23/12/2025
सन् २०२६ देखि पानीजहाज निर्माणमा छुट्टै कोटा नहुने 🇰🇷‼️
कोरियन श्रम मन्त्रालयले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्र (Shipbuilding) का लागि छुट्टै कोटा व्यवस्था लागू नहुने भएको छ। सन् २०२३ अप्रिलदेखि सुरु गरिएको यस क्षेत्रको निश्चित कोटा प्रणाली सन् २०२५ को अन्त्यसँगै औपचारिक रूपमा समाप्त हुने जनाइएको छ।
अब सन् २०२६ देखि भने पानीजहाज निर्माण क्षेत्रका कामदारहरू पुरानै अभ्यासअनुसार उत्पादनमूलक क्षेत्र (Manufacturing) को कोटामार्फत नै छनोट गरिनेछ। यसले पानीजहाज निर्माण क्षेत्रलाई स्वतन्त्र कोटाको रूपमा होइन, उत्पादनमूलक क्षेत्रकै एक भागका रूपमा समेटिने संकेत गर्दछ।
यस निर्णयले अहिले पानीजहाज निर्माण क्षेत्रतर्फ रोष्टरमा रहेका व्यक्तिहरूको भविष्यबारे अनेक प्रश्न खडा गरेको छ। पानीजहाज निर्माणको रोष्टरलाई उत्पादनमूलक क्षेत्रको रोष्टरकै रूपमा मानिने हो कि होइन? हाल छुट्टै कोटा हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रबाटै पानीजहाज निर्माणतर्फ कामदार पठाइँदै आएको अवस्थामा, बाँकी रहेको रोष्टरको अवस्था अब के हुन्छ? भन्ने विषयमा स्पष्टता आवश्यक देखिन्छ।
यस सम्बन्धमा सम्बन्धित निकायले समयमै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता छ, ताकि रोष्टरमा रहेका व्यक्तिहरू अन्योलमा नपर्न्। यद्यपि, पानीजहाज निर्माण क्षेत्रमा आबद्ध केही व्यक्तिहरूले अझै कुनै वैकल्पिक व्यवस्था वा नयाँ सम्भावना देखा पर्न सक्ने आशा व्यक्त गरिरहेका छन्। त्यसैले यस नीतिगत परिवर्तनका कारण कसैलाई अवसरबाट बञ्चित हुनुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा गरिएको छ।
09/01/2024
उत्पादन क्षेत्रको भासा परीक्षा बारे महत्त्वपूर्ण जानकारी ❗️
जनबरी २० भित्र इपिएस शाखाले "ईन्टरनल ईन्ट्री" को काम सक्ने र फेब्रुअरी ५ तारिखसम्ममा HRD कोरियाद्वारा उत्पादन क्षेत्र तर्फको भासा परिक्षाको तालिका प्रकाशित गरेर त्यसपछी बल्ल परीक्षा सुरु गरिने इपिएस शाखाले जनाएको छ । जनबरी २० मा परीक्षा नभएर इपिएस शाखाले गर्नुपर्ने Entry को काम सक्ने भनिएकोमा भ्रमित नहुन इपिएस शाखाले अनुरोध गरेको छ ।
01/01/2024
राम्रोसँग पढेर उत्तर दिनुहोस् ।
01/01/2024
इपिएस शाखा कार्यलयमा बिगत १५ बर्ससम्म लगातार कम्प्युटर / IT इन्जिनियरको रुपमा कार्यरत भएर केही अघि मात्रै असन्तुष्ट जनाउदै शाखा छाड्नुभएको टेक खड्का सरको प्रतिक्रिया ...
अब चाही म पनि केहि बोले है..
विगत 15 बर्ष देखि म त्यस EPS कार्यालयमा कार्यरत थिए । तर जब नयाॅ निर्देशक आयो, निजको कार्यशैलि प्रति म असन्तुष्ट भए । निजको रवाफ, अकर्मण्यता, अरुको कुरै नसुन्ने, बस्तुस्थिति नबुझी आफुखुशी निर्णय गर्ने, अरुलाई पेलेरै भएपनि लाने, चाकडीबाज, अदुरदरर्शी, EPS सम्बन्थि कुनै ज्ञान नै नभएको (अरु केके छन् यहाॅ ब्याख्या गर्न असम्भब) ब्यक्ति निर्देशक भएको उपजको सृजना हो यो अवस्था। बिचमै छोडेर गए तलाई जेल हाल्छु भन्न नि छोडेन मलाई । लौ कसरी हेरौ भन्दै त्यो पदमा बसिरहन उचित ठानेन र मैले सो पदबाट राजिनामा दिए । तर मेरो कार्य, मेहनतलाई HRD Service of Korea का Country Representative ले बुझेका थिए र UBT परिक्षा सञ्चालनका लागि बोलाउनु भयो । तर त्यो गुरु हैन गोरुले आफ्नो ब्यक्तिगत रिस साॅध्नकालागी HRDलाई संलग्न बमोजिमको पत्र नै काटी मलाई अपराधि जस्तै व्यवहार गरी त्यहाबाट ननिकालेमा अन्य सहजिकरणका काममा बाधा हुने र सहयोग नगर्ने सम्मका मौखिक जानकारी EPS Center, Nepal लाई दिएर त्यहाॅ पनि काम गर्न दिएन । म बबुरो त्यतिखेरै सम्बन्धित निकायमा गएर जानकारी दिदा सबैजना कानमा तेल हालेर बसे । जसको रिजल्ट जे नहुनु थियो, भयो । निर्देशकलाई सरुवा हैन निलम्बन हुनुपर्छ । "दुःख पाईस मंगले आफ्नै ढंगले ।"
पहिला पहिला पनि त जुलुस, आन्दोलन भएकै हुन् । त्यसका सामाधान पनि भएकै हुन । यसपालि यो निर्देशकको अल्पज्ञान, अदुरदर्शिता, हठका कारण यस्तो घट्ना घट्नु निन्दनिय छ । महाप्रस्थान गरेका दुई जना भाईहरु प्रति हार्दिक श्रद्दाञ्जली साथै परिवारमा धैर्यधारण गर्ने शक्ती मिलोस। समवेदना ।।
( यो प्रतिक्रिया हामीले वँहाको फेसबुक वालबाट शाभार गरिएको हो )
25/11/2023
भाषा परिक्षा बारे जानकारी ‼️🇰🇷
उत्पादनमूलक(Manufacturing) क्षेत्र तर्फको भाषा परीक्षा (UBT) को आवेदन HRD Service of Korea ले डिसेम्बर भित्रमा गर्ने गरि तयारी गरेको ईपिएस कोरिया शाखाका निर्देशक निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।
19/10/2023
आज देखि कुन क्षेत्रमा कम्पनी परिबर्तन गर्न पाइन्छ त ?
कार्यस्थल परिबर्तनका लागी आज अक्टोबर १९ देखि नयाँ कामदारको रुपमा कोरिया प्रबेश गर्ने, श्रम सम्झौता अनुमति लिने साथै आजै देखि पुन: कोरिया प्रवेश गर्ने (कमिटेडहरु )को हकमा समेत कम्पनि परिवर्तन सम्बन्धी यो नियम लागु हुनेछ ।
यो नियम अन्तर्गत तल छुट्टाइएका पाँच क्षेत्रमा कामदारको रुपमा रहनुभएकोहरुले तत तत क्षेत्रमा मात्रै मात्रै कम्पनी परिबर्तन गर्न पाउनुहुनेछ ।
आज भन्दा अघि अर्थात अक्टाेबर १९ अघि नै कोरिया प्रवेश गरिसकेका कामदारको हकमा भने यो नियम लागु हुने छैन।
02/09/2023
सिप बिल्डिङ तर्फको परीक्षा तालिका सम्बन्धि इपिएस कोरिया शाखाको सुचना ‼️🇰🇷
सिप बिल्डिङ तर्फको परिक्षा दिनमा चार सिफ्टमा संचालन हुने छ । जम्मा ३४४७८ जना आबेदकहरुको परिक्षा सेप्टेम्बर १८ तारिखबाट सुरु भइ नोभेम्बर २३ तारिख अर्थात १ महिना ५ दिनमा सकिने छ।
थप जानकारीको लागि Link :-
https://epsnepal.gov.np/wp-content/uploads/2023/09/The-announcement-of-the-1st-recruitment-of-point-systemShipbuilding1.pdf
22/08/2023
२०२३ अप्रिल महिनादेखि पानिजाहज बनाउने कम्पनिको प्रवासी श्रमिकको कोटामा पानिजाहाज बनाउने कम्पनिमा काम गर्न आउने प्रवासी श्रमिकले कम्पनी परिबर्तन गरेको अवस्थामा पानिजाहाज बनाउने कम्पनीमा मात्र काम खोजि काम गर्न पाउने छन । यो अन्य उत्पादन क्षेत्रामा जान पाइदैन ।तर पानीजहाज बनाउने कम्पनीको श्रमिकको कोटामा बाहेक उत्पादन क्षेत्रको कोटामा पानिजहाज बनाउने कम्पनीमा आएको वा अब आउने प्रवासी श्रमिकले कम्पनि परिबर्तन गरेमा उत्पादन क्षेत्रको सबै कम्पनीमा काम खोजि काम गर्न पाउनेछन ।
22/08/2023
कमिटेड सम्बन्धि नियम बारे ❗️
कमिटेड आउने सम्बन्धि सुरुको कम्पनीमा १ बर्ष काम गर्नेहरु कमिटेड आउन पाउने सम्बन्धि प्रवासी श्रमिक नीति निर्धारण समितिबाट निर्णय भएको भएपनि अहिलेसम्म पुर्णत: कानुन बनि नसकेकोले कहिले लागु हुने निश्चित नभएको बुझिएको छ । र यो कानुन बनिसकेपछी पनि अहिलेको लागु भई रहेको कम्पनि परिबर्तन गरेपनि अन्तिम कम्पनीमा १ बर्ष काम गरे कमिटेड आउन पाउने नियम पनि कायम रहने श्रम मन्त्रालय प्रवासी श्रमिक बिभाग अधिकारीहरुले जनाएका छन । (MTU)
14/08/2023
जानकारी ❗️
सीप बिल्डिङको पहिलो चरणको भासा परिक्षामा पास भएकाहरुलाइ ४० अंकको skill text (Physical strength) हुने भएको छ ।
Everyone
11/08/2023
E-9 भिसाको कार्यक्षेत्र थप गर्ने तयारी ‼️🇰🇷
कामदार अभाब बढ्दै गएपछि कोरियाली सरकारले E-9 भिसालाई होटल, रेस्टुरेन्ट, ट्रान्सपोर्ट, ग्रोसरी, कफिसप जस्ता सेवामूलक क्षेत्रमा पनि काम गर्न दिने नियम लागू गर्ने तयारी गरिरहेको छ। अहिले उत्पादनमूलक, कृषि, फिसरी र निर्माण क्षेत्रमा E-9 भिसामा काम गरिरहेका छन। त्यसैगरी यो भिसालाई IT क्षेत्रमा समेत काम गर्न दिने योजना कोरियाली सरकारले बनाइरहेको बताइएको छ।