25/12/2019
आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रस सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरुहुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहेने छ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाले बताए। उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय धटना हो ।
जोतिष रिजालका अनुसार मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक,तुला, सिंह, कर्कट,वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदा सावधानी अपनाउनु पर्ने देखिएको छ । ग्रहण हेर्न नहुने वताईएको छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशिहुनेहरुका लागि भने विषेश फाईदा रहने ।
पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक,बृद्द तथा रोगि वाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । एस्तो अबस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडि देखि नै सुरु हुने गर्छ । यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्चरहने छ । बिशिस्ट व्यक्तिको मृत्यु समेत हुने छ ।
रिजालका अनुसार यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वि तथा दक्षिणी देशहरुमा यसको प्रभमव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्व नै हो यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने छ । राजनीति, व्यपार विदेश मुद्रा, सुन चादिको मुल्यमा वृद्धि, बिशिस्ट व्यक्तिको मृत्युु हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ ।
पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव पन्द्र दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समयभने तेत्ती खतरा नहुने तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने ज्योतिषीको सुझाब छ । यो खण्डग्रास सुर्य ग्रहण हो ।
#साभार
🙏🙏