभिभावक तथा कर्मचारीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु। यस संस्थाले म लगायत मजस्ता हजारौं विद्यार्थीहरुलाइ सहि मार्गनिर्देश गरेको नकार्न सकिन्न।
तर हिजो जुन अपेक्षा सहित विद्यार्थी यस क्याम्पसमा निर्धक्क सहित भर्ना हुन्थिए, आजका विद्यार्थीले त्यही अपेक्षा राख्दा अपेक्षा पूरा होला??
हिजो यस क्याम्पसमा जुन शैक्षिक वतावरण थियो, आज त्यही वतावरण छ?
हिजो क्याम्पसका सम्पुर्ण सरोकारवालामा आफ्नो काम, कर्तव्यप्रती बफादार थिए, आजका सरोकारवालाहरुमा पनि त्यही बफादारिता छ?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
44600