29/12/2025
एक निर्माण कम्पनिले हर्ष छर्दै छन अर्को निर्माण कम्पनीले बिस्मात बनाउने सङ्केत छ।
रौतामाई गाउँपालिका वडा २ को डासिङ्टार मा निर्माणधिन हस्पिटल भवनले आम नागरिक, जनप्रतिनिधि सरोकारवालामा शुभ संज्ञा दिएको छैन । केहि बर्ष अगाडि देखिनै काम सुरुभएको सो भवन जुन हिसाबले काम अगाडि बड्नु पर्ने थियो त्यो पट्क्कै छैन । यस्तो ढिलासुस्ती हुदा पालिका बाट बारम्बार सोध खोज र चेतावनी भैरहेको छ। गाउँपालिका उपाध्यक्ष भुपिन्द्र बहादुर थापाले यो बर्ष पनि काम नभए ढिलासुस्ती आलटाल गरे कडा कारबाहीको दायारामा ल्याउने चेतावनी दिनुभएको छ। हिजै मात्र मन्जुरीनामा सहिछाप भएको छ। आज उपाध्यक्ष ज्यु आफै स्थलमा गैइ पुन अनुगमन गरि सुझाव दिनु भएको छ। यस आ.व मा सो निर्माण कम्पनीले करिव ६ करोड ५० लाखा भन्दा माथिको काम गर्नुपर्नेछ।
त्यहि मुनि खारिखोलामा रहेको पक्कि पुल निर्माण कार्य भने तिब्र गतिमा भैरहेको छ करिब १ वर्ष नपुग्दै काम सिध्याउने बिस्वास दिलाउदै छ ।
24/12/2025
चीनको एक कारखानामा औद्योगिक दुर्घटनामा हात काटिएका झोउ नामक कामदारको हात तत्काल हातमै जोड्न नसकिने अवस्था आएपछि डाक्टरहरूले अस्थायी रूपमा खुट्टामा ग्राफ्ट गरेर रक्तसञ्चार जोगाई एक महिनापछि पुनः हातमै सफलतापूर्वक जोड्दा औषधि विज्ञानमा दुर्लभ र प्रेरणादायी उदाहरण बनेको छ।
17/12/2025
कार्यालय सहयोगि बिदाई तथा सम्मान कार्यक्रम
उदयपुरको रौतामाई गाउँपालिका वडा न.२ मा रहेको रसुवा माध्यमिक बिद्यालय भुट्टारले ४३/४४ बर्ष अगाडि देखि आफ्नो बिद्यालयमा रहेको कास गोविन्द बुढाथोकीलाई स-सम्मान साथ बिदाई गरेको छ। उहाँको इमानदारीता, कर्मप्रतिको लगाव, मेहनत र दिगोपनाको कदर गर्दै बिद्यालयको तर्फबाट नगद रु. १५१,१११/- र स्टाफ, बिद्यार्थि, पुर्वबिद्यार्थि र पुर्व शिक्षक मिलेर जम्मा भएको रु. २१२,४५७/- गरि जम्मा रु. ३६३,५६८/- रकम चेक मार्फत हस्तान्तरण गरिएको छ। यस अभियानका थालनिकर्ता शिक्षक घनरमण (सविन) दाहाल र अभियान अझ पृथक बनाउने स्थानिय समाज सेवि गोपाल दाहाल रहेका छन । यसरि सेवा निवृत्त हुदा रसुवा मा.बि. भुट्टारले गोविन्द बुढाथोकीलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम एक बृहत कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
11/12/2025
रौतामाई गाउँपालिका भुट्टार उदयपुरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम (Dec-10) सम्पन्न गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई हाजिरि जवाफ प्रतियोगिता र माध्यमिक बिद्यालयका छात्रा छात्रहरुको खुल्ला कविता वाचन प्रतियोगिता गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
25/11/2025
रौतामाई गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण, आवस्यकता पहिचान तथा स्वास्थ्य उपचार शिविर आज पहिलो दिन सम्पन्न गरेको छ। शिविरमा ५५ जनाले सेवा लिएका छन भने १३ जनाको अपाङ्गता परिचय पत्र बनेको छ।
सो शिविर अझै दुई दिन लगतार क्रमश वडा न ६ र ७ मा संचालन हुनेछ।
24/11/2025
रौतामाई गाउँपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत पालिका भरिका २० महिलाहरुलाई #कृस्टल तथा पोतेको गरगहना बनाउने तालिम सुभारम्भ गरेको छ। ७ दिवशीय तालिम गाउँपालिका अध्यक्ष वीरेन्द्र मगर, उपाध्यक्ष भुपिन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत सहित अन्य जनप्रतिनिधिहरुको उपस्थिमा उद्घाटन भएको हो। विगत वर्षहरुमा पनि विविध किसिमका सिपमुलक तालिम गाउँपालिकाले संचालन गर्दै आइरहेको छ। यस तालिममा सहभागिहरुले कानको टप, औंठी, पोते मालाको विविध प्रकारहरु बनाउन सिक्ने छन । सो तालिम रौतामाई गाउँपालि का भुट्टारमा संचालन भैरहेको छ ।
23/11/2025
जीवनको महान् युद्ध: “स्पर्म” जसले तपाईंलाई बनायो
सबैलाई हराएर पाइएजस्तो जीवन
विश्वकै विज्ञानभित्र एउटा अद्भुत रहस्य लुकेको छ।
जब कुनै स्वस्थ पुरुषले सहवास गर्छ,
उनको वीर्यभित्र करिब ४० करोड स्पर्म हुन्छन्।
हो, पुरै ४०,००,००,००० सैनिकजस्तै!
यी सबै स्पर्महरू एकैचोटि
गर्भतर्फ पागलझैँ दौडन्छन्—
जसरी कुनै भीषण विश्वयुद्धको मैदानमा
सबै सैनिक आफ्नो ज्यानको बाजी लगाएर दौडिरहेझैँ।
तर यो ठूलो दौडमा कति बाँचेर अगाडि बढ्छन्?
३०० देखि ५०० मात्र।
बाकी?
थकाईले मर्छन्,
एसिडिक वातावरणले नष्ट पार्छ,
अथवा शरीरको प्रतिरक्षा प्रणालीले समाप्त गरिदिन्छ।
यी हजारौँ–लाखौँमध्ये
केवल एकजना मात्रै—
हो, एउटा अत्यन्त शक्तिशाली स्पर्म—
अण्डासम्म पुगेर त्यसलाई निषेचित गर्छ।
त्यही विजेता…
त्यो भाग्यमानी…
त्यो अद्भुत योद्धा—
तपाईं स्वयं हो।
म, तपाईं, हामी सबै।
के कहिल्यै गहिरोसँग सोच्नुभएको छ
यो अदृश्य संसारमा भएको
सबैभन्दा ठूलो “पहिलो युद्ध” को बारेमा?
जहाँ तपाईंले कुनै आँखा, हातखुट्टा, दिमाग केही पनि नभई जित्नुभयो
कल्पना गर्नुस्—
जब तपाईं दौडिरहनुभएको थियो,
तपाईंको शरीर थिएन, आँखा थिएन,
सोच्ने दिमाग थिएन,
डिग्री, प्रमाणपत्र, सीप केही पनि थिएन।
कसैले साथ दिएको थिएन—
न आमा–बुबा, न साथी, न कोच—
तैपनि
तपाईं जित्नुभयो।
४० करोड प्रतिस्पर्धीमध्ये
मृत्युलाई पछि पार्दै
सबैलाई हराउँदै
आप्mनै गन्तव्य—अण्डासम्म
पुगेर विजय लिनुभयो।
यो साधारण दौड थिएन,
यो थियो जीवनको सबैभन्दा निर्दयी,
सबैभन्दा कठोर,
सबैभन्दा महत्वपूर्ण युद्ध।
र उसै युद्धमा
तपाईंले पहिलोपटक
आफ्नै अस्तित्व प्रमाणित गर्नुभयो।
गर्भदेखि जन्मसम्म: निरन्तर जितको कथा
यहाँ तपाईंको कहानी सकिँदैन।
अनेक भ्रूणहरू गर्भमै मर्छन्—
गर्भपतन, संक्रमण,
जीनसम्बन्धी समस्या—
कति जोगिँदैनन्।
तर तपाईं जोगिनुभयो।
नयाँ कोशिका बन्ने,
रगत बग्ने,
हड्डी बन्ने—
९ महिनासम्म
सबै चुनौती पार गर्दै
बाँचिरहनुभयो।
जन्मको बेलाको पीडा—
कति बच्चा जन्मँदै
सांस रोकिन्छन्।
तर तपाईं बाँच्नुभयो।
जन्मपछि पहिलो पाँच वर्ष—
सबैभन्दा खतरनाक।
रोग, कुपोषण, दुर्घटना—
लाखौँ बालबालिकाले यही उमेरमा हार्छन्।
तर तपाईं हार्नुभएन।
मानिस कति युवा उमेरमै
दुर्घटना, रोग, पीडाले
जगत छोड्छन्।
तर तपाईं आज पनि
यहाँ—
सांस लिँदै, बाँच्दै।
आजको निराशा: किन बिर्सनुभयो आफ्नो शक्तिलाई?
अनि आज?
सानो समस्या आयो कि
आत्मविश्वास गुम्छ।
एक चोटि असफलता आयो कि
आफैँलाई कमजोर ठानिन्छ।
किन?
जबकि अहिले तपाईंसँग—
सोच्ने दिमाग छ,
हात–खुट्टा छन्,
अनुभव छ,
ज्ञान छ,
अवसर छ,
जीवन छ।
जुन केही पनि
त्यो पहिलो दौडमा थिएन—
तर त्यसै दौडमा
तपाईं विजेता बन्नुभयो।
स्मरण रहोस्—
तपाईं जन्मिँदै विजेता हो।
तपाईं हार्न जन्मिएका होइन।
फेरी उठ्न जन्मिएका हो।
&P
22/11/2025
'तिव्रगतिमा खारिखोला पुल'
उदयपुरको रौतामाई गाउँपालिका २, भुट्टारमा मुर्कूची भुट्टार सडक खण्डको खारिखोला पुल निर्माण कार्य तिब्र गतिमा हुदैछ। मिति २०८२- ०२- ०७ गते भएको सम्झौता बमोजिम दुई बर्षिय सम्झौता अवधी रहेको छ। यहि २०८२/ कार्तिक २२ बाट मैदानमै पुल निर्माणकार्य सुरु भएको हो । स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय कोशी प्रदेश, इटहरि बाट के एम इन्जिनिर्स विल्डर्स प्रा.ली. काठमाडौ सङ्गको सम्झौतामा पुर्वाधार कार्य भैरहेको छ। निर्माण कम्पनी अनुसार एक बर्ष नपुग्दै काम सम्पन्न गर्नेगरि साइडमा लागिएको जनाएको छ। मुलसडक खण्डमा पुल बन्दै गर्दा स्थानिय खुसि छन ।
20/11/2025
International children's day! 2025
Speech Competion! Congratulations to all competitor children
Thank you @सिंहकालि आ.बि. पाकानातुम्चि
26/10/2025
हामी एउटा अस्थिर पुस्ताको साथमा छौं। बिश्वास गर्नुहोस् या नगर्नुहोस्, यो पुस्ताको कुनै बिशेष लक्ष्य छैन, कुनै आदर्श महत्वाकांक्षा छैन, कुनै पबित्र मिशन छैन।
यिनिहरुलाई बिहानीको झुल्के घाम ताप्दै हिड्न मन लाग्दैन, पानीमा भिज्न मन लाग्दैन। घाँस काट्न र खेतको हिलोमा काम गर्न देखि एलर्जी हुन्छ, यिनिहरुले आधा किलोमीटरको गन्तव्यमा पुग्न रिक्सा वा अटोको लागि आधा घण्टा कुर्ने गर्छन्। अस्थिर छन यिनिहरु निकै अस्थिर पुस्ता।
पुस्तक पढ्दैनन, पत्रीका हेर्दैनन, खेलकुदमा चासो राख्दैनन्। न एक्सर्साइज गर्छन न बिहानको नास्ता नै गर्छन।
यिनिहरुले ठुला बढालाई नमस्कार वा पाउमा ढोग्दैनन- यिनिहरु ठुलाबढालाई नदेखेको झै नाटक गर्दै हिड्छन। कुमले धकेल्दा वा खुट्टाले लागे मुस्कुराउँछन तर क्षमा माग्दैनन।
यिनिहरुमा नम्र भाव पाइदैन, कृतज्ञता पाइदैन। यिनिहरुमा असभ्य व्यबहार, के हुन्छ र यस्तै त हो भन्ने मनोवृत्तिले गर्दा पाइला-पाइलामा लज्जित हुँदै जान्छन। यिनिहरुलाइ सम्झाउन सल्लाह दिने हो भने उल्टै खतरा हुन्छ, अर्को पक्षबाट बदनाम हुने सम्भावना सयमा सय हुन्छ।
तपाईं बसमा चड्नुभाको छ भने त्यहाँ खाली सिटमा बस्न जुनियर युवाहरुले सबैभन्दा बढी प्रतिस्पर्धा गरेको देख्नुहुनेछ। तपाइँलाई धकेल्दै सिटमा बस्न पुग्छन। तपाईं भन्दा उमेरले दोब्बर सानो भए पनि तपाईं आफुले उभिएर टुलुटुलु उसलाई हेर्न बाहेक केही गर्न सक्नुहुन्न, उसले एक झलक हेर्छ कानमा इअरफोन लगाएर आफ्नो तालमा मस्त हुन्छ तर बुबा हजुरबाको उमेरका को ख्याल गर्दैन मान राख्दैन।
मैले अहिलेको पुस्ताको सबैभन्दा डरलाग्दो कुरा गर्दै थिए। जुन ठाउँमा उनीहरु उभिनुपर्ने हो, उनीहरु आफ्नो लागि कुर्सी खोज्छन्। जहाँ चुपचाप लागेर बस्नुपर्छ- त्यहाँ उसले ज्ञान दिन खोज्छ।
रातभर मोबाईलमा अनलाइन, बिहानभरी सुत्ने, बिहानको सुर्योदय देख्दैनन, सुर्यास्त देख्दैनन, बिहानीको सुर्योदयमा ओछ्यानमा हुन्छ, साँझको सुर्यास्त समयमा मोबाइलना घोप्टिन्छ।
पहिला मोबाइल गेम त्यसपछि खाना खान बानी परेका छन्। यिनिहरुले बाहिरी खेललाई घृणा गर्छन। घरभित्र बस्नलाई नै राहत ठान्छन। बिशेष रुपमा अनलाइन गेम खेल्न, फेसबुक हेर्न, युट्युम हेर्न, चलचित्र हेर्न, टेलीसृङ्खला र टिकटक रिल्स हेर्नु उनीहरुको पहिलो प्राथमिकता हो।
इतिहास जान्दैनन्
साहित्य बुझ्दैनन
कला संस्कृति के हो थाहा छैन
पुस्तक किन्दैनन
पुस्तक पढ्दैनन
पुस्तक बुझ्दैनन
साहित्यकार भानुभक्त आचार्य चिन्दैनन, इमानसिंह चेम्जोङ चिन्दैनन, कवि नबराज लम्साल चिन्दैनन, मुहार पुस्तिका लेखक "सन्तोष कार्की मौसुफ" लाई चिन्दैनन।
तर आफुले आफुलाई दक्ष ठान्छन्।
यिनिहरु हिड्न सक्दैनन, दौडिन सक्दैनन्, रुख चड्न जान्दैनन्, पौडिन सक्दैनन्, गाउन सक्दैनन, रंगिन संक्दैनन। खोला खहरे धमिलो हुँदा तर्न सक्ने हिम्मत छैन, डांडा पाखा चड्न सक्ने हिम्मत छैन, यिनिहरुमा न सास छ न भावना छ न आफन्तमा प्रेम नै छ। उनिहरुको एउटा मज्जाको सीप छ, त्यो सीप हो स्मार्ट मोबाइल चलाउने त्यसलाई छिटो भन्दा छिटो स्क्रोल गर्न सक्छन।
यिनिहरुको न मान छ, न सम्मान छ, न अनुशासन छ। कहिले हिड्ने, कहिले रोकिने, कहिले बोल्ने, कहिले सुन्ने, भनेर यिनिहरुलाई थाहा हुँदैन। यिनिहरुलाई केही थाहा छैन। यसको लागि हामी अभिभावक, शिक्षा प्रणाली र समाज उत्तिकै जिम्मेवार छौ।।
💮 सन्तोष कार्की मौसुफ