Nagar Pabson Duhabi

Nagar Pabson Duhabi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagar Pabson Duhabi, Biratnagar.

14/08/2025

प्याब्सन दुहबीद्वारा शिक्षा बिधेकको निर्णयबिरुध नगरपालिकाका उपमेयर तथा शिक्षा समिति प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ।

19/02/2025

दोस्रो प्याब्सन स्पोर्ट्स मिट २०८१ सम्पन्न ।

Photos from Nagar Pabson Duhabi's post 18/02/2025

𝑵𝒂𝒈𝒂𝒓 𝑷𝑨𝑩𝑺𝑶𝑵 𝑫𝑼𝑯𝑨𝑩𝑰'𝒔 𝑻𝒉𝒓𝒊𝒍𝒍𝒊𝒏𝒈 2nd 𝑺𝒑𝒐𝒓𝒕𝒔 𝑴𝒆𝒆𝒕 !

"𝘒𝘪𝘤𝘬𝘴𝘵𝘢𝘳𝘵𝘪𝘯𝘨 𝘔𝘢𝘳𝘤𝘩 𝘸𝘪𝘵𝘩 𝘈𝘵𝘩𝘭𝘦𝘵𝘪𝘤 𝘌𝘹𝘤𝘦𝘭𝘭𝘦𝘯𝘤𝘦: 𝘑𝘰𝘪𝘯 𝘶𝘴 𝘢𝘵 Duhabi Rangshala 𝘍𝘪𝘦𝘭𝘥 𝘧𝘰𝘳 𝘢𝘯 𝘦𝘹𝘩𝘪𝘭𝘢𝘳𝘢𝘵𝘪𝘯𝘨 𝘚𝘱𝘰𝘳𝘵𝘴 𝘔𝘦𝘦𝘵 𝘰𝘳𝘨𝘢𝘯𝘪𝘻𝘦𝘥 𝘣𝘺 𝘕𝘢𝘨𝘢𝘳 𝘗𝘈𝘉𝘚𝘖𝘕 𝘋𝘜𝘏𝘈𝘉𝘐! 🏟️🏃‍♂️ #𝘊𝘰𝘮𝘮𝘶𝘯𝘪𝘵𝘺𝘜𝘯𝘪𝘵𝘺"

"नगर प्याब्सन दुहबी खेलकुद सम्मेलनमा प्रतिस्पर्धाको रोमाञ्चक अनुभव लिनुहोस्, दुहबी रंगशाला खेलमैदानमा फागुन,०७, २०८१ मा हुने! उत्साह, एकता र एथलेटिकिज्मको दिनको लागि हामीसँग सामेल हुनुहोस्। "

06/02/2025

"प्याब्सन कोशी प्रदेशको चौथो अधिवेशनबाट सर्वसम्मत प्रदेश उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा महेन्द्र मेमोरियल ऐकडेमी स्कुल दुहबी का सञ्चालक तथा प्राचार्य आदरणिय सर निश्चलराज शाक्यलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं।

यो अवसरमा नगर प्याब्सन दुहबी परिवारको तर्फबाट अध्यक्ष: सुशील कुमार र सचिब :एस रहमान राइन सहित सम्पूर्ण परिवारले हार्दिक शुभकामना व्यक्त गर्दछौं।

सफल र समृद्ध कार्यकालको शुभकामना, आदरणीय सर!"

30/01/2025

🌟 Welcome to the 4th Province Convention of PABSON Koshi Province! 🌟

With great enthusiasm, we welcome all esteemed delegates, educators, and well-wishers to the 4th Province Convention of PABSON Koshi Province! This gathering marks a significant milestone in our journey toward excellence in private education, fostering collaboration, innovation, and progress.

Let’s come together to discuss, learn, and pave the way for a brighter future for our students and institutions. Your participation and insights will make this event truly remarkable!

📅 Event Date: [23rd Magh, 2081]
📍 Venue: [Durga Party Palace, Itahari]

Stay tuned for updates, and let’s make this convention a grand success! 🎉

Photos from Nagar Pabson Duhabi's post 24/01/2025

दुहबी नगर प्याब्सनद्वारा आयोजित नगरस्तरिय हिज्जे प्रतियोगिता मा प्रथम हुने लिटिल फ्लावोर स्कुल , द्वितीय हुने सन बिम स्कुल तथा तृतिय हुने माउन्ट एभरेष्ट स्कुलका बिद्यार्थीहरुलाइ बधाई तथा जिल्लास्तरिय प्रतियोगितामा सफलताको लागि शुभकामना साथै सहभागी सम्पुर्णलाई धन्यबाद।
- नगर प्याब्सन दुहबी परिवार

15/01/2025

SEE 2081 को परीक्षा तालिका सार्वजनिक

प्रिय विद्यार्थीहरू,
SEE 2081 को परीक्षा चैत ७ गतेबाट सुरु हुँदैछ। यो परीक्षा तपाईंहरूको लक्ष्य र सफल भविष्यको लागि लिइएको पहिलो महत्वपूर्ण कदम हो। आजको मेहनत भोलिको सफलता हो, त्यसैले प्रेरित, अनुशासित र आत्मविश्वासी बन्नुहोस्।

विद्यार्थीहरूका लागि सफलताका सूत्रहरू:
1. समय व्यवस्थापन: तालिका अनुसार आफ्नो अध्ययन योजना बनाउनुहोस्।
2. निरन्तर अभ्यास: नियमित रुपमा लेखेर पढ्ने र अघिल्लो वर्षका प्रश्नपत्र अभ्यास गर्न नछुटाउनुहोस्।
3. स्वास्थ्यको ख्याल: पढाइसँगै राम्रो खाना, पर्याप्त निद्रा, र आराम गर्न पर्खनुहोस्।
4. सकारात्मक सोच: “म सक्छु” भन्ने आत्मविश्वासले ठूलो परिवर्तन ल्याउँछ।
5. नोट्सको समीक्षा: परीक्षा नजिकिँदै जाँदा अध्ययन गरेको सामग्रीलाई छोटकरीमा दोहोर्याउनुहोस्।

अभिभावकहरूका लागि प्रेरणादायी भूमिकाः
1. विद्यार्थीलाई प्रेरणा र सहानुभूति दिनुहोस्।
2. घरमा शान्त र अनुकूल वातावरण तयार गर्नुहोस्।
3. उनीहरूको मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस् र हरेक सफल प्रयासको प्रशंसा गर्नुहोस्।

“परीक्षा केवल कापीमा लेख्ने कार्य होइन; यो तपाईंको मेहनत, धैर्य, र सपनाको प्रतिबिम्ब हो। आत्मविश्वासका साथ अघि बढ्नुहोस्—सफलता पक्कै तपाईंको हुनेछ।”

SEE 2081 का सबै विद्यार्थीहरूलाई शुभकामना। तपाईंको समर्पणले ठूलो इतिहास लेख्नेछ। अबको यात्राले जीवनमा नयाँ अध्याय सुरु गर्नेछ।

Photos from Nagar Pabson Duhabi's post 27/11/2024

प्याब्सन दुहबीको नयाँ कार्य समितिमा सर्वसम्मत छनौट हुनु भएकोमा सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई साथै कार्य सफलताको शुभकामना।
अध्यक्ष : श्री सुशील कुमार शाक्य
सचिव : श्री एस रहमान राइन
कोषाध्यक्ष : श्री दिपेश राउत
सदस्य : श्री खेम नारायण माझि
सदस्य : श्री विध्यान्न्द यादब
सदस्य : श्री मनिष प्रसाद रौनियार
सदस्य : श्री हरि नारायण माझि

10/10/2024

शुभकामना !

Photos from Nagar Pabson Duhabi's post 21/09/2024

हार्दिक बधाई तथा शुभकामना धरानको बिजयपुर कलेजमा भएको सुनसरी जिल्ला प्याबसन द्वारा आयोजित प्राथमिक तहको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत छात्रा एलिना खातुन र एलिशा खातुनले जिल्ला भरि बाट २१ जना छनोट भएको प्रतिस्पर्धिहरुलाई पछि पार्दै प्याबसन सुनसरीको इतिहासमा क्रमश प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । उहाँहरुलाई नगर प्याब्सन दुहबी को तर्फबाट आगामि दिनहरूमा यो भन्दा उत्कृष्ट प्रतियोगिताहरु सफलताको शुभकामना सहित उज्ज्वल भविष्यको कामना गर्दछाैं ॥
नगर प्याब्सन दुहबी परिवार

Photos from Nagar Pabson Duhabi's post 25/08/2024

मिति २०८१ भाद्र ७ गते शुक्रबार,जिल्ला प्याब्सन सुनसरीको आयोजना र नगर प्याब्सन इनरुवाको संयोजनमा आयोजित जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह वक्तृत्वकला प्रतियोगितामा तेस्रो पुरस्कार हासिल गर्न सफल नगर प्याब्सन दुह सदस्य विद्यालय माउन्ट एभरेष्ट एकेडेमी स्कूलको कक्षा-७ मा अध्ययनरत छात्रा निर्जला घिमिरेले सिङ्गो दुहबी नगर प्याब्सनको गरिमा बढाएकोमा नगर प्याब्सन दुहबी को तर्फबाट धेरै धेरै बधाई तथा उज्ज्वल भविष्य को शुभकामना व्यक्त गर्दछु ।

- नगर प्याब्सन दुहबी , सुनसरी

15/07/2024

हार्दिक श्रद्धाञ्जली 🙏

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Biratnagar